बेसीशहर(लमजुङ)– यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्थाको बहुचर्चित ठगी काण्डका थप समाचार बाहिर नआउन् भन्ने उद्देश्यले त्यसका टाउके सञ्चालकहरूका धृष्टतापूर्ण शृंखलाबद्ध षडयन्त्र जारी रहेका छन् । ‘खबरकुञ्ज’ भन्ने अनलाइनमा फागुन २१ गते ‘नवराज र अन्तरङ्गलाई प्रेस काउन्सिलले सोध्यो ७ दिने स्पष्टिकरण’ शीर्षक समाचारबाट त्यस्तो पुष्टि भएको हो ।
राजनीतिक पहुँचका आडमा उक्त सहकारीको करोडौं रकम हसुरेर पनि ‘होइन’ भन्दै कथित ‘इमान्दारिता’को खोल ओड्दै छाडा बनिरहेका सञ्चालकहरूको षडयन्त्रको पर्दा सो समाचारले थप च्यातिन गएको छ । त्यो तथाकथित स्पष्टिकरणको पत्र यो समाचार तयार गर्दासम्म हाम्रो कार्यालयमा प्राप्त भएको छैन तर त्यो पत्र लिएर समाचार बनाउँर्दै हिड्नुले उनीहरूको थप नियत र सो कार्य पनि राजनीतिक पहुँचकै दुरुपयोगको अर्को नमूना उदाहरण बन्न पुगेको छ ।
उक्त समाचारका उजुरकर्ता वेदराज खनिया जो आफै प्रमुख अभियुक्त मध्येका हुन् भन्ने २६ दिनसम्मको प्रहरी कष्टडीको बसाई अनि सम्मानित जिल्ला अदालतबाट १२ लाखको धरौटी माग हुनुले पुष्टि गरिसकेको छ । यसलाई हावा नआई पात हल्लिदैन भन्ने रुपमा सो सहकारीका आम पीडितहरू तथा उनीहरूका गतिविधिलाई नजिकबाट चिन्नेहरूले बुझेकै विषय हो, यसमा थप प्रष्ट्याउन जरुरी छ जस्तो लाग्दैन ।
मुल प्रश्न अन्तरङ्ग (छापा र अनलाइन दुवै) ले आफ्ना समाचारमा के त्यो पत्रमा उल्लेख भएका २ विषय मात्र उठाएको हो ? अन्य प्रश्नको जवाफ दिन ती सञ्चालकहरू र खासमा सहकारीमा जम्मा गरिएको पैसाको कारोबारमा हालिमुहाली गरी दाइँ गर्ने प्रमुख कार्यकारी अधिकृतको पगरी गुथ्ने खनिया महोदयको जिम्मेवारी भित्र पर्दैन ? ती प्रश्नको जवाफ दिने हैसियत आजका दिनसम्म किन राखिएन ? अर्को कुरा अनलाइन(दैनिक) र साप्तहिक पत्रिकामा निस्केको समाचार (मिति सम्म उल्लेख गर्न सकिएको छैन) त्यतिको उधुम मच्चाउने खालको साच्चै थियो भने उहाँ महोदयहरूले त्यसको प्रतिक्रिया १, २, ६, १२, २४ घण्टा या २, ३ दिन भित्रै दिनु पर्ने होइन र ? यतिको लामो अवधि(हप्तौं दिन बित्ता)सम्म उनीहरू ‘केरा हेरेर बस्या थिए ?’ भन्ने प्रश्नका साथमा नियत के हो ? भन्ने समेत जिज्ञासाहरू उठेका छन् । कथित स्पष्टिकरणको त्यो प्रश्नका बारेमा यसअघि नै हामीले लेखिसकेका पनि छौं ।
अन्तरङ्गले उठाएका दर्जनौं प्रश्न अनुत्तरित हुनुको अर्थ हो कि उनीहरू दोषि छन् । निमुखा पीडितहरू समक्ष आजका दिनमा पनि न्याय पुग्न नसकेका दर्जनौं उदाहरण भेटिन्छन् । राजनीति तथा पैसाको पहुँच हुनेहरूले न्याय किन्न सक्लान् तर पीडितको मनमा बसेको पीडाको घाउँ अवश्य पनि उप्काउन सक्ने छैनन् भन्ने त्यो समाचारले समेत पुष्टि गरेको छ ।
‘खबरकुञ्ज’का सञ्चालक जो कालिका साकोसका मुख्य पीडक भएका कारण १२ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका समेत छन्, उनी त्यस्तोसम्म कुतर्क गर्ने व्यक्ति हुन् कि ! मुलुकभरका सारा पत्रपत्रिकाले पाइरहेको लोककल्याणकारीको सुविधा हटाउनु पर्छ तर समानुपातिक विज्ञापन नीति– जो नेपालका लागि असम्भव जस्तै बनिसकेको छ, भने लागू गरिनु पर्छ भन्ने मनगढन्त सोचबाट मनको लड्डु घिउँसँग खादै आत्मरतिमा रमाउने गरिआएका छन् ।
प्रेस काउन्सिलमा गरिएको कथित उजुरी तिललाई पहाड बनाउने र तिनीहरूका विरुद्धमा बोल्ने मुख बन्द गर्ने षडयन्त्र हो । त्यसले अन्तरङ्गको रौ पनि नहल्लीनेमा पाठक वर्ग ढुक्क हुन अनुरोध छ । किनकि, प्रेस काउन्सिल पनि राजनीतिक इसारामै चल्ने हो । जसका बारेमा यसअघि पनि हामीले पटक पटक लेखेका छौं । अन्यथा, प्रेस काउन्सिलले निष्पक्ष काम गर्दथ्यो भने अन्तरङ्गले आफूलाई क वर्गमा पर्नका लागि उक्त काउन्सिलका विरुद्धमा सर्वोच्चमा मुद्दा हाल्नु पर्दैनथ्यो । त्यति निहुँ पाएपछि काउन्सिलले अन्तरङ्गलाई स्पष्टिकरण सोध्नु नौलो कुरा होइन, न त नौलो ठानिन्छ नै । त्यो स्पष्टिकरणले रात्मरतिमा रमाउनेहरूदले सोचे जस्तै आकाश खस्ने वाला छैन ।
कालिका सहकारीको ठगी धन्दामा रमाउने त्यसका सञ्चालकहरूका जात भनेका तातोपानीले घर पोल्न दुस्साहस गर्नेहरूको जमात हो भनेर यसअघि नै हामीले लेखेको हु्ँदा थप नदोहोर्याउनु नै बेस होला ।
त्यो समाचारका साथै कालिकाका ठग सञ्चालकहरूले स्वीकार गरेको विषय के हो भने अन्तरङ्गले त्यति धेरै (दर्जनौं) प्रश्न वा प्रसङ्गको उजागर गरेको छ । उनीहरूबाट त्यो यौटा कुरा मात्रमा प्रश्न उठाउनु भनेको अन्य विषय त सत्य रहेको छ भन्ने सावित हुन गएको छ । यस प्रकार प्रतिशतका हिसावले अन्तरङ्गले उठाएका प्रश्न र ती सञ्चालक महोदयहरूले उठाएको प्रश्नलाई दाजेर हेर्ने सामान्य बुद्धि भएका मानिसले पनि ठम्याउन सक्छ कि दोषि को हो ? वा छ भन्ने त्यसैले अन्तरङ्गका शुभचिन्तक मित्रजनहरू चिन्ता गर्नु पर्दैन । त्यो प्रश्न सहकारी ठगीको यो विषयान्तर गरी पीडितहरूको ध्यान अन्यत्र मोड्न र उनीहरूका करतुतका बारेमा नलेखियोस् र अदालतबाट कमभन्दा कम सजाय गरियोस् भन्ने धृष्टता हो । त्यो कार्य चरालाई रुखबाट खसाल्न खोज्ने दुस्साहस मात्र हो । पाठक वर्गलाई हामी ढुक्क हुन आग्रह गर्दछौं कि ! के रुखबाट खसेर चरा मरेको छ ? देख्नु भएको छ आजसम्म ?
प्रकाशित मिति २०८० फाल्गुन २१, सोमबार १८:१८ गते