सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार स्थित सरकारी सुन्दरबजार अस्पतालमा सेवा सुविधा थपिने क्रम जारी रहेको छ । सो क्रममा उक्त सुन्दरबजार अस्पताललाई ४ थान चेयर सहयोग असोज १८ गते प्राप्त भएको छ ।
अमेरिका निवासी संजीव श्रेष्ठ र क्यानाडा निवासी संगीता श्रेष्ठले आफ्नो बुवा बाबुलाल श्रेष्ठ र आमा स्व. भगवती श्रेष्ठको पुण्य स्मृतिमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला र वडा नं. ७ का वडाअध्यक्ष जयराम रेग्मीको रोहवरमा दाताद्वयका मामाद्वय सुरेन्द्रमान र राजेन्द्रमानले अस्पतालका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त मिश्रलाई सुन्दरबजार अस्पतालमै आयोजित एक कार्यक्रमका बीच ती चेयरहरू हस्तान्तरण गर्नु भएको हो ।
सो हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि यसै नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले सुन्दरबजार नगरपालिकाको गहनाको रुपमा रहेको सुन्दरबजार अस्पतालको स्तरोन्नति गर्न आफू लागि परेको बताउनु भयो । उहाँले अस्पतालका लागि आवश्यक थप सहयोग गर्न सदैव नगरपालिका दृढ रहेको प्रतिवद्धता व्यक्त गर्दै सुन्दरबजार अस्पतालको भौतिक विकास, व्यवस्थापकीय क्षमता अभिबृद्धी, जग्गा प्राप्ति, भवन निर्माण तथा प्रदेशस्तरीय अस्पतालका रुपमामा स्तरोन्नति गरी ट्रमा सेण्टर स्थापना गर्ने, ब्लड बैंक स्थापना गर्ने, स्वास्थ बीमालाई प्रभावकारी बनाउने नीति लिएको उहाँको भनाइ थियो ।
नगरपालिकाको सरकारी अस्पताल सुन्दरबजार अस्पताल बरेटारलाई हस्तान्तरण गरिएका कुर्सीको बजार मूल्इ ६५ हजार रुपैयाँ रहेको अस्पताल प्रशासन समितिले जनाएको छ ।
कार्यक्रमका बिशेष अतिथि सुन्दरबजार नगारपालिका– ७ का वडाध्यक्ष एवम् अस्पतालकाका जग्गा दाता जयराम रेग्मीले अस्पताल २४ सै घण्टा सञ्चालन गर्न पर्ने बताउँदै जग्गा प्राप्ति भवन निर्माण लगायत अस्पतालको समग्र विकासमा वडा र आफ्नोतर्फबाट अस्पतालको विकास र बिस्तारको लागि गर्नु पर्ने सबै प्रकारका काम गर्न आफू सदैव तयार रहेको बताउनु भयो । उहाँले यतिबेला अस्पतालमा औंषधि टेण्डरमार्फत खरिद गरी सकिएको र अब एक बर्ष औंषधिको समस्या नपर्ने जानकारी दिनुभयो । वडा अध्यक्ष रेग्मीले अस्पतालमा आउने बिरामिको चापलाई मध्यनजर गर्दै चालु आबमा थाईराइड मेशिन खरिदको लागि ८ लाख बजेट वडाबाट छुट्याएको जानकारी दिनु भयो ।
सुन्दरबजार अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले अस्पतालको आवश्यकता महसुस गरि प्राप्त भएको चेयरको सहि सदुपयोग भएको बताउउदै दाताहरू र चेयरको लागि पहल गर्नु हुने सुरेन्द्रमान श्रेष्ठ र राजेन्द्र मान श्रेष्ठलाई विशेष धन्यवाद दिदै अब आउने दिनमा अझै सकारात्मक रचनात्मक सहयोगको अपेक्षा गर्नु भयो । उहाँले अस्पतालमा तत्कालै ल्याब, फार्मेसी र कप्युटर अप्रेटर स्टाफ भर्ना गर्न तयारी गरिएको जानकारी दिदै ल्याबका मेसिनहरू सिघ्र खरिद गरिद गरि सेवा बिस्तार गरिने उल्लेख गर्नुभयो !
सो अवसरमा सुन्दरबजार अस्पतालका निमित्त मेसु डाक्टर प्रसान्त मिश्रले अस्पतालको तत्कालै गर्नु पर्ने आवश्यकता बिषयमा जानकारी दिदै अस्पतालको सेवा क्षेत्रहरू बढाउन आफूहरू लागि परेको बताउनु भयो । चेयर प्रदान गर्ने वातावरण मिलाउनु हुने सुरेन्द्रमान श्रेष्ठले आफूले अस्पतालको अहिलेको आवश्यकता पहिचान गरि सो को लागि समन्वय गरी चेयरहरू हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले आगमी दिनमा पनि यस्ता सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै दाताका मामा राजेन्द्रमान श्रेष्ठले अस्पताल जस्तो मानवीय सेवाको काम गर्ने स्थलमा आफ्नो सहयोग सदैब रहने बताउनु भयो । उक्त कार्यक्रमको सञ्चालन अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् सुन्दरबजार नगरपालिका– ९ का वडासदस्य मधु भट्टराईले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८१ आश्विन १९, शनिबार ०७:२५ गते