बेसीशहर खानेपानीको समितिमा धाबा बोल्ने तयारीमा स्वतन्त्र समूह

बेसीशहर खानेपानीको समितिमा धाबा बोल्ने तयारीमा स्वतन्त्र समूह

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २ गते शनिवार ०६:३२

सो समूहको बैठकले निर्वाचन परिचालन समिति, प्रतिवद्धता पत्र लेखन समिति, अर्थ समिति लगायतका समिति समेत गठन गरेको छ ।

‘तोडौं दुषित राजनैतिक मनोमानी– बनाऔं अब स्वच्छ शुद्ध बेसीशहर खानेपानी ’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिने भएको हो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संघारमा आएको पाँचौं अधिवेशनमा चयन हुने सञ्चालक समितिको निर्वाचनमा स्वतन्त्र समूहले धाबा बोल्ने तयारी गरेको छ । ठूलो राजनीतिक दलको दबदबा व्यवस्थित तथा अपारदर्शी हर कार्यशैलीका विरुद्ध स्वतन्त्र समूहले असार १ गते बैठक बसेर धाबा बोल्ने प्रतिवद्धता व्यक्त गरेको हो । बैठकले ‘तोडौं  दुषित राजनैतिक मनोमानी– बनाऔं अब स्वच्छ शुद्ध बेसीशहर खानेपानी’ भन्ने नारा तय गर्दै चुनावी अभियानमा होमिने निर्णय गरेको छ ।
सो समूहलाई न्यून आँक्ने राजनीतिक दलका गलत रबैयाका विरुद्धमा एक ढिका भएर प्रतिकारमा उत्रने संकलन सो समूहले गरेको छ । समूहले आफ्नो प्रमुख पदका उम्मेदवारको घोषणा गर्दै निर्वाचनमा सो समूहलाई विजयी बनाउने विभिन्न समिति समेत गठन गरेको छ ।
स्वतन्त्र समूहले आफ्नो समूहको अध्यक्षमा जुझारु युवा व्यक्तित्व विष्णु घिमिरे, उपाध्यक्षमा २०६१ सालमा विवाह गरेर आउनासाथ तत्कालीन बेसीशहर गाविस– ९ मा गठित प्रगतिशील आमा समूहको संस्थापक अध्यक्ष हुनु भएकी महिला व्यक्तित्व सविता अधिकारी बराल, सचिवमा अर्का हक्की व्यक्तित्वका धनी श्यामबहादुर अर्याल तथा कोषाध्यक्षमा सेवा भावनाकी धनी मीना खड्कालाई उम्मेदवार घोषणा गरेको छ । प्रतिवद्धतापत्र लेखन समितिले भोलि नै त्यसलाई सार्वजनिक गर्ने तयारीमा जुटेको जनाएको छ ।
सो समूहको बैठकले निर्वाचन परिचालन समिति, प्रतिवद्धता पत्र लेखन समिति, अर्थ समिति लगायतका समिति समेत गठन गरेको छ । बैठकले दलीय भागवण्डाको आडमा बषौंदेखि हुदै आएको अनियमिताको निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर ल्याउने संकल्प समेत गरेको एक सहभागीले बताए ।
उक्त निर्वाचनमा करिब तीन हजार मतदाता रहेकोमा २२ मत खस्ने आंकलन समेत सो बैठकले गरेको छ । बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार असार ८ गते निर्वाचन हुने कार्यक्रम छ ।

प्रकाशित मिति २०८१ असार १, शनिबार १८:३२ गते
हजुरको प्रतिक्रिया