अन्ततः कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्रिए

अन्ततः कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्रिए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण ९ गते बुधबार ०९:१७

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको खुलासा भइसकेको छ । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

सो सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ ।

काठमाडौं– भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने एकको एक साता नबित्दै त्यसका अध्यक्ष मल्ल पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलाई प्रहरीले सहकारी ठगी मुद्दामा फागुन ८ गते पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको हो ।
प्रहरीका अनुसार ‘सहकारी ठगीको उजुरी परिरहेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ, सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’
सो सहकारीलाई सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट सो सहकारीलाई समस्याग्रस्त घोषणा फागुन ३ गते भएको हो । विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माघ २९ गते सिफारिस गरेको थियो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।’
मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिमा पठाएपछि सम्पत्ति र दायित्वको विवरण यकिन गर्ने कार्य गर्ने छ ।
कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत थियो ।
कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको खुलासा भइसकेको छ ।
काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।
सो सहकारीले गत असारमा सेयर पूँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको थियो ।
बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा दगानी गरेको पाइएको थियो ।
सहकारी सञ्चालकहरूका अनुसार ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक एक सञ्चालकको दाबी छ । सो सहकारीको ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’
यस्तो कार्य सहकारीका सञ्चालकहरूको आम चरित्र बनिरहेको प्रतिदिन खुलासा हुँदै आएको छ ।
सो सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ ।

प्रकाशित मिति २०८० फाल्गुन ९, बुधबार ०९:१७ गते
हजुरको प्रतिक्रिया