दोर्दीलाई पाँच लाखका स्वास्थ्य सामग्री प्राप्त

दोर्दीलाई पाँच लाखका स्वास्थ्य सामग्री प्राप्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २६ गते मङ्गलबार ०९:३२


फाउण्डेशनले डेलिभरी बेड, हस्पिटल बेड, पल्स अक्सिमिटर, हाइट एण्ड वैट स्केल, बीपी सेटलगायतका १५ प्रकारका स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग प्रदान गरेको हो ।

मुटु फाउण्डेशनले दोर्दी गाउँपालिकालाई ती स्वास्थ्य सामग्री सहयोग

नौथर(लमजुङ)– दोर्दी गाउँपालिकालाई ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । मुटु फाउण्डेशनले दोर्दी गाउँपालिकालाई ती स्वास्थ्य सामग्री असार २२ गते सहयोग गरेको हो ।
दोर्दी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो । ती सामग्री ५ लाख रुपैयाँ बराबरको भएको फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फाउण्डेशनले विभिन्न प्रकारका १५ प्रकारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाका लागि सहयोग सामग्री ग्रहण गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष अधिकारीले स्वास्थ्य शाखा मार्फत आवश्यकता अनुसारको स्वास्थ्य संस्थामा उपलब्ध गराइने बताउनु भएको छ । उहाँले मुटु फाउण्डेशन र फाउण्डेशन तथा त्यसका अध्यक्ष धनबहादुर गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
फाउण्डेशनले डेलिभरी बेड, हस्पिटल बेड, पल्स अक्सिमिटर, हाइट एण्ड वैट स्केल, बीपी सेटलगायतका १५ प्रकारका स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग प्राप्त भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाअध्यक्षहरू, सदस्यहरूलगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८१ असार २५, मंगलवार ०९:३२ गते
हजुरको प्रतिक्रिया