बागलुङले ल्यायो कोदोको बिस्कुट बजारमा, अब आलुको बनाउने योजना

बागलुङले ल्यायो कोदोको बिस्कुट बजारमा, अब आलुको बनाउने योजना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण १६ गते बुधबार ०६:२५

कोरोनाकालमा गाउँ फर्के, त्यसकै कारण रेष्टुराँ बन्द भयो, त्यसपछि यही उद्योगमा लागे ।

उद्योगमा ५० लाख लगानी गरेको

पोखरा– बागलुङद्वारा कोदोलाई ‘ब्राण्डिङ’ गरेर उत्पादन गरिएको बिस्कुट बजारमा ल्याउन थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका– ८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको पिठोबाट बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
कोरोनाकालले गाउँ फर्काएका श्रीसले यही स्थापनामा लाग्नु भएको हो । उहाँले २०७७ सालमा सो उद्योग स्थापना गर्नु भएको हो । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि पछिल्ला सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उहाँले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गररेको बताउनु भएको छ । युवा व्यवसायी श्रीसका अनुसार लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजनामा छु ।’
उहाँले थप भन्नुभयो, ‘अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ । कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु ।’ अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० रुपैयाँमा बजार पठाएको उहाँले बताउनु भयो ।
‘जागिरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौंमा रेष्टुराँ व्यवसाय गरे । पढाइमा स्नातक सके पनि जागिर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, त्यसपछि यही उद्योगमा लागे ।’
कोदोको बिस्कुट उद्योग स्थापनार्थ उहाँले ५० लाख लगानी गरेको जानकारी दिनुभयो । मा बजारमा पुरÞ्याएको छु । उहाँले उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको जानकारी दिनुभयो । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उहाँको आंकलन छ । ‘संरक्षण गर्नुपर्ने अवस्थामा पुग्न थालेको कोदोलाई गाउँमै उद्योग स्थापना गरि बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानसमेत उत्साहित हुन थालेका छन् ।’ श्रीसले भन्नुभयो ।
अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उहाँको दावी छ । आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो ।
दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । उद्योगमा अहिले दुई जनालाई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ । कोदोको बिस्कुटको प्याकेजिङमा कृषि ज्ञान केन्द्रले सघाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा गहुँ, जौ र मकैको बिस्कुट आए पनि कोदोको बिस्कुट आएको थिएन, कोदो, गहुँ, घ्यू र तेलको समिश्रणमा उक्त बिस्कुट तयार हुन्छ, माग बढ्दै गएपछि उत्पादन पनि बढाउने योजनामा छु ।’
जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौंको सुपर मार्केटमा समेत पठाएको उहाँले जानकारी दिनु भयो ।
युवाकालीन सुरुका दिनमा सिए हुनका लागि अध्ययन गर्नु भयो । सो क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै उहाँले सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको उहाँको कथन छ ।

प्रकाशित मिति २०८० फाल्गुन १६, बुधबार ०६:२५ गते
हजुरको प्रतिक्रिया