फेरि बढे कोरोना संक्रमित : एक सातामा २८ जना फेला

फेरि बढे कोरोना संक्रमित : एक सातामा २८ जना फेला

अन्तरङ्ग न्युज

@antaranganews

२०८० चैत २१ गते बुधबार ०९:०६

निर्देशक डा. बसौलाले भन्नुभयो, ‘अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् ।’ उहाँका अनुसार तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन– १ पुष्टि भएको छ ।

काठमाडौँ– फेरि कोरोना भाइरस संक्रमितका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै पछिल्लो एक सातामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
व्यक्तिहरूमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । गत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् ।
कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले बताउनु भयो । उहाँका अनुसार तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।
निर्देशक डा. बसौलाले भन्नुभयो, ‘अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् ।’
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन– १ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’ उहाँका अनुसार कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा छन् । उहाँले भन्नुभयो, ‘कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ ।’

प्रकाशित मिति २०८० चैत्र २१, बुधबार २१:०६ गते
हजुरको प्रतिक्रिया