नवनियुक्त मन्त्रीहरूद्वारा शपथसँगै पदभार ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथसँगै पदभार ग्रहण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० फाल्गुण २३ गते बुधबार ०९:३४

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेको शत्तामा पुनरागमन

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग फागुन २३ गते शपथ लिनु लिनु हुँदै पदभार ग्रहण गर्नु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।
सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनु भएको छ ।
यसैगरी, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नु भएको छ । यसैगरी, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको जानकारीमा आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनु भएको छ । योसँगै रास्वपाका सभापति रवि लामिछानेको शत्तामा पुनरागमन भएको छ । उपसभापति डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुनुभएको छ भने विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

प्रकाशित मिति २०८० फाल्गुन २३, बुधबार २१:३४ गते
हजुरको प्रतिक्रिया