पोखरा– ‘ठाडभोका राष्ट्रको निधि हो ।’ तमु धिं नेपालका केन्द्रीय अध्यक्ष होमबहादुर गुरूङले बताउनु भएको छ । उहाँले ठाडोभाकाको यहाँ सम्पन्न तीन दिने प्रशिक्षणमा प्रमुख आतिथ्यता मन्तव्य राख्दै माघ ७ गते त्यस्तो उल्लेख गर्नु भएको हो ।
ठाडभोका राष्ट्रको निधि :
तमु धिं नेपालका केन्द्रीय अध्यक्ष होमबहादुर गुरूङको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणका सहभागीहरूलाई प्रमाण पत्र वितरण गदै उहाँले ‘ठाडभोका राष्ट्रको निधि हो ।’ भन्नुभयो । उहाँले यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो पनि दायित्व हो भन्नुभयो । उहाँले प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक विषय वस्तु पस्केर सहजतापूर्वक सिकाउने प्रशिक्षकहरू खासगरी धम्पुको शिल्पशैलीले आफू प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो ।
आफूहरूले रोधिंहलको निर्माण ठाडोभाका जस्तै रैथाने लोक संस्कृतिको प्रर्वद्धनका लागि गरिएको हो भन्ने जानकारी दिनुभयो । प्रशिक्षणमा १७ वर्षकी बास्तोला नानीको प्रयासले आफू प्रभावित भएको उल्लेख गर्दै उनले राम्रोसँग अभ्यास गरिन् भने अबको ७० वर्षसम्म यो गीत मर्ने छैन उहाँले ठोकुवा गर्नुभयो ।
यस्ता कार्यमा आउदा दिनमा पनि सहयोग गर्न हाम्रो समिति तयार छ, भोलिका दिनमा पनि सहकार्य गर्न पाइयोस् भन्नुभयो । उहाँले भन्नुभयो, ‘लोक संस्कृतिको संरक्षण गर्नु हाम्रो पनि दायित्व हो ।’ प्रशिक्षणका बारेमा टिप्पणी गर्दै लगनकासाथ ध्यान दिएर प्रयास गर्यो भने ठाडोभाका गाउन सकिने रहेछ भन्ने आफ्नो यो दुई दिनको बसाईमा अनुभव गरेको र आफूले एक चरण गाउन सकेको उहाँले उल्लेख गर्नुभयो ।
रोधिं टेलिभिजन र आयोजक प्रपतिष्ठानको उद्देश्य समान :
रोधिं टेलिभिजनका परिकल्पनाकार भोज गुरूङले ठाडोभाकाको प्रशिक्षणमा सहकार्य गर्न पाएकोमा टेलिभिजनको उद्देश्यमा थप टेवा पुगेको स्मरण गर्दै समान उद्देश्यमा सहकार्य गर्ने अवसरले थप उत्साहित भएको उल्लेख गर्नु भयो ।
उहाँले मुलुकभर करिब २०० टेलिभिजन रहेकोमा आफ्नो टेलिभिजनको उद्देश्य अन्यको भन्दा भिन्न ठाडोभाका जस्ता रैथाने लोकसंस्कुतिको खोज, संरक्षण र प्रवद्र्धन गर्नु रहेको जानकारी दिदै नयाँ पुस्तालाई लोकसंस्कृतिको महत्व बुझाउने र अनुयायी उत्पदान गर्ने उल्लेख गर्नुभयो । उहाँले भोलिका दिनमा अन्य रैथाने भाकाहरू यानीमाया, सुनीमाया, नानिलो आदिको पनि प्रशिक्षणमा सहकार्य गर्ने योजना रहेको जानकारी दिनु भयो ।
प्रशिक्षणले गण्डकी प्रदेशको लोक संस्कृतिको इतिहासमा नयाँ पाना थप :
प्रशिक्षणले गण्डकी प्रदेशको लोक संस्कृतिको इतिहासमा नयाँ पाना थपेको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँले प्रशिक्षणको समापन मन्तव्य राख्दै ऐतिहासिक रूपमा सम्पन्न भएको यो प्रशिक्षण गण्डकी प्रदेशको लोक संस्कृतिको इतिहासमा कोशेढुंगा बन्ने उहाँले उल्लेख गर्नु भएको हो ।
गायन र पत्रकारिता दुवै शब्दको खेती गर्ने पेशा :
आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले गायन र पत्रकारिता दुवै शब्दको खेती गर्ने पेशा भएको उल्लेख गर्नुभयो । गायकहरूले मीठा, कर्णप्रिय शब्दहरू संयोजन गरी गीतका माध्यमले स्रोता दर्शकको मन जित्ने काम गर्नु हुन्छ भने पत्रकारितामा पनि त्यस्तै शब्दबाट बनाइने समाचारले पाठकको मन छुने हुन्छ भन्दै गायनमा एउटै शब्द बारम्बार सुन्नु पर्दा भने त्यसमा हुने मीठासपनमा ह्रास हुने र त्यस्ता शब्द कर्कस लाग्ने हुन्छ उहाँले भन्नुभयो । त्यसैले गीत रचना गर्दा गायकहरूले शब्द भण्डार बढाउन र नयाँ शब्द प्रयोग गर्न आवश्यक छ भन्ने सुझाव उहाँले दिनुभयो । अध्यक्ष पहाडीले भन्नुभयो, ‘प्रतिष्ठानले नयाँ पिढिलाई प्रोत्साहन गर्ने र अग्रज पुस्तालाई सम्मान गर्ने कार्य व्यवहारिक रुपमै गर्दै आएको छ, जसलाई निरन्तरता दिइने योजना छ ।’
प्रतिष्ठानले ७० वर्ष र सोमाथिका अग्रज ठाडोभाकाका गायकहरूलाई खोजी खोजी सम्मानको कार्य स्थापना दिवस सहितका विशेष कार्यक्रमहरूमा गर्ने गरेको जानकारी दिदै तपाईहरूको जानकारीमा त्यस्तो व्यक्तित्व कोही भएमा सूचना दिन अनुरोध समेत गर्दछु उहाँले भन्नुभयो ।
‘ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ रोधिं टेलिभिजनका सञ्चालिका बालकाशी गुरुङलाई समर्पण गरिने :
अध्यक्ष पहाडीले नयाँ पुस्ताको प्रोत्साहनका लागि स्थापना गरिएको ‘ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ यो वर्ष रोधिं टेलिभिजनका सञ्चालिका बालकाशी गुरुङलाई समर्पण गरिने भएको जानकारी दिनुभयो । २२ हजार २२२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला पुरस्कार राशि रहेको सो पुरस्कार ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाका अभियन्ताहरूलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । सो पुरस्कार यो वर्ष पहिलो पटक वितरण गरिने भएको हो ।
बालकाशी गुरुङ लोकसंस्कृतिको अभियानकर्मी हुनुका साथै रोधिं टेलिभिजनबाट ठाडोभाकाको प्रचारप्रसारमा सहयोग गर्नु भएको छ । लमजुङमा लाग्ने करापुटारको शिवरात्री मेलामा ठाडोभाकाको छायांकन गर्नुक अतिरिक्त लमजुङको नौथरमा सञ्चालन गरिएको ठाडोभाकाको पहिलो प्रशिक्षणमा समेत भाग लिएर गायन र नृत्यमा समेत दखल राख्न प्रयासरत रहनु भएको छ । लमजुङे चेली समेत रहनु भएकी उहाँकै कारणले पोखरामा यो प्रशिक्षण सञ्चालन गर्न समेत सम्भव भएको हुँदा यस वर्षबाट वितरण गर्ने उक्त पुरस्कारबाट उहाँलाई सम्मान गरिने अध्यक्ष पहाडीले बताउनुभयो । सो पुरस्कार ग्रहण गर्नका लागि यही माघ २५ गते बेसीशहरमा हुने प्रतिष्ठानको आठौं स्थापना दिवसका विविध कार्यक्रमको उदघाटन सत्रमा सदम्पती समुपस्थित हुन आजै आमन्त्रण गर्दछु अध्यक्ष पहाडीले भन्नुभयो ।
उक्त पुरस्कार गत वर्ष ठाडोभाकाको गोरखामा सञ्चालित कार्यक्रममा ज्यान गुमाउन पुग्नु भएका ठाडोभाकाका अभियन्ता सुवे. सन्तबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको जानकारी दिदै त्यस पुरस्कारको स्थायित्वका लागि दुई लाख दुई हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त पुरस्कार प्रतिष्ठानको स्थापना दिवसमा हरेक वर्ष एकजनालाई प्रदान गरिने उल्लेख गर्नुभयो ।
सो पुरस्कार घोषणा गर्दा सुवे. गुरुङकी जेठी बुहारी निर्मला गुरुङको समेत समुपस्थिति थियो ।
‘ठाडोभाका– टीकाकुमारी स्मृति राष्ट्रिय पुरस्कार’ यो वर्ष कवि जगदीश्वर पोखरेललाई :
स्थापना दिवसकै अवसरमा वितरण गरिने ‘ठाडोभाका– टीकाकुमारी स्मृति राष्ट्रिय पुरस्कार’ यो वर्ष कवि जगदीश्वर पोखरेललाई सपर्मण गरिने यसअघिनै घोषणा भइसहेको छ । सो पुरस्कारको राशि १० हजार पाँच रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कार प्रष्ठिानका सल्लाहकार रहनु भएका स्व. नरेन्द्रराज ढुगानाले आफ्नो ममतामयी आमाको सम्झनामा स्थापना गर्नु भएको हो ।
प्रशिक्षर्थीहरूको प्रस्तुति छायांकन :
समापन अघि प्रशिक्षार्थीहरूका बीचमा ठाडोभाका गाउन लगाई रोधिं टेलिभिजनबाट छायांकन समेत गरिएको थियो । उक्त अवसरमा गमबहादुर गुरुङ(गजेन्द्र) लमजुङ र पविता बास्तोला, दिलमाया पुन पर्वत र गमबहादुर रानाभाट कास्की, मीरा थापा तनहुँ र तेजबहादुर गुरुङ स्याङ्जा, टस तमु लमजुङ र कमला दुरा लमजुङ, गमबहादुर गुरुङ कास्की र रविना गुरुङ स्याङ्जा, सुबे. लालसुब्बा गुरुङ कास्की र दिलु तामाङ म्याग्दी तथा विमल दाहाल लगायतले आ– आफ्नो प्रस्ुतति राख्नु भएको थियो । उहाँहरूमध्ये कतिपयले आफू सिकारु हुँ भन्ने समेत बिर्साउने प्रस्तुति गरेको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।
प्रशिक्षणमा सहकार्य गर्ने रोधिं टेलिभिजन, अन्य सहयोगी संस्था एवम् व्यक्तित्वहरू र सहभागीप्रति कृतज्ञता अर्पण :
समापन कार्यक्रमको अध्यक्षता गर्नु भएका आयोजक प्रतिष्ठानकां अध्यक्ष नवराज पहाडीले पर्यटन नगरी पोखरामा ठाडोभाकाको प्रशिक्षण ऐतिहासिक रूपमा सम्पन्न गर्न अवसर पाएकोमा यस पुनित कार्यमा सहकार्य गर्ने रोधिं टेलिभिजन सहित सहयोगी संस्था एवम् व्यक्तित्वहरू र सहभागीलाई ऋणी रहेको उल्लेख गर्दै कृतज्ञतासाथ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजना र रोधिं टेलिभिजन पोखराको सहकार्यमा रैथाने लोक संस्कृतिको नयाँ पाना थप्दै ऐतिहासिक रूपमा पुस ८ गते साँझ सम्पन्न भएको हो । समापन कार्यक्रमको सञ्चालन रोधिं टेलिभिजनका प्रस्तोता टस तमुले गर्नु भएको थियो ।
उक्त प्रशिक्षणको उदघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० माघ ९, मंगलवार २३:२४ गते