जलवायु परिवर्तन, विपद र फोहर व्यवस्थापन सम्बन्धि परेवाडाँडामा लोकदोहोरीको फोटो फिचर :

जलवायु परिवर्तन, विपद र फोहर व्यवस्थापन सम्बन्धि परेवाडाँडामा लोकदोहोरीको फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ १९ गते शुक्रबार ०९:५२

दोहोरी गीत भनेको माया पिरतीको मात्र हुन्छ भन्ने भ्रममा रहेकाहरू धेरैले जलवायु परिवर्तनको असर, भोलि निम्तन सक्ने थप प्रभाव, त्यसले निम्त्याउने विपत, विपतले पार्ने जनधनको क्षति तथा फोहरको अवस्थित फैलावट चुनौति बनिरहेको परिपेक्षमा त्यसबारेमा दोहोरी गीतकामाध्यमले सचेतना जागृत गर्ने कार्य निकै प्रशंसनीय रहेको प्रत्यक्षदर्शीहरूले बताए ।

कार्यक्रममा दोहोरीको फरक स्वादले दर्शक स्रोत दङ्ग

परेवाडाँडा(लमजुङ)– सुन्दरबजार नगरपालिकामा जलवायु परिवर्तन, विपद र फोहर व्यवस्थापन बारेमा लोकदोहोरी प्रतियोगिता गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता, एचडिसिएस नमूना सामुदायिक अस्पतालको आयोजना, सुन्दरबजार नगरपालिकाको सहकार्य र महेन्द्र मन्दिर माविको व्यवस्थापनमा सोही माविको हातामा उक्त प्रतियोगिता माघ १९ गते गरिएको हो ।
प्रतियोगिताको उघाटन गर्दै मेयर कोइरालाले यो नौलो अति आवश्यक, सचेतनामूलक, लाभदायक कार्यक्रम भएको उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि सुन्दरबजार नगरपालिका– २ का अध्यक्ष नवीनकुमार श्रेष्ठले एचडिसिएस नमूना सामुदायिक अस्पतालले बिरामीको सेवामात्र नगरी वातावरण र विपदको क्षेत्रमा पनि योगदान गरेको बताउनु भयो ।
प्रतियोगिताको उदघाटनका अवसरमा आयोजक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै स्वागत गर्नु भएको थियो ।
दोहोरी गीत भनेको माया पिरतीको मात्र हुन्छ भन्ने भ्रममा रहेकाहरू धेरैले जलवायु परिवर्तनको असर, भोलि निम्तन सक्ने थप प्रभाव, त्यसले निम्त्याउने विपत, विपतले पार्ने जनधनको क्षति तथा फोहरको अवस्थित फैलावट चुनौति बनिरहेको परिपेक्षमा त्यसबारेमा दोहोरी गीतकामाध्यमले सचेतना जागृत गर्ने कार्य निकै प्रशंसनीय रहेको प्रत्यक्षदर्शीहरूले बताए ।
सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अनुज अधिकारीले प्रतियोगी विद्यार्थीसँग दोहोरी गाएर थप मनोरञ्जन प्रदान गर्नु भएको थियो । उहाँले प्रतियोगितामा भाग लिने भाइबहिनीहरूलाई भोलिका दिनमा कलाकारका रुपमा देख्न पाइयोस् भन्ने सुभेच्छा समेत व्यक्त गर्नु भएको थियो ।
प्रतियोगितामा सोही वडामा रहेका दुई मावि महेन्द्र मन्दिर र कान्ती बलामन्दिरका २÷२ जोडी विद्यार्थी समूहले भाग लिएका थिए ।
प्रतियोगितामा कान्ती बालमन्दिर माविका आकृती जोशी र सुरक्षा परियारको जोडी पहिलो, महेन्द्रमन्दिर माविका शान्ती गोतामे र सुप्रिम खड्काको टोली दोस्रा तथा महेन्द्रमन्दिर माविका सुभेच्छा मल्ल र अनुपम परियारको जोडी तेस्रो, कान्ती बालमन्दिर माविका नवीना गौली र अमन केसीको जोडीले सान्त्वना स्थान हासिल गरेका थिए ।
सो अवसरमा पहिलो, दोस्रो, नेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः १० हजार, सात हजार, चार हजार र दुई हजार रुपैया सरकारी निमय अनुसारको कर कट्टा गरी प्रदान गरिएको आयोजक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम व्यवस्थापन गर्ने माविको व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सेढाइँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आयोजक अस्पतालका सोसल कायन्सिलर एवम् अर्बुद रोग निवारण संस्थाका जिल्ला उपाध्यक्ष शोभा ठकुरीले गञ्चालन गर्नु भएको उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० माघ १९, शुक्रबार २१:५२ गते
हजुरको प्रतिक्रिया