२११औं भानु जयन्ती : सिंहदरबार गाउँघरमा आएको अनुभूति गर्न सकिएको छैन : अध्यक्ष पहाडी

२११औं भानु जयन्ती : सिंहदरबार गाउँघरमा आएको अनुभूति गर्न सकिएको छैन : अध्यक्ष पहाडी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३१ गते आईतबार ०७:३३

खेलकुद क्षेत्रको पनि विकास आवश्यक छ तर स्थानीय सरकारले खेलकुदमा कति खर्च गर्छन् ? र त्यसको तुलनामा साहित्य, लोककला, संस्कृतिका क्षेत्रमा के कति खर्चने गरेका छन् ? यो जिल्लामा काम गर्ने पत्रकारहरूले खोज्न अब खोज्न ढिला गर्न हुँदैन पहाडीले उल्लेख गर्नुभयो ।

खुला कविता प्रतियोगितामा बेसीशहर– ८ का अमृता असीम पहिलो, कमला केसी दोस्रो, बाल प्रतिभा रवि पाण्डेले सान्त्वना तथा बेसीशहर– ७ का बसन्त अधिकारीद्वारा तेस्रो स्थान हासिल ।

लमजुङ– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सिंहदरबार गाउँघरमा आएको आयो भन्ने गुड्डी हाकिन्छ तर साहित्य, लोककला, संस्कृतिका क्षेत्रमा काम गर्नेहरूले भने त्यस्तो अनुभूति गर्न पाएको छैन भन्नुभएको छ । २११ औं भानु जयन्तीको अवसरमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले आफ्नो सभाकक्षमा आयोजना गरेको खुला कविता प्रतियोगिता तथा प्रवचन कार्यक्रममा पहाडीले विशेष आतिथ्यता मन्तव्य व्यक्त गर्दै असार २९ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले स्थानीय सरकार यसवस्तुगत तथ्य प्रति किन उदासिन छन् ? भन्ने प्रश्न गर्दै यो कार्यक्रम स्थानीय सरकारको नेतृत्व वा सहयोगमा गर्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो तर त्यसका लागि कति पर्खनु पर्ने हो ? भन्ने प्रश्न उठाउँदै साहित्य, लोककला, संस्कृतिका क्षेत्रमा काम गर्नेहरू कति दिन टुहुरो हुने ? भन्दै यसतर्फ पत्रकारहरूले कलम चलाउन ढिला भइसकेको समेत उल्लेख गर्नु भयो । खेलकुद क्षेत्रको पनि विकास आवश्यक छ तर स्थानीय सरकारले खेलकुदमा कति खर्च गर्छन् ? र त्यसको तुलनामा साहित्य, लोककला, संस्कृतिका क्षेत्रमा के कति खर्चने गरेका छन् ? यो जिल्लामा काम गर्ने पत्रकारहरूले ेखोज्न अब खोज्न ढिला गर्न हुँदैन पहाडीले उल्लेख गर्नुभयो ।
आयोजकहरूलाई सुझाव दिदै उहाँले सधैं राजनीति गर्ने व्यक्तिलाई मात्र किन ठूलो मान्छे(प्रमुख अतिथि) बनाउनु पर्यो ? साहित्य, कला संस्कृतिका यस्ता कार्यक्रममा यही क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तित्वहरूलाई प्रमुख अतिथि बनाउँदा थप उपलब्धी हुन्छ भन्नु भयो । त्यसैगरी, समावेसिताको कुरा गर्छौं तर व्यवहारमा के कस्तो गरिदैछौं भन्ने यो कार्यक्रम पनि उदारहणका रुपमा छ, मञ्चमा यतिका पुरुष बसिरहदा महिलाको संख्या शून्य छ, महिलाहरूले पनि मञ्चमा बस्ने हैसियतको व्यक्तित्व बनाउनु आवश्यक छ भन्नुभयो । वरिष्ठ पत्रकार समेत रहनु भएका पहाडीले पुरस्कार ठूलो सानो हुँदैन भनिन्छ तर पनि त्यो रकम समय सापेक्ष हुन जरुरी छ भन्ने सुझाव दिनु भएको थियो । त्यस्तै, कविता लेख्ने भाइबहिनीहरूलाई सुझाव दिदै २० वटा कविता पढेपछि २१ औं कवितालाई जन्म दिन सकिन्छ भन्ने तथ्यलाई ध्यानमा राख्न आग्रह गर्दछु पहाडीले भन्नुभयो ।
भानुभक्तको व्यक्तित्व र कीर्तित्वका बारेमा प्रकाश पारिएको सो कार्यक्रममा खुला कविता प्रतियोगितामा बेसीशहर– ८ की अमृता असीम पहिलो, सोही वडाकी कमला केसी दोस्रो तथा बेसीशहर– ७ का बसन्त अधिकारीले तेस्रो स्थान हासिल गर्नु भएको छ भने बाल प्रतिभा बेसीशहर– ८ का रवि पाण्डेले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक कवि हरिप्रसाद अधिकारीले बताउनु भयो ।
विजयी कविहरूलाई कार्यक्रमका विशेष अतिथि पहाडी, आयोजक संस्थाका अध्यक्ष नारायन  सुयल र उपाध्यक्ष सुशील अधिकारीले संयुक्त रुपमा क्रमशः प्रमाणपत्र, टीका र नगद रकम सहितको पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा अन्तर धार्मिक सञ्जालका जिल्ला अध्यक्ष रमाराज खनिया, साहित्यकार यमबहादुर रिमाल, जन्म दिनमा बृक्षारोपण अभियानका अध्यक्ष वासुदेव सेढाइँ, लक्ष्मीनारायण सामुदायिक सिलाई केन्द्र बेसीशहरद्वारा गठित सरस्वती महिला समूहका अध्यक्ष नानीमाया रावलसहितले कार्यक्रमको महत्व तथा भानुको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि पहाडी एवम् आयोजक संस्थाका अध्यक्ष सुयलले संयुक्त रुपमा व्यानर पढेर उदघाटन गरिएको कार्यक्रममा विभिन्न लक्ष्मीनारायण सामुदायिक सिकाई केन्द्रद्वारा गठित महिला समूहका अध्यक्ष तथा पदाधिकारीहरू लगायत कविहरू एवम् साहित्य तथा कला प्रेमीहरूको विशेष जमघट थियो ।
साहित्यकार एवम् निर्णायक समितिका संयोजक तेजनारायण अधिकारीले मूल्यांकनको विधिका बारेमा जानकारी गराउनु भएको उक्त कार्यक्रमको सोही पुस्तकालयका अध्यक्ष नारायन सु्यलको अध्यक्षता, स्वागत सो संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे र सञ्चालन पत्रकार वासु्देव थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ असार ३०, आईतवार ०७:३३ गते
हजुरको प्रतिक्रिया