सुन्दरबजार(लमजुङ)– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सुन्दरबजार शाखाले आफ्नो सातौं स्थाापना दिवसमा डस्टविन वितरण गरेको छ । सुन्दरबजार नगरपालिका– ६ र ७ मा ४/४ थान डस्टबिन भदौ १७ गते वितरण गरेको हो ।
जीवन बीमा कम्पनी रिलायबल नेपाल सुन्दरबजार शाखाले आठौं बर्षमा प्रबेश गरेको अवसरमा सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेशबाबु कोइरालालाई र सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीलाई रिलायवल नेपाल सुन्दरबजार शाखाका प्रबन्धक सुनिल श्रेष्ठले ४/४ थान डस्टबिन दुई वटा वडामा कार्यक्रमको आयोजना गरी सँस्थाको ७ औँ बार्षिकोत्सवको अवसरमा डस्टविन वितरण गरेको हो ।
लमजुङको उदाउँदो व्यापारिक बजार सुन्दरबजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सुन्दरबजार शाखाले सुन्दरबजार नगरपालिका– ६ र ७ मा डस्टबिन वितरण गरेर वार्षिकोत्सव मनाएको छ । वडा नम्बर ७ को हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले रिलायबल नेपालको डस्टबिन सहयोगले वातावरण सरसफाई कायम गर्न मद्धत पुग्ने बताउदै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सुन्दरबजार नगरपालिका– ७ बीच पारस्परिक सम्बन्धको विकास हुनु पर्ने बताउदै आगामी दिनमा सहयोग आदन प्रदान हुनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले नेपालकै उत्कृष्ट मध्य एक जीवन बीमा कम्पनी रिलायबल नेपालले आफ्नो बार्षिकोत्सव कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत डस्टबिन वितरण गर्नु अत्यन्तै सकारात्मक रहेको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा शाखा प्रबन्धक सुनिल श्रेष्ठले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुन्दरबजार शाखा सदैव सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०७४ भदौ १५ गते देखि बीमा व्यवसाय शुरु गरेको यो कम्पनी नेपालको एक अब्बल बिमा कम्पनीका रुपमा दर्ज भएको छ ।
प्रकाशित मिति २०८१ भाद्र १८, मंगलवार ०८:२१ गते