मोतियाविन्दूको शल्यक्रिया गर्नु पर्ने जेष्ठ नागरिक संख्या करिब ८० जना रहेको भए पनि केहीको प्रेसर र सुगरका कारणले शल्यक्रिया रोकिन सक्ने स्थिति छ तर सकेसम्म सबैलाई सेवा उपलब्ध गराउने अस्पतालको भनाइ छ ।
हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. सुनिता गुरुङको नेतृत्वमा यहाँ आएको र लमजुङ अस्पतालको चिकित्सक टोलीले संयुक्त रुपमा सो शल्याक्रिया गरिरहेको छ ।
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पतालमा मोतियाविन्दूको दुई दिने निःशुल्क शल्यक्रिया सुरु भएको छ । हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. कृष्णा गुरुङको नेतृत्वमा यहाँ आएको र लमजुङ अस्पतालको चिकित्सक टोलीले संयुक्त रुपमा सो शल्याक्रिया भदौ १४ गते विहान ९ः३० बजेबाट सुरु गरेको हो ।
सो शिविरका लागि प्राविधिक सहयोगका लागि पोखराबाट आएको डा.हरूको टोलीलाई एक कार्यक्रमका बीच लमजु्ङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङ र अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले फूलका गुच्छा र टीका लगाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष तामाङले हिमालय आँखा अस्पतालको सहयोगमा पछिल्ला दुई वर्षदेखि यो अस्पतालमा आँखाको सेवा सुरु भएको जानकारी दिदै अस्पतालमा विभिन्न विभाग छन् भन्ने जानकारी दिनुभयो । उहाँले ती सबैबाट सकेसम्म सरल, छिटो छरितो र गुणस्तरीय सेवाका लागि आफूहरू अहोरात्र खटिरहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष तामाङले मोतिविन्दू प्रायः जेष्ठ नागरिकलाई हुने र उहाँहरूलाई पोखरासम्म गएर उपचार पाउन कठिन हुने भएको हुँदा यो सेवा यहाँ सुरु गरेको जानकारी दिनुभयो । यस कार्यका लागि यसअघि पाँच दिनसम्म आँखा परीक्षण गरी मोतिविन्दूको शल्यक्रियाका लागि विरामीको छनोट गरिएको उहाँले बताउनु भयो । उहाँले गण्डकी र कर्णालीका दुर्गम गाउँमा गएर आँखाजस्तो संवेदनशील अंगको सेवामा जुट्ने हिमालय आँखा अस्पताल र त्यसको टिललाई विशेष बधाई दिनु भएको थियो ।
सो अवसरमा मेसु शिशिर देवकोटाले जेष्ठ नागरिकहरूलाई सकेसम्म आफ्नै गाउँघरमा सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले दुई अस्पतालको सहकार्यमा दुई दिने निःशुल्क शिविरको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले यस्ता शिविरले भोलिका दिनमा पनि निरन्तरता पाउने बताउनु भयो ।
यसैगरी, हिमालय आँखा अस्पतालका संयोजक सुभास न्यौपानेले आँखा देखाउने महान काम हो, यस्तो कार्यमा लमजुङ अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले आफ्नो अस्पतालको कार्य क्षेत्र गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेको जानकारी दिनुभयो ।
सो कार्यक्रम लमजु्ङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षतामा भएको थियो ।
उक्त शिविरमा बेसीशहर नगरपालिका– १० खासुरका ७९ वर्षीय कुलबहादुर गुरुङबाट शल्यक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । यसरी छनोट गरिएको शल्यक्रिया गर्नु पर्ने जेष्ठ नागरिक करिब ८० जना भएको केहीको प्रेसर र सुगरका कारणले शल्यक्रिया रोकिन सक्ने स्थिति भएपनि सकेसम्म सबैलाई सेवा उपलब्ध गराउने बताइएको छ । सो शिविर १५ गतेसम्म सञ्चालन हुनेछ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..