नोकरीबाट विदामा घर हिडेका सरसाउँदो युवा बाटोमै अस्ताए, गृहमन्त्रीज्यूको ध्यान पुग्छ कि ?

नोकरीबाट विदामा घर हिडेका सरसाउँदो युवा बाटोमै अस्ताए, गृहमन्त्रीज्यूको ध्यान पुग्छ कि ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ बैशाख १५ गते शनिवार १०:२६

मृतक भारतदेखि उनको शरिरमा देखिएको गञ्जीका भरमा मात्र आएका थिए होला त ? उनको साथमा झोला, मोवाइल, बाटो खर्च आदि लिएर दाजु घरमा गएको दाजुसँगै काम गर्ने मृतकका भाइको भनाइ छ । ती वस्तु आज कहाँ छन् ? त्यसको खोजी प्रहरीले गरिदिनु पर्दैन ?

निर्धा, निमुखाका लागि न्याय कति दुर्लभ छ भन्ने पछिल्लो उदाहरण

बेसीशहर– लमजुङका एक ४२ वर्षीय युवा भारतमा नोकरी गरी विदामा घर हिडेका सरसाउँदो युवा घरमा आइ नपुग्दै बाटोमै अस्ताएका छन् । गुपचुप शैलीमा बैशाख १४ गते उनको अन्तिम संस्कार गरिएको छ । उनका पक्षमा बोलीदिने दह्रो मानिस नभएकै कारणले उनको र त्यो परिवारका लागि न्याय दुर्लभ भएको हो । यो घट्ना निर्धा, निमुखाका लागि न्याय कति दुर्लभ छ भन्ने पछिल्लो उदाहरण बनेको छ ।
भारतमा चौकीदारी गर्ने उनी बैशाख ७ गते घर विदामा हिडेका रहेछन् । ९ गतेका दिन सुनौली आएर त्यहाँ रहेको तनहुँ होटलमा बास बसेका रहेछन् । उनको साथमा नातेदार समेत रहेका साथी(गाउँले) जसलाई मृतकले गत दशैंमा घरमा आउँदा लिएर गएर जागिर लगाइदिएका रहेछन्– रहेका थिए । मापसे गरेका उनीहरू राती करिब १ बजेको समयमा होटलवालाले निकालिदिएको भन्ने जानकारीमा आएको छ । तर रुपन्देही प्रहरीका अनुसार भोलिपल्ट करिब १ बजेको समयमा ओसतिया गाउँपालिका– ४ को, गहुँ काटेको खाली खेतमा उनी वेवारिसे अवस्थामा लडिरहेको गाउँलेले देखेर प्रहरीलाई खबर गरेछन् । प्रहरीले बेवारिसे भन्दै उनको शव आवश्यक प्रक्रिया पुरा गरी भैरहवा स्थित भिम अस्पतालमा पुर्याउने काम गरेछ ।
मृतकको साथमा रहेका व्यक्तिले उनलाई एक्लै छाडेर घरमा आएछन् । घरमा आएर उनले कहिले बाटोमा आउँदा आउँदै हराएको भन्ने, कहिले होटलमा सँगै थियौं, होटलवालाले रातको समय(१ बजे) निकाली दिएको भन्ने कहिले होटलबाट हामी आफू खुशी निस्केका हौं भन्ने जस्ता आपसमा बाझिने कुरा गरेछन् । सुनौलीसम्म आएका श्रीमान्को खोजी गर्न जाऔं भनि लिएर गएछन् । मृतकका ससुराली पक्षबाट प्रहरीकोमा खबर गरेर जाऔं भन्दा पनि पर्दैन, हामीले वडाध्यक्षसमेतलाई भनेर आएका छौं भन्दै हिडेछन् ।
भैरहवा पुग्दा भने लोग्नेलाई मृत आवस्थामा देख्नु परेको मृतककी पत्नी रीताले बताउनु भयो ।
घट्नाका अध्यारा एवम् न्याय कुण्ठित भएका पाटाहरू :
प्रहरीले मृतकलाई बेवारिसे भन्ने किटान गर्नु, उनको अन्य पृष्ठभूमि बुझ्ने काम नगर्नु, दुई दिनपछि आफन्त पुग्ने अवस्थाको अन्दाज नगनुर््, उनको स्थिति के कस्तो थियो ? के कसरी घट्ना हुन गएको हो ? उँ साच्चै विरक्तिएर वेवारिसे रुपमा हिडेको मान्छे हो होइन ? किन यस्तो घट्ना हुन भयो ? भन्ने आदि बुझ्नु पर्नेमा प्रहरीले हचुवाका भरमा पोष्टमार्टम लगायतका काम गरी सामान्य लेखपढ गरेकी श्रीमती रीतालाई मात्र शव बुझाएर पठाउनु प्रहरीको ठूलो कमजोरी देखिन्छ । रीताले आफ्नो माइती पक्षका र विश्वासिला मानिसलाई स्थितिको अवगत गराएर मात्र शव बुझ्नु पर्दथ्यो त्यो गरिनछन् । सिद्धान्तमा कानुनको अज्ञानता क्ष्यम्य हुँदैन भनिएता पनि व्यवहारतः रीताजस्ता सामान्य लेखपढ गरेकाहरूलाई कानुनको वस्तुस्थितिबारेमा कति जानकार छन् देख्ने भोग्ने गरिएकै छ । उनको सोझोपनको प्रहरीले फाइदा उठाएको प्रष्टै बुझिन्छ ।
त्यसमा पनि प्रहरीले घटनास्थलको मुचुल्का, पोष्टमार्टम प्रतिवेदन बिना एउटा पत्रका भरमा मात्र शव बुझाउनु कति बुद्धिमानी हो ? मापसे गर्ने व्यक्ति त कति हुन्छन् कति ? उनीहरूको बाच्ने अधिकार छैन त ? घटनास्थलको मुचुल्का, पोष्टमार्टम प्रतिवेदन माग गर्दा पनि ऐलेसम्म आफूहरूले नपाएको मृतकका जेठान चन्द्र भुजेलले बताउनु भयो ।
त्यसमा पनि मृतक भारतदेखि उनको शरिरमा देखिएको गञ्जीका भरमा मात्र आएका थिए होला त ? उनको साथमा झोला(आफ्नो लगाउने लु्गाका साथै, छोराछोरी र श्रीमतीका लागि किनेका एक एक जोर कपडा सहित), मोवाइल, बाटो खर्च आदि लिएर दाजु घरमा गएको दाजुसँगै काम गर्ने मृतकका भाइको भनाइ छ । ती वस्तु आज कहाँ छन् ? त्यसको खोजी प्रहरीले गरिदिनु पर्दैन ?
मृतकका ससुराली पक्षले आफ्नो चित्त नबुझ्दासम्म लास जलाउने काम गर्नु हुँदैन भन्ने प्रहरी प्रशासनलाई जानकारी (राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक धर्म केसीमार्फत) गराउँदा गराउँदै पनि जबरजस्त लमजुङ अस्पतालमा ल्याएर राखिएको शव भोलिपल्ट विहान उनका आफन्तलाई दिएर पठाईयो, त्यो बेलामा बेसीशहरमा बैनी रीता आएकी नै थिनन् मृतकका जेठान चन्द्रले बताउनु भयो । उहाँका अनुसार ज्वाइँको साथमा आउने मान्छे प्रति हाम्रो पुरै शंका छ, उनले विरामी भए अस्पताल लग्नु पथ्र्यो, अन्य कुरा भए प्रहरीलाई खबर गर्नुपथ्र्यो, त्यो केही गरेको देखिदैन । उहाँले भन्नुभयो, ‘उता मानिस मरिसकेको हुने यता आएर खोज्न जाउँ भनेर बैनीलाई मात्र लिएर जाने, प्रहरीमा खबर गरेर जाऔं भन्दा पर्दैन भन्ने लगायतका कुराले हाम्रो चित्त बुझेको छैन ।’ उहाँले थप भन्नुभयो, ‘ज्वाइँको शरीरमा गञ्जीमात्र देखिन्छ, बिना सट भारतदेखि आउनु भएको त पक्कै हैन होला, झोला मोवाइल, उहाँको साथमा भएका पैसा कहाँ गए ?’ त्यस्तै, होटलवालाको काम मापसे गरेका व्यक्तिहरूलाई प्रहरी बोलाएर बुझाउने हो कि होटलबाट निकालेर पठाउने ? चन्द्रको थप प्रश्न छ ।
यसैले, यो कुरा गृहमन्त्री रवि लामिछानेसम्म तपाईको सञ्चारमाध्यम मार्फत पुगोस् र घट्नाको मिहिन तरिकाले निष्पक्ष छानविन होस् भन्ने हाम्रो माग छ चन्द्र भुजेल भन्नुहुन्छ ।
मृतक भुजेलका कक्षा– २ मा पढ्ने सात वर्षको एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रकाशित मिति २०८१ बैशाख १५, शनिबार १०:२६ गते
हजुरको प्रतिक्रिया