लमजुङ– लमजुङमा आज भएको एक जीप दुर्घटनामा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ६ डहरेमा भएको हो । सो जीप सुपर न्यादी जल विद्युत आयोजना (हाईड्रोपावर)का कामदार पु¥याई फर्कने क्रममा दुर्घटना भएको प्रहरीले चैत २३ गते बिहान करिब ९ः१५ बजेको समयमा भएको जनाएको छ ।
सो सूचना प्राप्त हुन साथ तत्कालै स्थानीय प्रहरी चौकी बाहुनडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट अनुसन्धान अधिकारी सहितको टोली घटनास्थल पुगेको थियो । बा १७ च १४६५ नम्बरको खाली उक्त जिप सडकदेखि करिब चार सय मिटर तल खोल्साको खोचमा खस्न गई खोचमै जिपमा चालक ३७ वर्षीय बिरसिंह दमाई मृत अवस्थामा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार मृतक चालकाको स्थायी ठेगाना जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका– ४ रहेको छ । उहाँले भन्नुभयो, ‘खोचमा अड्किएर मृत्यु भएका जिप चालकलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात सो शव परीक्षणको लागि लमजुङ अस्पताल बेसीशहरमा ल्याएको छ ।’
प्रकाशित मिति २०८० चैत्र २३, शुक्रबार २१:२२ गते