कालिका सहकारी ठगी कण्ड : मु्ख्य अभियुक्त दुई मध्ये एक भनिएकी विनितासँग साढे १२ लाख धरौटी माग, उनीद्वारा इन्कारी बयान

कालिका सहकारी ठगी कण्ड : मु्ख्य अभियुक्त दुई मध्ये एक भनिएकी विनितासँग साढे १२ लाख धरौटी माग, उनीद्वारा इन्कारी बयान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ १७ गते बुधबार ०६:५३

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले इजलासले विनितालाई साढे १२ लाख रुपैयाँ धरौटी माग गरेको हो । उनी सो धरौटी राखेर आजै तारेखमा रिहा भएकी छन् ।

छायांकनका लागि तयार भएकी नायिकाको जस्तै भेष(गेटअप)मा अदालत पुगेका कारण विनितासँग बढी धरौटी माग भएको आशंका

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको कालिका साकोसको बहुचर्चित ठगी मुद्दाका मुख्य अभियुक्त दुई मध्येकी एक भनिएकी विनिता घिमिरे साढे १२ लाख रुपैयाँ धरौटी राखेर रिहा भएकी छन् । उनले पनि अभियोग अनुसारको अपराध आफूूले नगरेको भन्दै इन्कारी बयान अदालत समक्ष माघ १७ गते दिएकी छन् ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले इजलासले विनितालाई साढे १२ लाख रुपैयाँ धरौटी माग गरेको हो । उनी सो धरौटी राखेर आजै तारेखमा रिहा भएकी छन् ।
उनले आफूलाई हालको कालिका साकोसको कोषाध्यक्ष भनिए पनि आफूले त्यो पद स्विकार नगरेको र त्यो पदीय हैसियतले कुनै पनि निर्णय(कार्य) नगरेको र सहकारीको आर्थिक कारोबार पनि नगरेको हुँदा अभियोग अनुसारको कसुर नगरेको दावी गरेको बुझिएको छ । उनले आफूप्रति प्रतिशोध साधिएको दावी गरेको खुल्न आएको छ ।
उनको बयान पछि आजै थुनछेकको बहस समेत भएको थियो । त्यो बहस पनि आजै सकिएको र इजलासबाट आदेश भएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताउनु भयो । उहाँका अनुसार बिनिताको पक्षमा अधिवक्ता विजयप्रकाश अधिकारीले बहस पैरवी गर्नु भएको थियो भने विपक्ष अर्थात पीडितहरूका पक्षबाट जिल्ला न्यायधिवक्ता पूर्णबहादुर थापा मगरले बहस गर्नु भएको थियो ।
गेटअप अस्वभाविक भएका कारण बढी धरौटी :
विनिता घिमिरेले आफू सामान्य परिवारको भएको उल्लेख गर्दै मुद्दाका पक्ष÷विपक्षबाट आफूप्रति प्रतिशोध साधिएको दावी गरेको भए पनि उनको गेटअप अर्थात पहिरनले भने त्यस्तो छनक दिदैनथ्यो । अदालत परिषरमा पु्ग्दासमेत उनी कुनै चलचित्रको छायांकनका लागि तयार भएकी नायिकको भूमिका खेल्ने विशिष्ठ नायिका जस्तै भेषभुषा तथा शैलीमा उपस्थित भई इजलास समक्ष प्रस्तुत भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार बिनिताको बयान तथा उनका पक्षमा गरिएको बहसका आधारमा उनीसँग सातदेखि बढीमा १० लाख रुपैयाँ धरौटी माग हुनुपर्ने स्थिति रहेकोमा उनको गेटअप अपत्यारिलो भएकै कारणले गर्दा बढी धरौटी साढे १२ लाख अदालतबाट माग हुन गएको आशंका गरिएको छ ।
सो मुद्दामा विगतका सहकारीको सदस्य रहेका अन्य दुई जना आरोपिहरू पनि जनही साढे दुई लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छन् । अब उक्त मुद्दाका आरोपीहरू ३४ जनामध्ये छ जनामात्र अदालतमा हाजिर हुन बाँकी रहेको बुझिएको छ ।
स्मरणीय छ, विनिता घिमिरेलेलाई मुख्य अभियोगकर्ता भन्ने यसअघिको बजार हल्लामा समेत खासै तुक भएको नदेखिएको बुझिएको छ । उनी पनि उनका श्रीमान् मृगेन्द्र घिमिरे सरहकै दोषि भएको हुँदा उनीसँग पनि श्रीमान्कै सहर (३० लाख रुपैयाँ) धरौटी माग हुन्छ भन्ने बजार हल्ला आजको इजलासको आदेशबाट निराधार जस्तै सावित हुन आएको सम्बद्ध स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८० माघ १७, बुधबार १८:५३ गते
हजुरको प्रतिक्रिया