नेपालगन्ज– ‘रक्तदान जीवन दान’ भनिन्छ । २०६ पटक रक्तदान गरेर जीवन बचाउन योगदान गर्ने रक्तदाता अर्जुनप्रसाद मैनालीले आत्महत्या गरेका छन् । उनले सामाजिक सञ्जालमा लामै स्टाटस पोष्ट गरेर माघ २९ गते आत्महत्या बारे गरेका हुन् ।
‘मानिसलाई मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ ।’ उनले सो नोटमा उल्लेख गरका छन् । २०६ पटक रक्तदान गरी अरुको जीवन बचाउने रक्तदाता मैनालीद्वारा आत्महत्या ? गरेको सुन्दा भने पत्याउन कठिन हुन्छ । छोरीको बिहे सम्पन्न गरी ४ दिन अघि मात्रै अमेरिका पुगेका उनले भाडाको गाडीमा आगो लगाएर आफैलाई जलाएका छन् । अमेरिकामै रहनु भएका लेखक पुरूषोत्तम ढकालले उनको आत्महत्या पुष्टि गर्नु भएको हो ।
उनले आत्महत्या नोटमा लेखेका छन्, ‘हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनीहरूका ९– १० बर्षकी छोरी, १३– १४ बर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो ।’ उनले थप लेखेका छन्, ‘रमेश ग्रिडी र सेल्फिस त छँदै थिए तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन । उसले आफ्नो स्वास्नकिो गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठूलो नोक्सन बनाएर उसले के जित्यो ? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिउ पनि पूर्ति हुन सक्ला त ?’ भन्ने प्रश्न समेत गरेका छन् ।
छ वटा महादेशका २० देशहरू पुगेर २०६ पटकमा रगत दान गरिसेकका मैनालीले नेपाल र अमेरिकामा रक्तदान गर्न अभिप्रेरणामुलक सयौँ कार्यक्रम सम्पन्न गरेका थिए ।
उनले अर्को जुनी मन नभएको तर पाएमा त्यो जुनीमा पनि ताराकै श्रीमान् बन्न पाउँ भन्ने कामना समेत गरेका छन् ।
यसैगरी, छोराले सोध्यो, ‘यो कारमा को आएको छ ? त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थें । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थें । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्कें । अब म केही बेरमा परमधाम पुग्ने छु । घरमा तिमी र छोरा मात्रै हुने छ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।’
उनले थप लेखेका छन् ‘छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे एक बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ ।’ उनको हत्महत्याको सो स्टाटसले उनका सालो रमेश र उनकी श्रीमती अस्मितालाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्न सक्ने देखिएको छ ।
यस्तो छ उनले लेखेको स्टाटसको पूर्ण विवरण ः
प्यारी श्रीमती तारा,
धेरै धेरै माया !
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवन भरीसँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहें । मेरो आफ्नै स्वास्नीको सामुन्ने तात्व न छारोका कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला ! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनीहरूका ९– १० बर्षकी छोरी, १३– १४ बर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो । अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला ! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन । उसले आफ्नो स्वास्नीको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिगा¥यो, विधवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठूलो नोक्सन बनाएर उसले के जित्यो ? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिउ पनि पूर्ति हुन सक्ला त ?
छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे एक बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । चार दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुले छु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ ?’ त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थें । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थें । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्कें । अब म केही बेरमा परमधाम पुग्ने छु । घरमा तिमी र छोरा मात्रै हुने छ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।
गतबर्ष अमेरिकामा ५० हजार जना राजीखुशी परलोक गएछन्, अग्निको बाटोबाट एक प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शितल र सुखानुभुति हुन्छ नै होला । त्यहि नै घडीमा मेरो शुभचिन्तकहरूलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनु हुनेछ । मेरो दुःखत निधन भएता पनि मेरा शुभचिन्तकज्युहरूले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दिइरहनु हुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरू रगत अभावले नमरुन् । मैले बिगत ३६ वर्षसम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम् ! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहें । दुःखेको मनलाई लुकाइ राखें । आज बिगत एक बर्षदेखिको दुःख सकिदै छ ।
कु म, तिमी, छोरा– छोरी (अमुन– अमित) र आमामा धेरै क्रितज्ञ छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा–छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु दृष्टि प¥यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदि परेमा फेरि पनि तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिति आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस । तिम्रो श्रीमान !
ॐ नम शिवाय !
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात !
प्रकाशित मिति २०८० फाल्गुन १, मंगलवार १४:५६ गते