
इलाम– इलाम– २ को उपनिर्वाचनमा मतगणनाक्रम जारी छ । सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रताको अन्तर एक हजार नघाउनु भएको छ । घोषित पछिल्लो मत परिणाम अनुसार नेम्वाङले तीन हजार ७८३ मत पाउँदा खड्काले दुई हजार ७८२ मत पाउनु भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निकै कम मतका साथ चौथो स्थानमा छ ।
वडानं– ३ को मत गणना हुँदादेखि मत अन्तर घटाउन थाल्नु भएका नेम्वाङले ५ को गणनाको सुरु चरण देखिनै कांग्रेसका खड्कालाई उछिन्न थाल्नु भएको हो ।
तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि आशातित मत लाउन सकेको देखिदैन । उहाँले मात्र ७८४ मत पाउनु भएको छ । पहिलो उम्मेदवारले चार हजार मत पुर्याउन खोज्न रास्वपा उम्मेदवार मिलन लिम्बु भने आधा हजार मत जस्तोमै खुम्चिनु भएको छ । उहाँ ५६१ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । उहाँ र तेस्रो स्थानमा रहेका पहिचानवादीका बीचमा पनि २२३ मतको अन्तर रहेको छ । अर्को रोचक पक्ष के छ भने राप्रपाले ऐलेसम्म मात्र २३ मत ल्याउन सफल भएको छ ।
स्मरणीय छ, २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनु भएको थियो ।
त्यससमयमा खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्थ्यो भने काँग्रेस ऐले एक्लै चुनावी मैदान छ ।
प्रकाशित मिति २०८१ बैशाख १६, आईतवार २१:१२ गते