खुला कविता प्रतियोगितामा बेसीशहर– ८ की अमृत असीम पहिलो, सोही वडाकी कमला केसी दोस्रो तथा बेसीबहर– ७ का बसन्त अधिकारीले तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी, बाल प्रतिभा बेसीशहर– ८ का रवि पाण्डेले सान्त्वना स्थान हासिल गरेका थिए ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडी विशेष अतिथि
लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा २११ औं भानु जयन्ती खुला कविता प्रतियोगिता तथा प्रवचनका साथ सम्पन्न भएको छ । लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको विशेष आतिथ्यतामा असार २९ गते सो कार्यक्रम गरेको हो ।
सो अवसरमा अन्तर धार्मिक सञ्जालका जिल्ला अध्यक्ष रमाराज खनिया, जन्म दिनमा बृक्षारोपण अभियानका अध्यक्ष वासुदेव सेढाइँ, लक्ष्मीनारायण सामुदायिक सिलाई केन्द्र बेसीशहरद्वारा गठित सरस्वती रावल, यमबहादुर रिमाल सहितका विभिन्न आमासमूहका अध्यक्ष तथा पदाधिकारीहरू लगायत कविहरू एवम् साहित्य तथा कला प्रेमीहरूको विशेष जमघट थियो । सो अवसरमा सञ्चालित खुला कविता प्रतियोगितामा बेसीशहर– ८ की अमृता असीम पहिलो, सोही वडाकी कमला केसी दोस्रो तथा बेसीशहर– ७ का बसन्त अधिकारीले तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी, बाल प्रतिभा बेसीशहर– ८ का रवि पाण्डेले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक हरिप्रसाद अधिकारीले बताउनु भयो । विजयी कविहरूलाई कार्यक्रमका विशेष अतिथि पहाडी, आयोजक संस्थाका अध्यक्ष नारायन सु्यल र उपाध्यक्ष सुशील अधिकारीले संयुक्त रुपमा क्रमशः प्रमाणपत्र, टीका र नगद रकम हस्तान्तरण गर्नु भएको थियो ।
आयोजक लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायन सु्यलको अध्यक्षता, स्वागत सो संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे र पत्रकार वासुदेव थापाले सञ्चालन गर्नु भएको कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..