सुर्यपाल(लमजुङ)– आज राष्ट्रिय जुनियर युवा रेडक्रस दिवस । लमजुङको मध्यनेपाल नगरपालिका– ३ सुर्यपाल स्थित राम वालोदय आधारभूत विद्यालयको जुरेसले विद्यालय हातामा सरसफाइ कार्यक्रमका साथ फागुन २२ गते मनाएको छ ।
‘विश्वब्यापी रुपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तिकरण ः जलवायु सम्बन्धि गतिविधिमा जुनियर तथा युवा !’ भन्ने नाराका साथ राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसका अवसरमा आज नेजुरेस राम वालोदय आधारभूत विद्यालयको आयोजनामा विद्यालय हाता सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
नेजुरेस रामवालोदयको आयोजनामा भएको कार्यक्रममा शिक्षक नायक एवम् कार्यक्रम संयोजक रामकुमार श्रेष्ठले यस वर्षको नाराका बारेमा व्याख्यात्मक टिप्पणी गर्दै जुरेसको महत्वमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा शिक्षक सहनायक सीता थापा, नेजुरेस राम वालोदय अध्यक्ष दिपेश नेपाली, सचिव रश्मि श्रेष्ठ, राम वालोदय बालक्लव अध्यक्ष कुसुम खाती बालक्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाई, सहसंरक्षक शिक्षिका सपना नेपाली सरसफाइ उपसमिति संयोजक शिक्षिका गौमती गुरुङ, शिक्षक ज्योतीशंकर गुरुङ, शिक्षिका अर्चना अधिकारी पौडेल, स.क. शान्ता धिताल बस्नेत, का.स. रेखा थापा लगायत सम्पूर्ण विद्यार्थीहरूको समेत उत्साहजनक सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति २०८० फाल्गुन २२, मंगलवार १७:१८ गते