‘नइ बाल पुरस्कार’का लागि आठ जना बालबालिका छनौट

‘नइ बाल पुरस्कार’का लागि आठ जना बालबालिका छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २३ गते बुधबार ०४:५८

२०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरू आगामी चैत ३० गते काठमाडौंमा समर्पण गरिने कार्यक्रम रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

४ वर्षदेखि १५ वर्षसम्म उमेरका बालबालिकाहरूको छनौट

काठमाडौं– ‘नइ बाल पुरस्कार’बाट आठ जना बालबालिका छनौट भएका छन् । नइ प्रकाशनले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ४ वर्षदेखि १५ वर्षसम्म उमेरका बालबालिकाहरूको छनौट फागुन २२ गते गरिएको हो ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् । सो पुरस्कारको राशि ताम्रपत्रसहित जनही दस हजार रूपैयाँ रहेको छ ।
सो पुरस्कारबाट सम्मानित हुने अन्यमा नृत्यतर्फ नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार यी पुरस्कारका राशि क्रमशः ताम्रपत्रसहित सात हजार र पाँच हजार रूपैयाँ रहेका छन् ।
प्रसाईले भन्नुभयो, ‘नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।’
२०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरू आगामी चैत ३० गते काठमाडौंमा समर्पण गरिने कार्यक्रम रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० फाल्गुन २३, बुधबार ०४:५८ गते
हजुरको प्रतिक्रिया