सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ नेतृत्वको लागि माघ १६ गते निर्वाचनको प्रारम्भिक मत गणनामा नेपाली काँग्रेसको टिम झण्डै दोब्बर मतले अधि देखिएको छ ।
हालसम्म २८१ मत गणना भएको छ । जसमा लोकतान्त्रिक समूहका अध्यक्ष उत्तम गुरुङले १६६ मत, प्रगतिशील प्यानलका अध्यक्ष भोजबहादुर गुरुङले ९४ मत पाउनु भएको छ । ।
त्यस्तै, उत्तम प्यानलका उपाध्यक्ष सुवे. नरबहादुर घले १५४, सचिव नेत्रबहादुर गुरुङले १६४ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष तुलाराम गुरुङले १५५, सहसचिवमा सुकमाया गुरुङले १५३ मत पाउनु भएको छ ।
यसैगरी, प्रगतिशील प्यानलका उपाध्यक्षका प्रत्यासी रामजी भट्टराई ९५, सचिवमा शिवजी पोखरेल(पूर्वअध्यक्ष)ले ८५, कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठ ९३ मत र सहसचिवमा बसन्ती दुराले ९५ मत पाउनु भएको छ ।
सदस्यहरूमा प्यानलबाट सुवे. चन्द्रबहादुर दुरा १५१ मत, रामकृष्ण कुमार १४९, कृष्णप्रसाद पाण्डे १४६, शारदा भण्डारी १४२ र निर्मला नेपाली १५० मत र लेखा समितिको संयोजक सुरेन्द्रप्रसाद पौडेलले १४९ मत पाउनु भएको छ ।
यसैगरी, प्रगतिशील प्यानलका सदस्यहरू सूर्यकान्त अधिकारी ९२, गणेश सापकोटा(कुमार) ८८, चिमकाजी श्रेष्ठ ९८, निता गुरुङ ९९ मत पाउनु भएको छ भने कल्पना सापकोटाले ९३ मत र लेखा समिति संयोजकमा खेम गुरुङले ८६ मत पाउनु भएको छ ।
अर्को देशमा राजा फर्काउने पसना देखेको उन्नतिशील प्यानलको मत भने अत्यन्तै न्यून आएको बताइएको छ ।
कुल १३४९ मतदातामा ९८३ मत खसेको निर्वाचन समितिका सह सयोजक दिलबाहादुर तामाङले बताउनु भयो । निर्वाचनमा ७२.८६ प्रतिशत मत खसेको छ ।
सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र रा.प्र.का.ले आ– आफ्नो पार्टीगत प्यानलकै उम्मेदवारी दिएका छन् ।
स्थानीय चुनावको झझल्को दिने गरि भएको निर्वाचनमा तीन दलले प्यानल नै खडा गरि चुनावमा प्रतिस्पर्धा गरेका छन् । ‘राम्रोलाई छान्ने’ नारा र अभियानमा रहेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका मतदाताले मतदानमा रुचि नदेखाएको बुझिएको छ ।
प्रकाशित मिति २०८० माघ १६, मंगलवार २२:२९ गते