बेसीशहर– एमाले लमजुङको नवौं जिल्ला अधिवेशनमा केही पद निर्विरोध भएको छ । निर्विरोध हुनेमा उपसचिवमा राममाया थापामगर तथा सदस्यहरूमा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुइँकेल र संघका निवर्तमान जिल्ला अध्यक्ष आश गुरुरू लगायत निर्विरोध हुनुभएको हो ।
बेसीशहर र सुन्दरबजार नगरपालिका बाहेकका अन्य सबै पालिकाबाट निर्वाचित हुने सदस्य पदमा निर्विरोध भएको छ । मतदान सकिँदा रातको कम्तिमा ९ बज्ने आंकलन गरिएको छ ।
सदस्यहरूको कुन क्लस्टरमा को को दावेदार छन् ?
सदस्य (भौगोलिक क्षेत्र) ५ : बेसीशहर (खुल्ला ३, महिला २, युवा १) रहेको छ । जसको खुला ३ सदस्यमा ११ जनाको दावी रहेको छ । उहाँहरू १) दुर्गाबहादुर बुढाथोकी, २) विष्णुप्रसाद पौडेल, ३) ऋषिकान्त खनाल, ४) सरोज दनाई, ५) सोम तामाङ, ६) भीमबहादुर बस्नेत, ७) यमबहादुर लोहनी, ८) दुर्गा गुरुङ, ९) प्रदिप घिमिरे, १० मदन राना र ११) जुन तामाङ यो क्लस्टरमा युवातर्फ वीरेन्द्र गुरुङ निविरोध निर्बाचित ।
महिला सदस्यको २ पदमा चार जानको दावी छ जसमा सुनिता मिश्र, कल्पना थापा वोहोरा, मिना रावल र रजनी रिमाल हुनुहुन्छ ।
यसैगरी, सुन्दरबजार क्लस्टरमा (खुल्ला ३, महिला २, युवा १) को खुला ३ सदस्य पदमा ८ जनाको दावी देखिन्छ । जसमा रामकृष्ण अधिकारी, विमलप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, मेनबहादुर घले, कष्णप्रसाद आचार्य, कृष्णमान श्रेष्ठ, खेम गुरुङ र देवराज गुरुङ हुनुहुन्छ ।
महिलाको दुई पदका लागि भवानी के. सी., लक्ष्मी पोखेल, पार्वती अधिकारी र विमला खड्का हुनुहुन्छ भने युवा यो पालिकामा पनि सागर खड्का निर्विरोध हुनुभएको छ ।
त्यस्तै, मध्यनेपालको सोही पदमा (खुला ३, महिला २, युवा १) सबै निर्विरोध हुनुभएको छ । उहाँहरू विष्णुभक्त पौडेल, अमृतबहादुर तामाङ, नरबहादुर गुरुङ, शारदा साँखी र कमला थापा तथा सुदिप थापा हुनुहुन्छ ।
उता कान्छो नगरपाकिला राइनासमा पनि निर्विरोध भएको छ । महिला २, युवा १) जसमा खुला ३ पदमा जीवन ज्योति सिर्मल’, ई. प्रकाश न्यौपाने, पृथ्वीराज गुरुङ तथा महिलामा शोभा पन्थी चिलुवाल र विष्णुमाया गुरुङ हुनुहुन्छ भने यस पालिकाको युवातर्फ मनोनयन सम्मप पनि परेको देखिदैन ।
यसैगरी, क्व्होलासोथार गाउँपालिकामा पनि निर्विरोध भएको छ । खुला ३ पदमा नन्दजंग गुरुङ, आसविर गुरुङ र गितबहादुर गुरुङ हुनुहुन्छ । दुई महिला २ मा केशकुमारी गुरुङ र कुमारीमुनी गुरुङ निर्विरोध हुनुभएको छ । भने युवा हेमन्ता गुरुङ चयन हुनुभएको छ ।
मर्स्याङ्दी गाउँपालिकामा पनि खुला ३ पदमा बगबहादुर गुरुङ, कृष्णबहादुर वि.क. र युवा घले, महिला २ जनामा हिरादेवी गुरुङ र अमृता पोखेल तथा युवातर्फ पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य नवीनराज कुइकेल निर्विरोध हुनुभएको छ ।
त्यस्तै, दोर्दी गाउँपालिकाबाट खुला ३ पदमा कृष्णप्रसाद पौडेल, सन्तबहादुर गुरुङ, गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी निर्विरोध चयन हुनु भएको छ । महिला २ जनामा इन्दिरा लम्साल अधिकारी र उषा गुरुङ निर्विरोध हुनुभएको छ । युवामा पनि सुजन अधिकारी निर्विरोध चयन हुनुभएको छ ।
दुधपोखरी गाउँपालिकाको सदस्यहरूमा पनि निर्विरोध निर्वाचित हुनुभएको छ । रामचन्द्र दवाडी, तेजबहादुर गुरुङ र कुलबहादुर गुरुङ, महिलातर्फ सगुन गुरुङ अर्को उम्मेदवारी परेको छैन भने युवातर्फ लक्ष्मी दवाडी निर्विरोध हुनुभएको छ ।
सदस्य भूगोल खुलातर्फ ६ जनामा १० जना प्रत्यासी छन् । उनीहरूमा प्रेमबहादुर भट्टराई, लोकराज पाण्ड, पेमा गुरुङ, कृष्ण केसी, शिवप्रसाद जोशी, नरबहादुर रिमाल, तिलक भण्डारी, अर्जुन गुरुङ, असिम अधिकारी र सूर्यप्रसाद गुरुङ हुनुहुन्छ ।
त्यस्तै, महिला ४ जनामा चन्द्रमा घिमिरे, गुरुङ, मन्दिरा दनाई, शान्ता सापकोटा र बुनाकुमारी रिमाल पाँच जनाको दावी देखिन्छ ।
दलित सदस्य (खुला र महिला २/२ जनामा रोनिस परियार र गोपाल नेपाली तथा कृष्ण नेपाली र लक्ष्मी रम्तेल निर्विरोध हुनुभएको छ ।
खुला युवातर्फको महिला २/२ जनामा योगबहादुर गुरुङ (कालु), पत्रकार महासंघका निवर्तमान अध्यक्ष आशबहादुर गुरुङ तथा सूर्यकला थापा र वविता मजाकोटी सार्की निर्विरोध हुनुभएको छ ।
खुला जनजातितर्फ खुला र महिला १/१ जनामा आशा तामाङ र उषा गुरुङ निविरोध हुनुभएको छ ।
यसैगरी, खुला सदस्य (समावेशीता)तर्फ लिलबहादुर गुरुङ, रामकुमार श्रेष्ठ र सुरेश दुरा तथा महिलातर्फ खोमाया तामाङ र शुभद्रा भुजेल निर्विरोध चयन हुनु भएको छ ।
खुला दलित पुरुष २ र महिला १ जनामा क्रमशः सुलबहादुर वि.क. र सरोज विश्वकर्मा तथा विमला हिमाली निर्विरोध हुनु भएको छ ।
खुला अल्पसंख्या तथा अपाङ्गतातर्फ नौबहादुर दुरा (अल्पसंख्या), मुस्लिमतर्फ रहमतखान मिया हुनुहुन्छ भने मजदुरतर्फ मनोनयन परेको छैन ।
लेखा कमिटीको अध्यक्षमा ईश्वर पौडेल, उपाध्यक्ष डिल्लीराम भारती, सचिव विश्वप्रसाद अधिकारी चयन हुनु भएको छ । यसैगरी, सदस्य बलराम घिमिरे, सूर्यबहादुर कुवँर, क्षेत्रनाथ थपलिया तथा महिला सदस्यमा मिनाकुमारी गुरुङ निर्विरोध हुनुभएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
अध्यक्ष सहितको विभिन्न पदका प्रत्यासीहरूको नामावली तथा मतपत्रको नमूना प्रति :
प्रकाशित मिति २०८० चैत्र १८, आईतवार १७:३१ गते