
इलाम– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर– २ मा गणना भएको २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाउनु भएको छ ।
उहाँले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले भन्दा ३९६० मत बढी पाउनु भएको छ । सुहाङले ११ हजार ६१९ मत पाउँदा डम्बरले ७ हजार ६५९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १७ गते एक बजे जनाएको हो ।
नेकपा (एमाले)का सुहाङ नेम्वाङ ११ हजार ६१९ मतसहित शीर्ष स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै गर्नु भएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ६५९ मत प्राप्त गर्नु भएको छ ।
पहिचानवादीका रुपमा परिचित स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाउनु भएको छ । तेस्रो स्थानमा रहेका डकेन्द्र दोस्रो स्थानका डम्बरभन्दा २०७ मतले मात्र पछाडि देखिनु भएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत मात्र पाएको स्थिति छ ।
पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पाएको मत कांग्रेस उम्मेदवार खड्काको भन्दा २०७ मात्र कम हो । यसअघि सार्वजनिक मत परिणाममा खड्का र थेगिमको मतको अन्तर ४२३ थियो । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार उहाँले ७ हजार ४५२ मत पाउनु् भएको छ ।
फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । यतिबेला माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।
यो निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता छन् । उपनिर्वाचनमा इलाम–२ मा ६९ हजार ४२१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि, २७ हजार ८७५ मतगणना गर्दा स्वतन्त्र उमेदवार (महिला चुनाव चिह्न) डाकप्रसाद गौतमले एक मत पाएका छन् । अर्का स्वतन्त्र उमेदवार धनराज रानामगर (उडिरहेको माहुरी चुनाव चिह्न)ले दुई मत तथा अन्य स्वतन्त्र उमेदवारहरू योगेन्द्र गुरुङ (कैँची चुनाव चिह्न) र मनोज निरौला (माछा चुनाव चिह्न)ले समान तीन÷तीन मत पाएको स्थिति थियो ।
इलाम– २ मा १९ उमेदवारमध्ये उहाँ सबैभन्दा पुछारमा हुनुहुन्छ ।
राजाको पुनःस्थानाको आन्दोलनमा जुटेको राप्रपाका उमेदवार (हलो चुनाव चिह्न)ले ५५, जनमत पार्टी (लाउड स्पीकर चुनाव चिह्न)का प्रेमकुमार थाम्सुहाङले ६६, नेपाली जनता दल (गोरुगाडाको चक्का चुनाव चिह्न)का रेशमबहादुर सुनारले ६६ मत प्राप्त गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी (मादल चुनाव चिह्न)का उमेदवार श्यामबहादुर दर्जीले १३, राप्रपा नेपाल (तीर चुनाव चिह्न)का गणेशबहादुर चौहानले १५ मत, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल (षट्कोण चुनाव चिह्न)का जयवन्त विक्रम शाहले १८, स्वतन्त्र उमेदवार दिपेश बोहोरा (सुई चुनाव चिह्न)ले पनि १८ मत पाउनु भएको छ ।
स्वतन्त्र उमेदवार राज वश्याल (जुँगासहितको अनुहार चुनाव चिह्न)ले २२, अर्का स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाही (डोजर चुनाव चिह्न)ले २८ मत पाएको स्थिति छ ।
स्वतन्त्र उमेदवार (महिला चुनाव चिह्न) डाकप्रसाद गौतमले एक मत पाउनु भएको छ ।
प्रकाशित मिति २०८१ बैशाख १७, सोमबार १३:५० गते