
काठमाडौंं– प्रणय दिवसमा स्रष्टाले प्रेमिल कविता घन्काएका छन् ।
रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले प्रेम दिवसको अवसरमा विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी स्रष्टाहरूलाई प्रतीभा देखाउने मौका फागुन २ गते दिएको हो ।
डा.उदयराज शर्माको प्रमुख आतिथ्य गरेको उक्त कार्यक्रम क्लब अध्यक्ष इन्दिरा पराजुलीको सभापतित्वमा भएको थियो । सो अवसरमा दुई दर्जन भन्दा बढी स्रष्टाहरूले महत्वका साथ आफ्नो प्रतीभा देखाएका थिए ।
कार्यक्रम आफ्नो सिर्जना बाचन गर्नेहरूमा डा. बमबहादुर जिताली, डा. कृष्णप्रसाद भट्टराई, थरेन्द्र बराल, दिलिप श्रेष्ठ, रुद्र अधिकारी, थरेन्द्र बराल, चन्द्रकला शाह, द्वारिका कुइँकेल, उदय दास, ललिता दोषी, सागरनिधि तिवारी, भोजबहादुर शाह, गोपेन्द्र रिजाल, भुवन सिवाकोटी, मदन नेपाल, विष्णु थापा, बद्री उप्रेती, रबिन्द्र नेपाल, सम्झना पोखरेल, ईन्द्रशेखर खड्का, केरा अर्याल, रबिन्द्र आशिस शैली, प्रेती कौर, टेकबहादुर लौडारी, सुनिता शर्मा, लव खड्का, नम्रता उप्रेती, रश्मी रिमाल, टि एन विश्वामित्र लगायत दुई दर्जन स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेर माहोल तताउने काम गरेका थिए ।
कार्यक्रमका संयोजक प्रेम वली ढकलपुरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सिस्नु पानीका सदस्य चक्र दवाडीको उदघोषण उत्तिकै रमाइलो एवम् दम्दार थियो ।
स्रष्टाहरूले प्रेमिल गीत, गजल, मुक्तक, तथा कविताहरूमा हास्य रसले युक्त रचना वाचन गरको उक्त कार्यक्रम निकै रोचक, उत्साही र आनन्दपूर्ण रहेको थियो । सहभागी सबै अतिथि स्रष्टाहरूलाई रोटरी स्रष्टा सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रम निकै स्वादिष्ट रहेको सहभागीहरूको प्रतिक्रिया छ ।
प्रकाशित मिति २०८० फाल्गुन ५, शनिबार ०७:५५ गते