क्यान्सर दिवसमा जिल्लास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको तयारी

क्यान्सर दिवसमा जिल्लास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ११ गते बिहिबार ०८:५७

सो वक्तृत्वकला प्रतियोगितामा पहिलो हुने विद्यार्थीलाई छ हजार र प्रमाणपत्र, दोस्रोलाई चार हजार रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने दुईजना विद्यार्थीलाई जनही एक हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको जिल्ला अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।

यही माघ २१ गते सुन्दरबजार नगरपालिकाको सहयोगमा सो प्रतियोगिता गरिने

बेसीशहर– विश्व क्यान्सर दिवस(क्यान्सर डे) फेब्रुअरी ४ अर्थात यही माघ २१ गते मनाउने तयारी गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङले सो दिन क्यान्सर दिवसमा जिल्लास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको तयारी गरेको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङको बैठकले सो दिन क्यान्सर दिवसमा जिल्लास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको तयारी गरेको हो । क्यान्सर डेको यो वर्षको नारा ‘हेरचाहमा हुने असमानताको अन्त्य गरौं ।’ भन्ने रहेको छ । सोही नारामा आधारित रहेर वक्तृत्वकलाको शीर्षक ‘क्यान्सर रोगीको हेरचाहमा हुने असमानताको अन्त्य गरौं ।’ भन्ने तोकिएको नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङका अध्यक्ष वरिष्ठ पत्रकार नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार उक्त प्रतियोगितामा जिल्ला भित्रका मावि र आधारभूत विद्यालयलाई आफ्ना एकजना विद्यार्थी(छात्र वा छात्रा) पठाएर सहयोग गर्नका लागि अनुरोध पत्र पठाइएको छ । कुनै प्रअले पत्र नपाएमा यसै समाचारलाई आधार मानेर पनि विद्यार्थीलाई उक्त प्रतियोगितामा पठाउन सक्नु हुने पहाडीले बताउनु भएको छ ।
सो प्रतियोगिता सु्न्दरबजार नगरपालिका– ९ को पैह्रे स्थित भविष्य निर्माण माविको हातामा सञ्चालन गरिने भएको आयोजकको भनाइ छ । वक्तृत्वकलामा एकजना प्रतियोगिका लागि छ मिनेटको समय उपलब्ध हुने, पाँच मिनेटमा जनाउ घण्टी लाग्ने नीति तय गरिएको छ ।
सो वक्तृत्वकला प्रतियोगितामा पहिलो हुने विद्यार्थीलाई छ हजार र प्रमाणपत्र, दोस्रोलाई चार हजार रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने दुईजना विद्यार्थीलाई जनही एक हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र प्रदान गर्ने निर्णय भएको जिल्ला अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८० माघ ११, बिहीबार ०८:५७ गते
हजुरको प्रतिक्रिया