संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनु भैँसी लिन गएर दूध ल्याए जस्तो होइन : प्रधानमन्त्री ओली

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनु  भैँसी लिन गएर दूध ल्याए जस्तो होइन : प्रधानमन्त्री ओली

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १४ गते सोमबार ०७:०४

मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बुझ्नुपर्ने हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘हा हा ! राम्रो प्रश्न, धन्यवाद ।’ भन्दै उडाउनु भएको थियो ।

संयुक्त राष्ट्रसंघमा तपाईंको सम्बोधनबोट टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन ।’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गर्नु भएकोछ । अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्नको जवाफका क्रममा उहाँले असोज १४गते त्यस्तो टिप्पणी गर्नु भएको हो ।
‘कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन । हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो ।’ संयुक्त राष्ट्रसंघमा तपाईंको सम्बोधनले मुलुकलाई के अर्थ राख्छ ? भन्ने पत्रकारको जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो जवाफ दिदै भन्नुभयो, ‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन, हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो । यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन्, सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने भयो । अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ ।
विपद्का बेला सरकारको भूमिका देखिएन भन्ने छ, के भन्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीः विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास ग¥यो । तत्काल बैठक गरेर सेना, प्रहरी परिचालन गरेर उद्धार ग¥यो । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो । पूर्वसूचना गरेर पहिरो जाँदैन । उद्धार गर्ने र राहत पु¥याउने हो । पहिरो गएपछि क्षति पु¥याउने नै भयो । त्यसमा सरकारले तदारूकताका साथ उद्धार कार्य र राहत कार्य पु¥याउने हो, त्यो पुर्याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिरै हुँदा पनि यस विषयमा जानकारी लिँदै र निर्देशन गर्दै आएको छु । विरोधका लागि विरोध गर्ने होइन ।
उहाँले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं, सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’
मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बुझ्नुपर्ने हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘हा हा ! राम्रो प्रश्न, धन्यवाद ।’ भन्दै उडाउनु भएको थियो ।
सो अवसरमा पत्रकार सम्मेलनपछि जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभ कामना गरिएको छ । उहाँले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह साथ सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे समेत प्रकाश पारिएको छ ।
प्रधानमन्त्री ओलीले विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन अघि परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृत राईले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलगायतमा गरेको सम्बोधन र त्यस क्रममा भएका भेटवार्ताहरू लगायतबारे पत्रकारहरूलाई ब्रिफिङ गर्नु भएको थियो ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन जानु भएका प्रधानमन्त्री ओलीले संघको महासभालाई असोज १० गते सम्बोधन गर्नु भएको थियो । सो सम्बोधनका क्रममा उहाँले ‘शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ’ भन्नु भएको थियो ।
महासभामा सम्बोधन गर्नुअघि र पछि प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता समेत गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्यायो । स्वदेशमा विपद आइलागेका बेला प्रधानमन्त्री ओली कार्यक्रम छोट्याएर स्वदेश नफर्केकोमा पनि आलोचना भइरहेको थियो ।
प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आज अपराह्न स्वदेश फर्किनु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत उच्च पदस्थ अधिकारीहरूसमेत पुगेका थिए ।
प्रधानमन्त्री फर्किंदा विमानस्थल भद्रगोल, आधा घण्टा उडान प्रभावित :
यसैबीच, अमेरिका भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली नेपाल अवतरणका बेला आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भयो । जसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको विमानस्थल स्रोतले जनाएको छ ।
नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ ।
आज बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित बनेका हुन् ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार १९:०४ गते
हजुरको प्रतिक्रिया