सुन्दरबजारमा एक दिने निःशुल्क दन्त तथा फिजिओथेरापी शिविर सञ्चालन

सुन्दरबजारमा एक दिने निःशुल्क दन्त तथा फिजिओथेरापी शिविर सञ्चालन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २९ गते शनिवार १०:०४

अस्पतालकै सिकित्सक टोली परिचालन गरी शिविरमा सेवा दिइएको थियो । जसमा एक सय ८४ जनाले सेवा लिई लाभान्वित भएका छन् ।

सो शिविर एचडिसिएस सामुदायिक नमूना अस्पतालको आयोजनामा गरिएको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा एक दिने निःशुल्क दन्त तथा फिजिओथेरापी शिविर सञ्चालन गरिएको छ । सुन्दरबजार नगरपालिका– ६ खत्रीचौर स्थित एचडिसिएस सामुदायिक नमूना अस्पतालको आयोजनामा भदौ २९ गते सो शिविर सम्पन्न भएको हो ।
शिविरबाट एक सय ८४ जनाले लाभ लिएको सो अस्पतालले जनाएको छ । अस्पतालकै सिकित्सक टोली परिचालन गरी शिविरमा सेवा दिइएको थियो ।
सेवा लिनेमध्ये सन्त सेवा लिने संख्या ७२ थियो भने सेवा लिनेमा पुरुषको संख्या पनि ७२ नै रहेको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार फिजिओथेरापि सेवा लिने र महिलाको संख्या पनि एक १२ जनाका दरले रहेको थियो ।
विहान १० बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन गरिएको उक्त निःशुल्क शिविरमा सेवा दिनेहरूमा दन्त विशेषज्ञ डा कञ्चन यादव, डेन्टल सहायक रोजिना रानाभाट, फिजियोथेरापिष्ट बितिसा पराजुली सहितको ६ जना स्वास्थकर्मीहरू सम्लग्न सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार अस्पताल प्रमुखका नाताले शिविरको नेतृत्व म आफैले गरेको थिए । उहाँले भन्नुभयो फिजिओथेरापि सेवा लिनेहरू अधिकांश ४० वर्ष माथिका हुनुहुन्थ्यो भने दाँत सेवातर्फ सबै उमेर समूह अर्थात बाल्यकालका देखि बयस्क एवम् बृद्धबृद्धाहरूको समेत संलग्ना रहेको थियो ।

प्रकाशित मिति २०८१ भाद्र २९, शनिबार २२:०४ गते
हजुरको प्रतिक्रिया