सुन्दरबजार अस्पताललाई क्यान्सर स्क्रिनिङ मेसिन हस्तान्तरण

सुन्दरबजार अस्पताललाई क्यान्सर स्क्रिनिङ मेसिन हस्तान्तरण

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८१ असोज १६ गते बुधबार ०९:२३

सो मेशिनको बजार मूल्य तीनलाख ८८ हजार रुपैयाँ परेको सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।

स्वास्थ्य मन्त्री प्रदिप पौडेलको बिशेष सहयोगमा सो मेशिन अस्पताललाई प्राप्त भएको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार अस्पताललाई क्यान्सर स्क्रिनिङ मेसिन हस्तान्तरण गरिएको छ ।
सुन्दरबजार नगरपालिका– ७, बरेटार स्थित सुन्दरबजार अस्पताललाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने मोबाइल थर्मोकोगुलेटर मेसिन असोज १६ गते हस्तान्तरण भएको हो ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलको बिशेष सहयोगमा सो मेशिन अस्पताललाई प्राप्त भएको हो । नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले आज उक्त मेसिन अस्पताल बिकास समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र अस्पतालमा कार्यरत डाक्टर प्रशान्त मिश्रलाई संयुक्त रुपमा सो मेसिन हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा मेयर कोइरालाले यस मेशिनको अधिकतम प्रयोग गर्न अस्पताललाई आग्रह गर्नु भयो । उहाँले मेसिन प्रयोग गर्न अस्पतालमा जनशक्ति भएको जस्तो लाग्छ यदि जनशक्ति उपलब्ध नभएका भएकै जनशक्ति मध्येबाट अस्पतालको सिफारिसमा १ जनालाई मेसिन संचालनको लागि आबश्यक तालिमको व्यवस्था गर्ने प्रतिवद्धता कोइरालाको गर्नु भयो । उक्त मेसिन अस्पतालमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नु हुने स्वास्थ्य मन्त्री पौडेल र उहाँको टिमलाई तथा सहजिकरण गर्ने सन्तोष गुरुङलाई मेयर कोइरालाले बिशेष धन्यबाद दिनु भएको थियो ।
उक्त अवसरमा सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेशबाबु कोइरालाले मेसिन सुन्दरबजारसम्म के कसरी आइपुगेको हो ? भन्ने बिषयमा उपस्थितहरूलाई जानकारी दिनु भएको थियो । उहाँले सुन्दरबजार नगरपालिका– ६ निवासी सन्तोष गुरुङ हाल स्वास्थ्यमन्त्री पौडेलको सचिवालयमा रहेको र उहाँको बिशेष अनुरोध र पहलमा मन्त्री पौडेलले नेपालभरमै पहिलो पटक उक्त मेशिन सुन्दरबजार नगरपालिकालाई पठाउनु भएको जानकारी दिनुभयो । आम सुन्दरबजारबासीको अनुरोधलाई स्विकार गरी यस मेशिन प्रदान गर्नु हुने स्वास्थ्य मन्त्री पौडेललगायत मन्त्रालयको टिमलाई र सहजिकरण गर्ने सन्तोष गुरुङलाई वडाध्यक्ष कोइरालाले पनि धन्यवाद दिनुभएको थियो ।
सो मेशिनको बजार मूल्य तीनलाख ८८ हजार रुपैयाँ परेको सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका उपमेयर भवानी के.सी., प्रमुख प्रशाशकीय अधिकृत शिशिर पौडेल, अस्पताल रहेको वडा नं. ७ का अध्यक्ष जयराम रेग्मी, वडा नं. ५ का वडाध्यक्ष श्रीकाजी गुरुङ, वडा नं. ८ का अध्यक्ष बिजेन्द्र थापा, वडा नं. ९ का अध्यक्ष मनराज गुरुङ, वडा नं. १० का अध्यक्ष दिनेश बाबु कोइराला लगायत कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका कर्मचारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति २०८१ आश्विन १६, बुधबार २१:२३ गते
हजुरको प्रतिक्रिया