सुन्दरबजार खानेपानीमा मतदान सुरु : राजनीतिक रङ्गका तीन प्यानल

सुन्दरबजार खानेपानीमा मतदान सुरु : राजनीतिक रङ्गका तीन प्यानल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ १६ गते मङ्गलबार ०८:४८

लोकतान्त्रिक समूहबाट यसअघि दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका उत्तम गुरुङ अध्यक्ष हुनुहुन्छ भने प्रगतिशील प्यानलबाट भोजबहादुर गुरुङ अध्यक्ष पदको प्रत्यासी हुनुहुन्छ भने राप्रपाबाट रि. सुवेदार कृष्णबहादुर दुराको अध्यक्षमा उम्मेदवारी परेको छ । सो दलले आफूलाई उन्नतीशील घोषित गरेको छ ।

निर्वाचन समितिका संयोजक पण्डित भने ‘मतदाता संख्या मलाई थाहा छैन, म व्यस्त छु, आफै आएर हेर्नु ।’

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निर्वाचनको मतदान सुरु माघ १६ गते विहान ८ बजेबाट सुरु भएको छ । उक्त समितिको निर्वाचनमा काँग्रेस, एमाले र राप्रपाको प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
सो समितिमा प्रायः सधैं निर्वाचन हुने गरेको र लोकतान्त्रिक पक्षधरले जित्दै आएको स्थिति छ । यसपटक भने निर्वाचन परिणाम के कस्तो हुने हो भन्ने आंकलन गर्न सकिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक देखिएको भएता पनि सो दलले आफ्नो उम्मेदवार नउठाएको हुँदा ‘राम्रो मान्छेलाई जिताउने’ भन्ने पार्टी नीति भएको हुँदा उम्मेदवारको व्यक्तिगत निकटताका आधारमा सो मत खस्ने बुझिएको छ ।
लोकतान्त्रिक समूहबाट यसअघि दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका उत्तम गुरुङ अध्यक्ष हुनुहुन्छ भने प्रगतिशील प्यानलबाट भोजबहादुर गुरुङ अध्यक्ष पदको प्रत्यासी हुनुहुन्छ भने राप्रपाबाट रि. सुवेदार कृष्णबहादुर दुराको अध्यक्षमा उम्मेदवारी परेको छ । सो दलले आफूलाई उन्नतीशील घोषित गरेको छ ।
उत्तम गुरुङ प्यानलबाट सुवे. नरबहादुर घले उपाध्यक्ष, नेत्रबहादुर गुरुङ सचिव तथा तुलाराम गुरुङ कोषाध्यक्ष हुनुहुन्छ भने सहसचिवमा सुकमाया गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । सो प्यानलबाट सदस्यहरूमा सुवे. चन्द्रबहादुर दुरा, रामकृष्ण कुमार, कृष्णप्रसाद पाण्डे, शारदा भण्डारी र निर्मला नेपाली रहनु भएको छ भने लेखा समितिको संयोजकमा सुरेन्द्रप्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी, प्रगतिशील प्यानलबाट उपाध्यक्षमा रामजी भट्टराई, शिवजी पोखरेल(पूर्वअध्यक्ष), सुरेन्द्रलाल श्रेष्ठ कोषाध्यक्ष, बसन्ती दुरा सहसचिमा उम्मेदवारी दिनुभएको छ भने सदस्यहरूमा सूर्यकान्त अधिकारी, गणेश सापकोटा(कुमार), चिमकाजी श्रेष्ठ, निता गुरुङ, कल्पना सापकोटा हुनुहुन्छ । खेम गुरुङले लेखा समिति संयोजकमा उम्मेदवारी दिनु भएको छ ।
उन्नतीशील पक्षका उम्मेदवारहरूमा अध्यक्ष रि. सुवेदार कृष्णबहादुर दुरा, उपाध्यक्ष बोजबहादुर थापा, सचिव युरीषा भट्टराई पौडेल, कोषाध्यक्ष तोला दुरा, सहसचिव रजनी पण्डीत सदस्यहरूमा युगमाया गुरुङ शंकर राज पोखेल, चम्पा देवी बि.क., धनकला गुरुङ, रामबहादुर नेपाली र लिलावती दुरा हुनुहुन्छ ।
यसैबीच, उक्त निर्वाचनका बारेको गतिविधि बुझ्नका लागि निर्वाचन समितिका संयोजक भागवत पण्डितसँग सम्पर्क गर्दा ‘मतदाता संख्या मलाई थाहा छैन, म व्यस्त छु, आफै आएर हेर्नु ।’ भन्ने रुखो जवाफ दिए । मतदाता संख्या थाहा नहुने र भन्न नसक्ने व्यक्तिले के कसरी निर्वाचन सम्पन्न गर्ने हुन् ? भन्ने प्रश्न उब्जिएको छ ।
सो समितिमा एक हजार ३४९ जना मतदाता रहेको बुझिएको छ ।

प्रकाशित मिति २०८० माघ १६, मंगलवार ०८:४८ गते
हजुरको प्रतिक्रिया