प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद छैन : देउवा

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २० गते बिहिबार ०६:५०

देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताउँदै कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्नेमा जोड दिदै सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

एमाले र कांग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं तर प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको रक्षका लागि कांग्रेस र एमालेबीच मतभेद नरहेको बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा उहाँले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको भदौ १९ गते बताउनु भएको हो ।
उहाँले एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । यसमा चिन्ता लिनु पर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरूले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’
देउवाले सो बारेमा थप भन्नुभयो, ‘यसका सम्बन्धमा आफ्ना– आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन, एमाले र कांग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो ।’
सभापति देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताउँदै कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्नेमा जोड दिदै सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८१ भाद्र २०, बिहीबार ०६:५० गते
हजुरको प्रतिक्रिया