कालिका सहकारी ठगी : तैमाया साढे दुई लाख धरौटीमा रिहा

कालिका सहकारी ठगी : तैमाया साढे दुई लाख धरौटीमा रिहा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २२ गते सोमबार ०६:१३

तैमाया अदालतमा हाजिर भएको खबर पाएपछि कालिका सहकारीबाट पीडित भएकाहरूको भारी संख्यामा अदालतमा उपस्थिति थियो । केही पीडितहरूले तैमायाकै कारणले गर्दा आफूहरूले न्याय पाउन सक्ने आधार तयार भएको अर्थात ढोका खोली दिएको भन्दै उहाँलाई खदासमेत पहिराएर सम्मान समेत गरेका थिए ।

पीडितहरूले न्याय नपाउँदासम्म लडिरहने तैमायाको प्रण : तैमायालाई अदालत परिसरमै सम्मान

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को ठगी काण्डमा जबरजस्त अभियोग भिराइनु भएकी तैमाया गुरुङ साढे दुईलाख धरौटीमा रिहा हुनु भएको छ । आजै लमजुङ जिल्ला अदालतमा उपस्थित हुनुभएकी उहाँको बयान र बहस पछि अदालतबाट त्यस्तो आदेश माघ २२ गते भएको हो ।
जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले तैमाया गुरुङलाई साढे दुईलाख धरौटीको आदेश दिएको हो । तैमाया गुरुङ उक्त सहकारीका पीडितहरूको न्यायका लागि लिखित रुपमा उजुरी दिएर लड्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले जिल्ला प्रहरी कार्यालयद्वारा सो सहकारीका पीडितहरूलाई उजुर दिन सार्वजनिक सूचना जारी गरेपछिको पहिलो उजुरकर्ता हुनुहुन्छ । त्यसपछि मात्र अन्यले उजुर दिनेहरूले हिम्मत जुटाएका (जम्मा ७७ जनाले) हुन् भने अझै पनि अधिकांस पीडितहरूले उजुर गर्न सकेको अवस्था छैन । केही पीडितहरू उजुरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुगेपछि पनि उनीहरूलाई अट्ने सन्टे कुरा सुनाएर उजुरी दर्ता नगरी फर्कन बाध्य परिएका घट्ना समेत फेला परेका छन् । अदालतको आदेश पछि तैमायाले यो पंक्तिकारसँग संक्षिप्त कुराकानी गर्दै आफूले अन्यायमा परेको सबै बचतकर्ता र सेयर सदस्यहरूको न्यायका लागि लडेको र लडिरहने प्रण गर्न चाहन्छु भन्ने तपाईको मिडियामार्फत पीडितहरू लगायत सबैलाई जानकारी दिन चाहन्छु भन्नुभयो ।
उहाँले म आफै पीडित हो, मेरो ४६ लाख (एक लाख सेयर) त्यो सहकारीमा फसकेको छ भने मलाई त साधारण तारेखमा छाड्छ होला भन्ने थियो, भएन भन्ने गुनासो छ भन्ने उल्लेख गर्नुभयो । आरोप लागेपछि सफाई त लिनै पर्छ, लिन्छु तर मउपर गलत आरोप लगाउनेहरूको मर्ने बेलामा सास कसरी जान्छ ? त्यो हेर्न मन छ उहाँले गर्वका साथ भन्नु भयो ।
तैमाया विरुद्ध जाल बुन्नेहरूको पर्दा साफ :
तैमायाका विरुद्धमा जुनप्रकारका जोर जुलुम अनेकन प्रलोभनदेखि धम्की दिनेसम्मका काम यो प्रकरणका क्रममा भए, गरियो । त्यसको केही पाटोको आज पर्दा साफ भएको छ । उहाँ विरुद्ध जग्गा रोक्का, बैंक खाता रोक्का, सम्पत्ती शुद्धिकरण लगायतका हरकतका साथ धम्कीपूर्ण प्रश्न तेर्स्याई जुनखालको घेराबन्दीका साथ आफ्ना विरुद्ध उजुरी दिन सक्ने वातावरणनै बन्न नदिने स्थिति सिर्जना गर्ने प्रपञ्चका साथ त्यसका लागि उहाँ उपर भारी दबाब थोपरिएको थियो । कालिका साकोसका टाउके सञ्चालकहरूको त्यो क्रम जारी छ रहेको र सायद भोलिका दिनमा पनि चल्ने नै छ ।
तर त्यस सहकारीका सञ्चालकहरूका विरुद्धको मुद्दामा उनीहरूको २६ दिने प्रहरी कष्टडीको यात्रा(बसाई) सहित पछिल्ला घट्ना क्रमका यतिका दिन लामो अवधिमा पनि तैमाया विचलित हुनुको सट्टा झनै दृढ आत्मबलका साथ अदालतमा उपस्थित हुनुभएको देखिन्थ्यो । त्यसले पनि न्यायको आशामा रहेकाहरूले पुकार सुन्ने मानिस अझै पनि यो धर्तीमा बाँकी रहेछन् भन्ने दरिलोसँग आभास मात्र नभई पुष्टि भएको छ ।
तैमायाले भन्नुभयो, ‘भगवान रामलाई पनि दोष लागेको थियो, म त मान्छे हो ।’ उहाँले थप भन्नुभयो, ‘तर नेपालमा न्याय पाउन कति कठिन रहेछ भन्ने पनि सिक्दैछु र अन्यायमा परेकाहरूका पक्षमा थप काम गर्नु पर्ने अठोट गरेकी छु ।’
पोइको काखमा मुतेर रमाउने नियत बोकेका कालिका साकोसका टाउके सञ्चालकहरूले आफू विरुद्धको आरोप पन्छाउन(कम गर्न) र सर्वसाधारणमा भ्रम छर्नका लागि तैमाया पनि हामी सरहकै दोषि हो भन्दै अदालतबाट सके १२ लाख नभए पनि सात लाख धरौटीमा फसाउन गरेको प्रयत्न भने राम्रोसँग खेर गएको छ । अदालतको आजको आदेशले त्यो धुलोमै मिले सरह भएको छ । भलै त्यो आदेश तैमायाको दावी अनुसार बिना धरौटीको नभएको किन नहोस् । उहाँले भोलिका दिनमा उक्त मुद्दाको टुंगो लाग्दा पुरै सफाई पाउने सक्ने आधार प्रमाणहरू प्रसस्त रहेका छन् ।
अदालतले तैमायासँग साढे दुई लाख रुपैयाँमात्र धेरौटी माग भएपछि आफू सरह फसाउन चाहनेहरूको बाटोमा भने थला पर्ने गरी ठेस लागेको आम बुझाइ छ ।  आज जिल्ला अदालतमा तैमाया गुरुङको पक्षमा अधिवक्ता विजयप्रकाश अधिकारीले र विपक्षमा जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर थापामगरले बहस पैरवी गर्नु भएको थियो ।
तैमायालाई फसाउन किर्ते गरिएको दावी :
कालिकाका साकोसका टाउके सञ्चालकहरूले तैमायालाई फसाउनका लागि र उनी पनि आफू सरहकै हो भन्ने देखाउनका लागि गरेको एक अर्को षडयन्त्रको समेत आज पर्दा साफ भएको छ । तीन सहकारी एकीकरण हुँदा कुनै गडबडी भएमा त्यसको जवाफ देही आफू पनि हुनेछु भन्दै गरिएको भनिएको कथित कागजमा थोपरिएको सही र ल्याप्चे तैमायाको आफ्नो नभई किर्ते भएको दावी समेत तैमायाले आफ्नो बयानमा अदालत समक्ष गर्नु भएको छ । त्यसको प्राविधिक जाँच हुन बाँकी छ तर तैमायाको औंठा छाप गोलो(चक्राकार) नभई ठाडो चिरिएको(शंख) आकारको रहेको हाम्रा बाह्य आँखाले समेत प्रष्ट देख्छ । त्यो कथित भरपार्ईमा भने तैमायाको औंठा छाप भन्दै गोलो(चक्राकार) धस्काउने काम भएको छ । त्यस्तै सही पनि नक्कली गरिएको छ । यसबाट ती टाउकेहरू अब कीर्तेमा समेत फस्ने पक्का भएका छन् । यसबाट पनि कस्को नियत के कस्तो रहेछ ? भन्ने पुष्टि हुन आएको छ ।
तैमायालाई अदालत परिसरमा सम्मान :
तैमाया अदालतमा हाजिर भएको खबर पाएपछि कालिका सहकारीबाट पीडित भएकाहरूको भारी संख्यामा अदालतमा उपस्थिति थियो । उक्त सहकारी संस्थाको ठगी काण्ठका विरुद्ध लिखित रुपमा जाहेरी दिने पहिलो व्यक्ति हुनुहुन्छ– तैमाया । सो अवसरमा पीडित संघर्ष समितिका संयोजक बालकृष्ण श्रेष्ठ, सो समितिका सदस्य एवम् पूर्वप्रधानाध्यापक गंगा घले, सोही समितिका सदस्य काशीराज गुरुङ लगायत दजनौं पीडितहरूको उपस्थिति थियो । केही पीडितहरूले तैमायाकै कारणले गर्दा आफूहरूले न्याय पाउन सक्ने आधार तयार भएको अर्थात ढोका खोली दिएको भन्दै उहाँलाई खदासमेत पहिराएर सम्मान समेत गरेका थिए ।

अब तीन जना बाँकी :
सो सहकारीको ठगीमा मुख्य चलखेल गरी मोटाउनेहरूमा पहिलो पटक पूर्जी काटिएमा आठ जनामध्ये भित्रकै भएको आम बुझाई छ । पछि कथित उजुर थप गरिएका समेत ३४ जना पुर्याइएकोमा अब तीन जना अदालतमा उपस्थित हुन बाँकी रहेको बताइन्छ । अन्य अधिकांश साढे दुई लाख धरौटीमा रिहा भएका छन् ।
अदालतमा हाजिर हुन बाँकी रहेकाहरूमा आशाकाजी श्रेष्ठ, दीपक परियार र भूपति वाग्ले हुनुहुन्छ । वाग्ले विदेशमा हुनुहुन्छ । सबैले न्यूनत्तम साढे दुई लाख धरौटी राख्नु पर्ने भएपछि दयनीय आर्थिक अवस्थाका आशाकाजी श्रेष्ठलाई तारेखमा छुटाउन उहाँका लागि उहाँका गुठीयारहरूले त्यो पैसा संकलन(चन्दा)को अभियान थालेको समेत बुझिन आएको छ । यसबाट पनि आशाकाजी श्रेष्ठ जस्ता मानिसलाई मुछेर पानी माथिको ओभानो बन्ने सो सहकारीका टाउके सञ्चालकहरूको निय त के हो ? भन्ने अनुसन्धानको विषय बनेको समेत स्रोतको भनाइ छ ।
अदालतको अदेश पछि सम्पत्ती शुद्धिकरण विभागमा हाजिर हुन तैमाया आजै साँझ काठमाडौंतर्फ लाग्नु भएको उहाँको परिवार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० माघ २२, सोमबार १८:१३ गते
हजुरको प्रतिक्रिया