सोहनलाल श्रेष्ठले पूर्वाधारहरूको समेत वीमा हुने, गर्न सकिने कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रयोग हुन सकेको छैन भन्ने स्मरण गराउनु भएको थियो ।
पालिकाद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिइयो
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा यूएसएआईडि जल जंगल चितवन– अन्नपूर्ण भूपरिधि पोखराको आयोजनामा सञ्चालित तीन दिने जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षण सम्वन्धि तीन दिने तालिमको दोस्रो दिन समूह स्थलगत भ्रमण गरिएको छ । साथमा सहभागीहरूलाई पालिकाद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिने कार्य बैशाख ८ गते गरियो ।
लमजुङ सहित तीन जिल्ला तनहुँ, मनाङका पालिकाका पदाधिकारीहरू तथा कर्मचारीका लागि सञ्चालित सो तालिममा आयोजक युएसएआइडिका सोहनलाल श्रेष्ठ, मानबहादुर बिक, आशा बुढा, सोभित कोइराला लगायतले तालिममा सहजिकरण गर्नु भएको आयोजक संस्थाका किरण न्यौपानेले बताउनु भयो । उहाँका अनुसार तालिमको दोस्रो दिन जलवायु परिवर्तनले समुदायमा के कस्तो असर तथा प्रभावहरू पारेको छ र त्यसलाई के कसरी कम गर्न सकिन्छ ? भन्ने बारेमा समूहगत भ्रमण गराइएको थियो ।
सहभागीहरूलाई दुृई समूह बनाएर गरिएको स्थलगत भ्रमणमा पहिलो समूहले मर्स्याङदी गाउँपालिका– ३ को पुरानो खुदी बजार क्षेत्रमा भ्रमण गरी वस्तुस्थितिको अध्ययन गरेको थियो । त्यस्तै दोस्रो समूहले बेसीशहर नगरपालिका– १ को उदीपुर स्थित कालिका नमूना सामुदायिक वन उपभोक्ता समितिमा अवलोकन भ्रमण गरेको थियो ।
पहिलो समूहको नेतृत्व सोहनलाल श्रेष्ठले र दोस्रो समूहको नेतृत्व रेबिता गुरुङले गर्नु भएको थियो ।
हिजोका दिमा भएको तालिमको गतिविधिको प्रतिवेदक राइनास नगरपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीको प्रस्तुतिबाट सुरु भएको आजको तालिम पालिकाका गतिविधि संकलनका साथ अघि बढेको थियो ।
लैङ्गिक समावेसिताको स्थिति विषयमा प्रशिक्षक आशा बुढाको प्रस्तुतिमा महिलाले अवसर नपाएको शून्य स्थिति त छैन भन्ने पुरुष सहभागीहरूको जिज्ञासामा महिला सहभागीले आजका दिनमा पनि पाकिलाको मेयर वा अध्यक्ष बनाउन दलहरू तयार नभएको तथा पाकिलाका विषयगत समितिकै संयोजकमा समेत महिलालाई राख्न कन्जुस्याइँ गर्ने गरिएको स्थितिका बारे प्रस्टाउने काम गरेका थिए । त्यसको जवाफमा पालिकाहरूमा नीतिगत समस्याले महिलालाई नेतृत्व दिन चाहना भएर पनि कार्यान्वयन गर्न कठिन भएको भन्दै यो यो क्षेत्रबाट प्रतिनिधित्व हुने भन्ने प्रदेश वा संघबाट निर्देशन हुने र त्यसका विरुद्धमा काम गर्न नसक्ने अवस्था रहेको उदाहरण दिइएको थियो ।
त्यसको प्रतिउत्तरमा महिलाहरूबाट वडाध्यक्षभन्दा कार्यपालिकाका सदस्य फुर्सदिला पनि छन् समविकासले नै देश विकास हुने हो भन्ने सोच अझै अधिकांश पुरुषको चेतनामा घुस्न सकेको छैन भनिएको थियो ।
जलवायु परिवर्तन अनुकुलन र जैविक विविधतामा न्भ्क्क्ष् का रणनीति बारेमा प्रकाश पार्ने क्रममा प्रशिक्षक बुढाले जोखिम विश्लेषणका चार सूचक रहेको जानकारी दिनुहुँदै समाधानका उपायतर्फ पनि उदाहरण प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा प्रशिक्षक सोहनलाल श्रेष्ठले पूर्वाधारहरूको समेत वीमा हुने, गर्न सकिने कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रयोग हुन सकेको छैन भन्ने स्मरण गराउनु भएको थियो ।
सो तालिमको भोलि बैशाख ९ गते समापन गर्ने कार्यक्रम रहेको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..