बेसीशहर– लमजुङमा छिमेकी जिल्ला तनहुँ– गोरखाभन्दा किन तेब्बर बढी भाडा लिइन्छ ? आफूले नबुझेको र अध्ययन गरिरहेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनु भएको छ । उहाँले जिल्ला प्रहरी कार्यालयमा आयोजित ट्राफिक सप्ताहको समापन कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै बैशाख ३१ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले गोरखा त लमजुङ जस्तै पहाडी जिल्ला हो, त्यहाँको भन्दा यहाँको भाडा बढी हुनुपर्ने, त्यो पनि तेब्बर बढी हुनुको औचित्य के ? भन्ने प्रश्न गर्नु भएको थियो ? ट्राफिक सप्ताहको औचित्यमा प्रकाश पार्नु हुँदै यो सचेतनाका लागि भन्नु्हुँदै उहाँले दुर्घटना न्यूनिकरणका लागि हो, आउँदो वर्षको यो दिवस मनाइरहँदा आज यहाँ प्रस्तुत गरिएको तथांक भन्दा मृत्यु हुने संख्या, गम्भीर घाइते हुने र सामान्य घाइते हुने संख्या तथा दुर्घटनाका घट्ना न्यून हुनुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले यस्तो कार्यमा ट्राफिकको दायित्व कानुन कार्यान्वयन र सडक अनुशासनको पालन गराउने हो, ड्युटीमा रहेको बेलामा अधिकारको प्रयोग गर्नु होस् तर प्रहरी प्रशासनको पक्षलाई मात्र दोष दिएर अन्य पक्ष उम्कन मिल्दैन भन्नुभयो । दुर्घटनामा न्यूनिकरण हुन चालकको शारीरिक अवस्था ठीक हुनुपर्छ, सडकको अवस्था ठीक हुनु पर्छ गाडीको अवस्थामा समेत ठीक हुनुपर्ने उहाँले औंल्याउनु भयो ।
उहाँले विद्यार्थीहरूले बसमा पाउने छुटका बारेमा पनि कुराकानी भइरहेको र छिटै परिणाम आउने उल्लेख गर्नु भयो । आज वर्षदिनमा भएको कार्यक्रम हुँदा प्रश्नहरू धेरै आए । बेलाबखतमा यस्ता कार्यक्रम हुने हो भने प्रश्नको समाधान हुँदै जान्छ भन्दै ट्राफिक प्रहरीले पनि सार्वजनिक सुनुवाई गर्न जरुरी देखियो उहाँले भन्नुभयो ।
यसैगरी, कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले ट्राफिक दुर्घटना न्यूनीकरणका लागि तीन ‘इ’को स्थितिमा सन्तुलन हुन आवश्यक रहेको औल्याउनु भयो । तीहुन्– पहिलो– इञ्जिनियरिङ, सडकको र गाडीको ठीक हुनुपर्छ । दोस्रो– एजुकेशन, चालक, यात्रु र पैदल यात्रीमा ट्राफिक सचेतना आवश्यक छ उहाँले भन्नुभयो । त्यस्तै, तेस्रो इमा– इन्फोरमेन ट्राफिक भन्दै ट्राफिक सप्ताह मनाउनुको अर्थ सचेतनानै हो, यसको अर्थ आजबाट हाम्रो दायित्व सिद्धियो भन्ने होइन उहाँले प्रष्ट्याउनु भएको थियो ।
सो अवसरमा गरिएको अन्तरक्रियामा दिवस त प्रायः सधैं मनाइन्छ र नेपालको प्रगति कागजमा देखिने गर्छ, फिल्डमा भने नगन्य हुन्छ । त्यस्ता दिवसभन्दा यो दिवस त्यस अर्थमा के कति पृथक र यसबाट सिकाई के रह्यो ? भन्ने हो । ट्राफिकले काट्ने चिट २४ घण्टाका लागि हो तर यहाँ त वर्षभर छुट पाइरहेको अवस्था किन छ, किन त्यस्तो हुन्छ ? बसमा भाडा दर लिष्ट किन अनिवार्य गरिदैन ? बेलाबखत प्रशासनबाट गरिएका निर्णय पनि कार्यान्वयन नभई किन फिका हुन्छन् ? बसपार्कको प्रयोग किन गरिएन ? कानको जाली फुट्ने गरी मोटरवाइग हुइकिदा पनि किन चेक जाँच हुँदैन ? बसपार्क पूर्ण सरकारी भएमा र त्यहाँबाट २, ४ दिनमा फेरि सडकमा आउन पर्ने स्थिति नहुने सुनिश्चित भए बसपार्कमा बस राख्न तयार छौं जस्ता विषय र प्रतिवद्धता गरिएको थियो ।
यसैगरी, रफ रोडमा ट्याम्पोले छ जना बोकेर जहाँ पनि हिड्न, जान मिल्छ ? तिनका चालकहरू २० प्रतिशत बढीसँग अझै लाइसेन्स छैन तर त्यसतर्फ प्रहरीको ध्यान किन जादैन ? तिनले लिने भाडा मनासिव छ ? कालोपत्रे सडकमै पनि तिनको गति ठीक हुने गरेको छ ? आदि प्रश्न समेत उठेका थिए ।
त्यसअघि जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रदीप अधिकारीले ट्राफिक सप्ताहका अवसरमा जिल्लामा चालु आवमा ट्राफिक कारवाहीको स्थिति, दिवसका सात दिनसम्म हरेक दिनमा गरिएका कार्यक्रमका बारेमा फोटाहरूको झलक सहितको विवरणको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो ।
स्मरणीय छ, लमजुङमा यसरी गाडी भाडा चर्को भएको र विद्यार्थीहरूले समेत बसमा नियमानुसारको सहुलियत (छुट) पाउनु पर्छ भनेर आफैले चासो राख्ने प्रजिअ गुरुङ पहिलो हुनुृहुृन्छ ।
प्रकाशित मिति २०८१ बैशाख ३१, सोमबार २०:३१ गते