बेसीशहर– लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । माघ १२ गते सम्पन्न संघको अधिवेशनले महेन्द्रलाल श्रेष्ठ अध्यक्ष सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ संघको पाचौं अध्यक्ष हुनुहुन्छ ।
गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल सो अधिवेशनको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले उद्घाटन गर्दै सहकारीका बारेमा सचेत सजग भएर अगाडि बडेमा सहकारीले सकारात्मक परिणाम दिने बताउनु भयो । उहाँले देशमा भएको समसामयिक बिषयमा समेत प्रकाश पार्नु भएको थियो ।
सो अधिवेशनको लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष दुर्गाभक्त धमलाको अध्यक्षतामा भएको थियो ।
लामो समयदेखि सोकोस अभियानमा सरिक हुनु भएका महेन्द्रलाल श्रेष्ठ लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा योगेस घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिव रामजी कडेल, कोषाध्यक्षमा उमाकान्त अचार्य चयन हुनुभएको समितिका नवनिर्वाचित सचिव रामजी कडेलले बताउनु भएको छ । उहाँका अनुसार समितिको सदस्यहरूमा दुर्गाबहादुर रानाभाट, सुरजकुमार श्रेष्ठ, लेखमान कतिला, विद्यादेवी श्रेष्ठ, कमला गुरुङ र विमला पौडेल चयन हुनुभएको छ । उहाँले भन्नुभयो, ‘उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमालको विषेश आतिथ्यता रहेको थियो ।’
यसैगरी, संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामचन्द्र दवाडी तथा सदस्यहरूमा माधवप्रसाद न्यौपाने र बुद्धिबहादुर घिमिरे निर्वाचित हुनुभएको छ । सो अवसरमा कोषाध्यक्ष रामचन्द्र दवाडीले ५१ लाख २१ हजार ३१० रुपैयाँ बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यसैबीच, उक्त संघको दस्तावेज अनुसार संघको स्थापना २०५४ सालमा भएको हो । जसको संस्थापक अध्यक्ष गोविन्द कडरिया हुनुहुन्छ भने लामो समय तीन कार्यकाल डिकेन्द्र कडेल अध्यक्ष हुनुभएको देखिन्छ । त्यसैगरी, विजय गुरुङ(२०६६ सालदेखि) र निवर्तमान अध्यक्ष दुर्गाभक्त धमलाले २/२ कार्यकाल नेतृत्व गनु भएको देखिन्छ । स्थापनाकालीन वर्षमा संघको कार्यकाल तीन वर्षको हुने गरेको पछि चार वर्षको बनाइएको पाइएको छ ।
स्मरणीय छ, संघको हिजो सम्पन्न कार्यक्रम २४ औं बार्षिक साधारण सभा भएता पनि त्यो २४ औं अधिवेशनले भने नभएको पुष्टि हुन आएको छ ।
प्रकाशित मिति २०८० माघ १३, शनिबार १८:४५ गते