जीबी राईसहित २८ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी

जीबी राईसहित २८ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी

एजेन्सी

@antaranganews

२०८१ बैशाख २ गते आईतबार ०९:५९


जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारीले काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्जर गर्ने भन्दै सहकारी विभागमा फाइल पठाएको छ । सबै सहकारीको समस्या समाधान नहुँदासम्म मर्जरको स्वीकृति दिन नसकिने विभागका रजिष्ट्रार नमराज घिमिरेले बताउजु भयो । जम्मा एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल एक अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मर्जर(एकीकरण)का नाममा तीन सहकारी बीच कृत्रिम सम्झौता :

बुटवल– यहाँ स्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बैशाख २ गते बुझाइएको हो ।
रुपन्देहीका एसपी रन्जितसिंह राठौरले त्यसको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिइएको छ । उहाँले भन्नुभयो, ‘एक अर्ब दुई करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।’
सुप्रिमको रकम हिनामिना प्रकरणमा संलग्न पूर्वउपराष्ट्रपतिका छोरा एवम् सो सहकारीका पूर्वसचिव दिपेश पुन, अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।
सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको दावी गर्दै एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल एक अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
मर्जर(एकीकरण)का नाममा तीन संस्था बीच कृत्रिम सम्झौता :
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने सम्झौता गरिँदै जीबी राई र उनको समूहले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी मर्जरको कृत्रिम सम्झौता गर्ने गरेको खुलेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने र जीबी राई अध्यक्ष बन्ने सहमति २०७९ को भदौ २४ गते भएको थियो । स्वर्णलक्ष्मीको अध्यक्षमा जीबी राई नै छन् भने अन्य दुईको नेतृत्वमा उनका ससुरालीतर्फका नातेदार हुन् । तत्कालीन गोर्खा विकास बैंकका अध्यक्ष तथा हाल गोर्खा सहकारीका सञ्चालक डीबी बम्जन जीबी राईका जेठान हुन् । राई र बम्जन समूहले देशभर सहकारीको सञ्जाल विस्तार गरेका छन् ।
लालीगुराँस र कल्याण उपकार दुवै सहकारीको साधारणसभा नै आफूले नै गराएको गोर्खा ग्रुपका अध्यक्षसमेत रहेका कुमार रम्तेलको भनाइ छ ।
जीबी राई समूहद्वारा अवैध नेटवर्किङ व्यवसायमा लगानी :
यसैबीच, गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगाएको हो ।
त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित सात देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको खुल्न आएको छ ।
गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरे । रम्तेल भन्छन्, ‘हाम्रो टिमको सुरुवात पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट भएको हो ।’
तीनवटा सहकारी संस्थामा जीबी राई आफैं अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा । जबकि सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले संघ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको देखिएको छ ।
यो समूहको आबद्धता रहेको सातवटा सबै सहकारी समस्यामा छन् । पछिल्लो एक वर्षयता कुनै पनि सहकारी संस्थाले निक्षेपकर्ताको बचत रकम फिर्ता गरेका छैनन् ।
बचतकर्ताको रकममा जीबीको लामो हात :
नेपालभरि विभिन्न नाममा सहकारी संस्थाहरू सञ्चालनमा रहे पनि त्यसको सबै नियन्त्रण जीबी राईसँगै हुने गरेको सरकारी नियामक निकायहरूकै अनुगमनका क्रममा खुलेको छ ।
एक अर्ब ३३ करोड निक्षेप दायित्व रहेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीले बचत फिर्ता नगरेपछि लुम्बिनी प्रदेशका सहकारी विभागले बोलाएर छलफल गरेको थियो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीले पनि एक वर्षदेखि बचतकर्तालाई रकम फिर्ता पाएका छैनन् । एक अर्ब ५५ करोडको कारोबार गर्ने यो सहकारीमा थानबहादुर बुढा अध्यक्ष छन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । लामो समयसम्म रकम नपाएपछि राईको समूहले सञ्चालन गरेको टेलिभिजन घेर्ने भन्दै बचतकर्ता काठमाडौंसम्म आएका थिए ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कुल निक्षेप एक अर्ब २० करोडभन्दा बढी छ । अनन्तबाबु राई अध्यक्ष र कुमार रम्तेल कोषाध्यक्ष रहेको सहकारीमा समस्या देखिएपछि मेयर राजेशमान सिंहले संस्थापक जीबी राई, व्यवस्थापक असरफ अलीलाई बोलाएर एक लाखभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको रकम क्रमबद्ध रुपमा फिर्ता गर्ने र वित्तीय स्थिति खुल्ने श्वेतपत्र साउन १५ भित्र सार्वजनिक गर्ने लिखित सहमति गराएका हुन् ।
कृषि सहकारीका नाममा अर्कै धन्दा :
सो समूहले चलाएको हाम्रो नयाँ कृषि सहकारी संस्थाले भने नेटवर्किङकै शैलीमा सर्वसाधारणसँग पैसा उठाएको पाइएको छ ।
२०७० को जेठ १३ गते काठमाडौंमा केन्द्रीय कार्यालय रहने र नेपालभरि कारोबार गर्ने गरी सहकारी विभागमा दर्ता भएको सहकारीको अध्यक्ष जीबी राई छन् । यो सहकारीले विभिन्न स्थानमा सेवा केन्द्र खोल्न सेयर सदस्य बनाउने भनेर प्रति सदस्य ११ रुपैयाँको दरले पैसा उठाउने गरेको पाइएको छ ।
यसैबीच, जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारीले काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्जर गर्ने भन्दै सहकारी विभागमा फाइल पठाएको छ । सबै सहकारीको समस्या समाधान नहुँदासम्म मर्जरको स्वीकृति दिन नसकिने विभागका रजिष्ट्रार नमराज घिमिरेले बताउजु भयो ।
गृहमन्त्रीको आदेशपछि जीबी–रवि सहकारी प्रकरणको फाइल खुल्यो :
यसैबीच, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ ।
रविविरुद्धको अनुसन्धान अघि बढ्ने संकेत करिब एक महिना अघि नै गृहमन्त्री श्रेष्ठले दिनु भएको थियो । बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि जवाफ दिन भन्दै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई पुस १६ गते डाकिएको थियो ।
गृहमन्त्रीको निर्देशनपछि अहिले सीआईबीले जीबी–रवि जोडिएको सहकारी घोटालाको अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सीआईबीले लगेका ती फाइलहरू अहिले अध्ययनकै क्रममा छन् । फाइल अध्ययनपछि के– कसरी मुद्दा चलाउन सकिने अवस्था रहछ, क– कसको संलग्नता खुल्छ सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ ।
उता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको थियो । तर आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहेको रविको दाबी छ ।

प्रकाशित मिति २०८१ बैशाख २, आईतवार २१:५९ गते
हजुरको प्रतिक्रिया