
लमजुङ– बेसीशहर नगरपालिकाका १६ जना किसानलाई सात दिने मिनिटिलर मर्मत तालिम पाएका छन् । वडा नं. ३ रानीकुवामा सञ्चालन भएको तालिमको एक कार्यक्रमका विच माघ १७ गते समापन गरिएको हो ।
बेसीशहर नगरपालिका मेयर गुमानसिहं अर्यालयको प्रमुख आतिथ्यतामा सो तालिमको समापन गरिएको हो । तालिका सहभागीलाई वितरण गर्नु हुँदै मेयर अर्यालले तालिममा सिकेका ज्ञान सीप व्यवहारमा लागु गर्न सहभागिलाई आग्रह गर्नुभएको थियो । उहाँले सात दिनको तालिम पूर्ण नभएपनि यस अवधिमा सिकेको सीपलाई आफूमा मात्र सिमित नराखि छर छिमेकमा पनि उपयोग गर्न आग्रह गर्नु भएको थियो ।
विगत वर्षहरूमा किसानहरूको माग अनुसार मिनिटिलर वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष सिप विकासका कार्यक्रमलाई प्राथामिकतामा राख्दै तालिम सञ्चालन गरेको नगरप्रमुख अर्यालले जानकारी दिनुभयो ।
कृषिमा आधुनिकरण तथा उत्पादन वृद्धिका लागि अनुदानमा कृषि सामग्री उपलव्ध गराउदै आएको नगरपालिकाले कृषि औजार मर्मत तालिम पनि प्रदान गरेको हो । विगतका वर्षमा किसानलाई अनुदानमा मिनिटिलर अर्थात हातेट्याक्टर वितरण गरेको नगरपालिकाको कृषि विकास शाखाले कृषकहरूलाई मिनिटिलर मर्मत सम्वन्धी सात दिनको तालिम प्रदान गरेको हो ।
तालिम समापन कार्यक्रममा बेसीशहर नगरपालिका– ३ का वडा अध्यक्ष चित्रवहादुर दनाई, वडा सचिव शोभा दीक्षित, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका नि. प्रमुख सावित्री न्यौपाने लगायतको सहभागिता थियो ।
तालिममा सहभागी किसानको तर्फबाट आफ्ना भनाई राख्दै वडा नं. १० का मिनवहादुर तामाङ र ७ का भरत सुयल थापाले छोटो अवधिको तालिमबाट पनि धेरै कुराहरू सिक्ने अवसर पाएको बताउनु भयो । उहाँहरूसात दिनको तालिम पर्याप्त नहुने भन्दै उनीहरुले थप तालिमको माग समेत गरेका थिए । मिनिटिलर अर्थात हातेट्याक्टर प्रयोग गर्दा बिग्रीरहने र समान्य कुराहरू पनि थाहा नहुदाँ धेरै समस्या हुने गरेकोमा तालिममा धेरै समस्याबारे थाहा भएकाले छ,े अब सहज हुने विश्वास व्यक्त गरेका थिए ।
तालिममा बेसीशहर नगरपालिका अन्र्तगत वडा नं. ५, ६ र ८ वाहेक अन्य वडाका १६ जना किसानहरूले भाग लिएका छन् । तालिम अवधिभर राजकुमार भण्डारी, जिवन वज्राचार्य र सलिन श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको समापनका अवसरमा सहभागी किसानहरूलाई करिब ५ हजार रुपैयाँ बराबरका मर्मत सहयोगी औजार समेत प्रदान गरिएको थियो ।
कृषि शाखा प्रमुख दिपेश अधिकारीको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमको सञ्चालन कृषि विकास शाखाका नायव प्राविधिक सहायक मिलन श्रेष्ठले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० माघ १९, शुक्रबार ०७:१० गते