काठमाडौं– अन्तरङ्ग न्यूज डटकमका सम्पादक विश्वविनोद घिमिरे शोकमा पर्नु भएको छ । उहाँकी हजुरआमा सरस्वती घिमिरेको ८६ बर्षको उमेरमा असार १२ गते निधन भएसँगै उहाँ शोकमा पनुृ भएको हो ।
सरस्वती घिमिरेको तारकेश्वर नगरपालिका– ६, काठमाडौ स्थिति निवासमा नै निधन भएको उहाँका नाति विश्वविनोदले जानकारी दिनु भएको छ । उहाँका अनुसार हजुरआमा विगतका केही महिनादेखि ब्लड प्रेसर, दम तथा पत्थरीबाट पीडित हुनुहुन्थ्यो । त्यसैका कारण बिरामी भएर घरमानै उपचारत हुनुहुन्थ्यो ।
विश्वविनोदले आफ्नो फेसबुक स्टाटसमा ‘हजुरबाबा बितेको एक बर्ष (गत कार्तिक १ गते) नपुग्दै हजुरआमाले हामीलाई छाडेर जानुभयो । हजुर आमाको स्वर्गमा बास होस् । यसैगरी, भगवानकोमा मुस्काउनु है !’ भन्ने उल्लेख गर्नु भएको छ । उहाँले अब फेरि टुहुरो भएको छु । आबोई (हजुरआमा) गुमाएको छु । हिजोसम्म नाती भन्ने घरमा नै हुनुहुन्थ्यो अब त्यो रहेन । ८६ बर्षको उमेरमा उहाँको स्वर्गवास भयो भन्ने खुलाउनु भएको छ ।
स्वर्गीय घिमिरेका छोराहरू ३ जना, छोरी २ जना, नातिहरू– ५ जना तथा नातिनीहरू– ९ जना हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ असार १२, बुधबार ११:११ गते