लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित पाणिनी संस्कृत माध्यामिक विद्यालय हाता स्थित गुरुकुल आश्रम र सो माविको व्यवस्थापन समितिको संयुक्त पहलमा उक्त कार्य गरिएको हो ।
पाणिनी संस्कृति मावि स्थित गुरुकुलमा यतिबेला २५ जना कुमार(बटुक)हरू छन् ।
दुराडाँडा(लमजुङ)– लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीहरूको लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकहरूले एकलाख रुपैयाँभन्दा बढीको श्रमदानबाट धान रोपाई गरेका छन् । लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित पाणिनी संस्कृत माध्यामिक विद्यालय हाता स्थित कुलुकल आश्रम र सो माविको व्यवस्थापन समितिको संयुक्त पहलमा उक्त कार्य गरिएको हो ।
१५ रोपनी क्षेत्रफलमा गरिएको धान रोपाई कार्य अन्तिम चरणमा छ । सो विद्यालयमा रहेको गुरुकुलमा यतिबेला २५ जना कुमार(बटुक)हरू रहेका छन् । लमजुङ र छिमेकी जिल्लाबाट गुरुकुलमा बस्ने बटुकहरू नपाएपछि उनीहरूलाई कर्णाली प्रदेशको जुम्ला र मुगु जिल्लामा गएर त्यहाँका विपन्न ब्राह्मण परिवारबाट ती बटुकहरू ल्याइएको गुरुकुल आश्रमका अध्यक्ष पुष्पराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार उनीहरू भट्ट, घोरासैनी र लम्साल थरका छन् । ‘उनीहरू ७ वर्षदेखि १३ वर्षका छन् ।’ गुरुकुलले उनीहरूलाई एसईईसम्मको शिक्षा निःशुल्क पढाउने प्रवन्ध मिलाएको सो माविका प्रधानाध्यापक नवराज अधिकारीले जानकारी दिनुभयो ।
ती आवासीय बटुकहरूको लागि खानपानका लागि दान माग्दै हिडिरहन भन्दा विद्यालयका नाउँमा रहेको र मिल्किएको जग्गाको उपयोग गरी धानखेती रोप्ने काम गरिएको सो माविका प्रधानाध्यापक अधिकारीले बताउनु भयो । उहाँका अनुसार त्यसबाट उत्पादन हुने धानले आश्रमका बटुकहरूलाई कम्तिमा ६ महिनाको लागि खाने पुग्ने विश्वासले श्रमदानबाट धान खेती रोप्न लगाईएको हो । उहाँले भन्नुभयो, ‘श्रमदान गरिरहेको ठाँउमा विद्यार्थीहरुलाई पनि समाबेश गराई विद्यार्थीका लागि सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक शिक्षा पनि दिने समेतको उद्देश्य रहेको छ ।’
सो धान खेती लगाउन प्राप्त सहयोगमा सुन्दरबजार नगरपालिका– ३ दुराडाँडा स्थित वडा कार्यालयद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका २९ जनाले बाँझो जमिन जोत्ने र धान रोप्नको लागि जमिन तयार गरिएको सो विद्यालयका वि.व्य.स.का अध्यक्ष समेत रहेका वडाध्यक्ष अध्यक्ष अमृत न्यौपानेले बताउनु भयो । उहाँका अनुसार विद्यालय/गुरुकुल आश्रम परिवारले मेसिनरी सामान(ट्याक्टर)चलाउनको लागि नगद तिरि १४ हजार बराबारको १४ जना खेतला लगाइएको छ । उहाँले भन्नुभयो, ‘धान रोपाईका लागि वडानं ३ का वहालवाला र पूर्वजनप्रतिनिधिहरू, विद्यालय अन्तर्गतका सबै समितिका सदस्य पदाधिकारीहरु, कर्मचारी लगायत सहयोगीहरूलाई अनिर्वाय उपस्थितिका लागि वडाले आह्वान गरेको छ ।’ साथै इच्छकु समाजसेवीहरूले पनि स्वफूर्त रुपमा श्रमदानमा सरिक भएको जानकारी दिदै वडाध्यक्ष न्यौपानेले थप भन्नुभयो, ‘वडा नं. ३ का दुई सय घरधुरीबाट ११० जना बराबरले धान खेती लगाउन श्रमदान गरेका छन् ।’
अबका दिनमा पनि धानको गोडमेलको काम पनि यसरी श्रमदानबाट गर्ने र सो धान खेती श्रमदानबाटै थन्काउने योजना रहेको सो विद्यालयमा प्रधानाध्यापक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार असारको मौसममा एक जनाले ज्यालादारीको काम गर्दा एक दिन काम गरेको ज्याला विहानको खाना र दिउँसो खाजा समेत एक हजार रुपैयाँ लिने गरेका छन् । उहाँले भन्नुभयो, ‘यसरी हेर्दा एक लाख १० हजार रुपैयाँ बराबरको श्रमदान विद्यालयको गुरुकुल आश्रमका लागि स्थानीय अभिभावकहरूबाट भएको छ ।’
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..