लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा धाँधली भएको संकेत मिलेको छ । असार ८ गते भएको मतदानमा मतदानको संख्या एकिन गन्न र नभए पछि त्यस्तो खुलासा भएको हो ।
निर्वाचन समितिद्वारा मतदानको एकिन संख्या गन्न र भन्न गडबड गरिएको छ । सुरुमा खसेको मत १६०१ भनियो । त्यसको १२– १५ मिनेट पछि हैन १७०१ रहेछ भनियो । त्यसको पनि १४– १६ मिनेट पनि १८०१ रहेछ भनिएको छ । त्यसैले त्यस्तो आशंका भएको हो । मतदानका लागि खासमा मतदाताको एकिन संख्या २२१० मात्र रहेको खुल्न आएको छ ।
उक्त निर्वाचनमा बाहिर(सरकारी कार्यालय)का कर्मचारीबाट निर्वाचन गराउनु पर्नेमा त्यसो नगरी, खानेपानीका कर्मचारी र निवर्तन हुँदै गरेको समितिमार्फ मतदानको प्रक्रिया गरिएको हुँदा पनि धाँधली भएको आंकलन गरिएको छ । त्यस्तै, आफै मतदान गर्न नसक्ने एक व्यक्तिका लागि एकजनामात्र प्रतिनिधिले मत दिने र त्यस्तो प्रतिनिधिले दोहोर्याएर मतदानमा जान नपाउने गर्ने भनिएकोमा एकै व्यक्तिले पनि ८– ११ पटक सम्म सहयोगीको रुपमा मतदान गर्न गएको प्रत्यक्षदर्शीले बताएका छन् । यी सबै दृश्य धाँधलीका द्योतक हुन् ।
अन्तरङ्गले अस्तिकै दिनमा प्रकाशन गरेको समाचारमा स्वतन्त्र समूहले चुनाव जित्नका लागि एमाले– काँग्रेसको चुनावी तिक्ड्म रोक्न सक्नु पर्ने टिप्पणी गरिसकेको थियो । यतिबेला त्यही परिदृश्य सार्थक हुन गएको छ ।
प्रकाशित मिति २०८१ असार ८, शनिबार १८:४९ गते