लमजुङ अस्पतालमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा शिविरमा सो उपलब्धि हासिल भएको हो ।
एक दिनमा मोतिविन्दूका ५७ जनाको शल्यक्रिया गरेको आफ्नो अनुभव रहेको डा. कृष्णा गुरुङले बताउनु भयो ।
बेसीशहर– लमजुङ अस्पतालमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा शिविरको पहिलो दिन ३७ जनाको मोतिविन्दूको शल्याक्रिया गरिएको छ । लमजुङ अस्पताल र हिमालय आँखा अस्पताल पोखराको संयुक्त आयोजनामा सो निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
सो शिविरको नेतृत्व हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा. कृष्णा गुरुङले गर्नु भएको हो । उहाँले एक्लै ती बसैको शल्यक्रिया गर्नु भएको शिविरको शल्यक्रियामा सहयोगी रहेको नर्स रेशमकुमारी गुरुङले बताउनु भयो ।
आज पहिलो दिन ३७ जनाको शल्यक्रिया सम्पन्न भएको डा. कृष्णा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १७ जना महिला हुनुहुन्थ्यो । उहाँ हिमालय आँखा अस्पतालमा पछिल्लो पाँच वर्षदेखि नेत्ररोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ । यो प्रतिनिधिसँग उहाँले भन्नुभयो, ‘मलाई त जस्तो पनि पुरुष भन्ने गर्छन्, महिला डा. लेखिदिनु है, मति ठाउँमा हाजिरी गर्दा पनि मेल भनेर लेखिदिर्एको हुन्छ ।’ यो प्र्रतिनिधिले उहाँलाई ‘कृष्णा’ लेखेपछि त पुरुष भन्ने हुँदैन नि ! भन्ने सुनाएपछि भने उहाँ हास्नु भयो ।
आज र भोलिका लागि राखिएको दुई दिने शिविरका लागि शल्यक्रिया गर्न ८० जना विरामीको छनोट गरिएको लमजुङ अस्पतालका नेत्रज्योति सहायक दीप गुरुङले बताउनु भयो । उहाँका अनुसार २, ३ जनाको प्रेसर र सुगरका कारणले आज शल्यक्रिया गर्न सकिएन, भोलिसम्म उहाँहरूको अवस्था नर्मल भयो भने भोलि पनि शल्यक्रिया हुन सक्छ ।
उहाँले भन्नुभयो, ‘आज सबैभन्दा बढी ९० वर्षीय उमेर र कान्छो ५६ वर्षका व्यक्तिको शल्यक्रिया गरिएको छ ।’ ९० वर्षीय मर्स्याङदी गाउँपालिका– २ का नन्दकाशी गुरुङ हुनुहुन्छ भने कान्छो उमेरका बेसीशहर नगरपालिका– ८ का जगतबहादुर खत्री हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।
एक दिनमा मोतिविन्दू भएका ५७ जनासम्मको आँखाको शल्यक्रिया गरेको आफ्नो अनुभव रहेको डा. कृष्णा गुरुङले अन्तरङ्ग न्यूज डटकमलाई बताउनु भयो । उहाँका अनुसार त्यो अवसर पनि लमजुङमै प्राप्त गरेको चार महिना अघिको अनुभव हो । उहाँले भन्नुभयो, ‘त्यो शिविर भोटेओडारमा भएको थियो ।’
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..