सुन्दरबजार(लमजुङ)– लमजुङको ब्यापारिक केन्द्र सुन्दरबजारमा सञ्चादन गरिएको शनिबारे साप्ताहिक कृषि हाट बजारको पहिलो दिन उत्साहबद्र्धक विक्री भएको छ । हाटबजारको पहिलो दिनको ३२ जना किसानले बजारका लागि ल्याएको सबै सामग्री विक्री भएसँगै भदौ १५ गते त्यस्तो संकेत देखिएको होे । सो दिन सबै किसानबाट करिब साढे ७२ हजारको कारोबार भएको आंकलन गरिएको सो हाटजार ब्यबस्थापन समितिका अध्यक्ष एबम सुन्दरबजार चेम्बर अफ कमरसका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ साप्ताहिक हाटबजार सुरु गरेको हो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘एभरेस्ट साकोस सुन्दरबजार र हाटबजार व्यवस्थापन समिति सुन्दरबजारले एभरेस्ट साकोसको कार्यालयसँगै सुन्दरबजार नगरपालिका, ग्रामीण सामुदायिक बिकास केन्द्र (आरसिडिसि÷वल्र्ड भिजन), सुन्दरबजार नगरपालिका– ७, कृषि बिकास कार्यलय सुन्दरबजार, लमजुङ कृषि क्याम्पस, सुन्दरबजार चेम्बर अफ कमर्स र लउबा संघ सुन्दरबजार इकाईको सहकार्यमा प्रत्येक शनिबार हाट बजारलाई लगाउन थालिएको हो ।’
उक्त हाट बजारमा घरायसी प्रयोजनका सामग्री, तरकारी तथा फलफूल, मह, अचार लगायतका कृषि वस्तु विक्रीका लागि राखिएको थियो । विशेष गरेर हाटबजारमा अर्गानिक उत्पादनलाई प्राथमिकता दिइएको लमजुङ उधोग बाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय उत्पादन गोलभेडा र करेलाको प्रतिकेजी ७० रुपैयाँ, मह प्रतिकेजी ११ सय, मालपुवा केरा पाकेको एक सय रुपैयाँ प्रतिदर्जन र काँचो ७० रुपैयाँका दरले विक्री भएको थियो ।
स्थानीय आर्थिक विकासमा सहयोग पुग्ने उद्देश्यले किसानहरूले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वासका साथ हाट बजारको शुरु गरिएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष एवम् सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले उल्लेख गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख मेयर कृष्णप्रसाद कोइरालालेले हाट बजारको उद्घाटन गर्दै हाटबजारले किसानको उत्पादन शुद्ध ताजा गुणस्तरीय बस्तु उपभोक्ताले प्रत्यक्ष रुपमा उपभोग गर्न पाउने बताउदै कृषि हाटबजारको प्रबद्र्धनमा नगरपालिका सदैब लाग्ने बताए । बिशेष अतिथि आरसिडिसिका अध्यक्ष राजेन्द्र बोहोराले किसानको उत्पादन अब व्यावसायिक हुनु पर्नेमा जोड दिदै यसको लागि स्थानीय तहको बिशेष भूमिका हुने भएकोले पालिकाले कार्य योजनामा अनुदानको स्वरुप परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले कृषि बजारीकरणको लागि आरसिडिसि लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले वडाले किसानलाई ध्यान दिएर नै हरेक बर्ष बजेट तर्जुमा गर्नुका साथै वडा हाटबजारको बिकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।
उदघाटन कार्यक्रमका अध्यक्ष एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले हाटबजारले कृषि उपजको बजारीकरण सहज रुपमा हुने किसानले उचित मुल्य पाउने किसानको बचत गर्ने बानी बस्ने बताउदै उहाँहरूको जीवनस्तरमा समेत सुधार हुने विश्वास गरिएको बताउनु भयो । हाट बजार उद्द्घाटन कार्यक्रमको सञ्चालन हाटजार ब्यबस्थापन समितिका अध्यक्ष एबम सुन्दरबजार चेम्बर अफ कमरसका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा किसान सुन्दरबजार नगरपालिका– १० धुसेनीका तिर्थ मिश्र, सोही नगरपालिका– ४ सत्रसयका किसान मदन खनिया, वठानं– ६ का किसान रामचन्द्र नेउपानेले किसानको उत्पादन सहज रुपमा ओसारपसार गर्न कृषि एम्बुलेन्स, शीत भण्डार, पालिकाबाट समर्थन मुल्य हुनु पर्ने माग गर्दै हाटबजारले आफ्ना उत्पादन बिक्रि गर्न टेवा पुग्ने बताउनु भएको थियो ।
सो अवसरमा वडानं ५ का वडासदस्य यानकुमार गुरुङ, लमजुङ कृषि क्याम्पसका निमित्त क्याम्पस प्रमुख उत्सव वाग्ले, कृषि बिकास शाखा सुन्दरबजारका प्रमुख सुरेश अधिकारी, आदर्शबाल माविका प्रधानध्यापक नवराज केसी, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेस्वर अधिकारि, नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, इलाका प्रहरी कार्यलय सुन्दर बजारका इन्चार्ज सई मिलन पौडेल, रेडियो भोटेओडारका स्टेशन मेनेजर बासुदेव थापा, पत्राचार महासंघका पूर्वजिल्ला अध्यक्ष सन्तोष पौडेल, रासस प्रतिनिधि बिराट नेउपाने, आरसिडिसिका कार्यक्रम संयोजक दुर्गा ढुंगाना लगायतको सहभागिता थियोे ।
प्रकाशित मिति २०८१ भाद्र १७, सोमबार २०:५२ गते