कवि वनवासीका दुई कृति ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को समिक्षा

कवि वनवासीका दुई कृति ‘ज्ञानक्रान्ति’ र ‘भक्तिसागर’को समिक्षा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख ६ गते बिहिबार ०७:४९

कविले वेदको सारको रुपमा तीन सुत्रहरू फेला पर्छन् भन्नुहुँदै तीमध्ये कर्मकाण्डको उद्देश्य ‘असतोमा सद्गमय अर्थात खराब मार्ग छाडेर असलमार्गतिर लाग, योग तथा अध्यात्मको उद्देश्य तमसोर्मा ज्योतिर्गमय अर्थात अन्धकार छाडेर उज्यालोमार्गतर्फ लाग, र तत्वज्ञानको उद्देश्य मृत्योर्मा अमृतम् गमय अर्थात जन्म मृत्युको चोला छोडेर मुक्ति र अमरतातर्फ लाग्नु हुन् भन्नुभयो ।

ज्ञानक्रान्ति प्रयोगधर्मी महाकाव्य हो : अधिकारी

बेसीशहर– कवि रामचन्द्र न्यौपाने ‘वनवासी’का दुई कृतिको एक कार्यक्रमका बीच समिक्षा गरिएको छ । मर्स्याङदी बहुमुखी क्याम्पसका सहप्राध्यापक शालिग्राम अधिकारीको प्रमुख आतिथ्यता तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजनामा ती कृतिको समिक्षा बैशाख ६ गते गरिएको हो ।
कृतिका बारेमा आफ्नो धारणा राख्दै प्रमुख अतिथि अधिकारीले ज्ञानक्रान्ति प्रयोगधर्मी महाकाव्य हो भन्नुभयो । यो काव्यका दृष्टिले कमजोर भएपनि भगवद् ज्ञानको सत्य तथ्य रुप भएको हुँदा महाकाव्य ग्रहण गर्न सफल छ । यो कृति ज्ञान र भावको दृष्टिकोणले महत्वपूर्ण छ भन्नुभयो । उहाँले यो काव्यमा अलंकार र उपमा प्रयोग गर्छु भनेर नभई स्वतः प्रयोगमा आएको पाइन्छ, यसमा भावना व्यक्त छ, कथावस्तु र कथा वस्तुको सुक्ष्म प्रयोग भए पनि उद्देश्य गहन छ भन्नुभयो । कवित्व साधनाको उत्कृष्ट रुप हो महाकाव्य, यस्ता रचनाले प्रेरणा दिन्छ भन्नुभयो ।
सो अवसरमा स्रष्टा आनन्द घिमिरेले २०४२ सालदेखिनै चिनजान भएको र त्यो बेलामा श्रृंगारिकमा डुब्नु भएको थियो ऐले धार्मिक साधनामा डुब्बु भएको पाएँ । उहाँको यो कोल्टे फेराई अपत्यारिलो लाग्छ तर त्यसलाई स्विकार्न कर लाग्छ, जसको साक्षी यी कृति नै छन् भन्नुभयो । उहाँले मान्छेले के गर्न हुन्छ के हुँदैन भन्ने थाहा पाएको छ तर पनि नकारात्मक काम गर्न उद्दत रहन्छ त्यसैले ज्ञान आवश्यक छ जसले आफैलाई परिवर्तन गर्न प्रेरित गर्छ भन्नुभयो । कविका कृतिले ज्ञान र भक्ति फरक हो भन्ने देखाएका छन् भन्दै उहाँले डि. श्रीप्रसाद घिमिरेद्वारा लिखित कल्पतरुको उदाहरण दिनु भयो र कर्मप्रति वफादार हुनुपर्छ भन्ने सन्देश कृतिमा रहेको उल्लेख गर्नु भयो ।
यसैगरी, बुद्धिजीवी बुद्धिसागर बरालले महाकाव्यको अध्ययन सहज छैन भन्नु हुँदै यो भएन त्यो भएन भन्नु समिक्षा हैन त्यसको विषयवस्तुका गुण दोष केलाउने क्षमता समिक्षकले राख्नु पर्छ भन्नुभयो । उहाँले कविको व्यक्तित्वमा समेत प्रकाश पार्नु भएको थियो ।
ती कृतिका लेखक, कवि एवम् धार्मिक ज्ञानक्रान्तिका अभियन्ता रामचन्द्र न्यौपाने ‘वनवासी’ले सबैकुरा जान्नका लागि चार दृष्टि खुल्लु पर्छ भन्नुहुँदै ज्ञानका चार तह हुन्छन् भन्नुभयो । तिनमा शिक्षा, स्वाध्याय, योग– अध्यात्म र तत्वज्ञान हुन् र तत्वज्ञानमा चारै ज्ञान समेटिएको हुन्छ । तत्वज्ञानको ज्ञाताले मात्र चारे तत्वको ज्ञान जान्दछ, यो भगवान्को अवतारबाट मात्र सम्भव छ उहाँले भन्नुभयो ।
उहाँले सत्य सनातन(भगवद्) धर्मको व्याख्या गर्ने क्रममा वेदको सारको रुपमा तीन सुत्रहरू फेला पर्छन् भन्नुहुँदै तीमध्ये कर्मकाण्डको उद्देश्य ‘असतोमा सद्गमय अर्थात खराब मार्ग छाडेर असलमार्गतिर लाग, योग तथा अध्यात्मको उद्देश्य तमसोर्मा ज्योतिर्गमय अर्थात अन्धकार छाडेर उज्यालोमार्गतर्फ लाग, र तत्वज्ञानको उद्देश्य मृत्योर्मा अमृतम् गमय अर्थात जन्म मृत्युको चोला छोडेर मुक्ति र अमरतातर्फ लाग्नु हुन् भन्नुभयो । यसको पनि सारको रुपमा ‘ऋते ज्ञानान्न मुक्ति’ अर्थात ज्ञान विना मुक्ति छैन भन्ने सुत्र प्रकट हुन्छ भन्ने उहाँले उल्लेख गर्नु भयो । यो महाकाव्यको उद्देश्य पढेर सबैको जीवन सफल सार्थक हुन सकोस् भन्ने छ उहाँले भन्नुभयो । कृति महाकाव्यको दृष्टिकोणले भन्दा ज्ञानको दृष्टिकोणले सबै धर्म ग्रन्थको सार र सबैभन्दा लाभदायक यो ग्रन्थलाई आफूले यो कृतिमा खोजिएको छ कविले उल्लेख गर्नुभयो । कृतिमा भएका पात्र ज्ञान प्रस्तुत गर्नका लागि खडा गरिएमा काल्पनिक पात्र हुन् उहाँले जानकारी दिनुभयो । अन्त्यमा, उहाँले भन्नुभयो सबैभन्दा ठूलो दानमा ‘ज्ञान दान’ रहेको उहाँले औल्याउनु हुँदै महत्वपूर्ण व्यक्तित्वहरू एवम् संस्थाहरूलाई प्रदान गरिएकोे हो भन्नुभयो ।
सो अवसरमा लमजुङे साहित्य समाजका अध्यक्ष तेजनारायण अधिकारीले कविसँग साहित्यिक यात्रा ५० को दशकबाट सुरु भएको स्मरण गर्दै यस्तो कार्यक्रमलाई बृहद सहभागितामा यस्तो समिक्षा कार्यक्रम गर्नु पर्ने सुझाव दिनुभयो ।
यसैगरी साहित्यकार बेन सुयलले कलम चल्दैमा सबै कवि नहुने र लेखिएका कविता सबै कविता हुँदैनन् भन्दै कवि न्यौपानेका रचना पढ्दा आनन्द दिन्छ भन्नुभयो । उहाँले ज्ञानक्रान्तिमा जीवन बदल्ने शक्ति र जीवनको शल्यक्रिया रहेको आफूले पाएको उल्लेख गर्नुभयो । अर्का साहित्यकार एवम् लक्ष्मीनारायण पुस्तकालका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले कवि र आफ्नो चिनजान ५० को दशकदेखिनै रहेको स्मरण गर्नु हुँदै उहाँका छन्द कविताले आफूलाई प्रेरणा दिने गरेको बताउनु भयो । उहाँजस्ता व्यक्तित्वको जिल्लामा सम्मान हुन नसकेको प्रति उहाँले दुखेसो व्यक्त गर्नु भएको थियो ।
यसैगरी, अर्का साहित्यकार बसन्त अधिकारीले नाम धेरै सुनेको तर प्रत्यक्ष भेट गर्ने अवसर नजुटेको उल्लेख गर्दै लमजुङ महोत्सव र यो कार्यक्रमले त्यो अवसर दिएको बताउनु भयो । ऐलेको भौतिव र उपभोक्तावादी समाजमा उहाँको कृतिले नयाँवन दिनेछ उहाँले भन्नुभयो ।
चन्द्रोदय माविका पूर्वप्रअ पुण्य खनियाले विद्यालयमा सहकार्य गर्दाका दिनको स्मरण गर्नु भयो । उहाँले उहाँले सरलशील स्वभावजस्तै लेखनी पनि उस्तै सन्देश मूलक हुने गरेका छन् । उहाँको काव्यमोह जीवन्त रहोस् भन्ने कामना खनियाले गर्नुभएको थियो ।
सो कार्यक्रमको अयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रमको सञ्चालनका क्रममा आएका जिज्ञासाको समेत सम्बोधनको प्रयास गर्दै कविमा भएको सरलपनले आफूलाई स्तब्ध बनाउने गरेको बताउनु भयो । उहाँले यो कार्यक्रमलाई आध्यात्मिक चिन्तन गर्ने व्यक्तिहरूका माझमा गर्ने सोच थियो तर समयले त्यो मौका जुर्न सकेन तर पनि भोलिका दिनमा त्यस्तो प्रयास गरिने भन्ने जानकारी दिनु हुँदै यो अवसरका लागि कवि वनवासीप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिनु भएको थियो ।
उक्त अवसरमा कविको भक्ति सागरबाट ‘बिन्तिपत्र’ शीर्षकको कविता विद्याविकास आमाविका विद्यार्थी अपूर्वराज अधिकारीले वाचन गरेका थिए ।

प्रकाशित मिति २०८१ बैशाख ६, बिहीबार १९:४९ गते
हजुरको प्रतिक्रिया