प्रहरीद्वारा जिल्ला सदरमुकामबाटै आठ जुवाडेहरू ४८ हजार बढी नगदसहित पक्राउ

प्रहरीद्वारा जिल्ला सदरमुकामबाटै आठ जुवाडेहरू ४८ हजार बढी नगदसहित पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २२ गते मङ्गलबार ०६:४२

हिजो पक्राउमा परेका ती जुवाडेहरूका विरुद्ध जुवा(तास) कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको आज असोज २२ गते म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारीद्वारा जानकारी दिइएको छ ।

पक्राउ परेका अन्य जुवाडेहरूको नाम भन्न नमिल्दैन प्रहरीका सूचना अधिकारीको जनाऊ ।

बेसीशहर(लमजुङ)– लमजुङमा प्रहरीले जिल्ला सदरमुकाममै आठ जना जुवाडेलाई रङ्गेहात पक्राउ गरेको छ । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ७ पुरानो बैंक चोकको एक घरमा जुवा खेलिरहेको स्थानबाट ४८ हजार बढी नगद सहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले ंअसोज २२ गते बताएको हो ।
उनीहरूलाई बेसीशहर नगरपालिका– ७ पुरानो बैंक चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ । क्होलासोथार गाँपालिका– २ मालिङमा स्थायी घर भई हाल बेसीशहर नगरपालिका– ७ पुरानो बैंक चोक बस्ने बर्ष ६६ का खजिन्द्रबहादुर गुरूङले आफ्नै घरबाट आफू समेत मिली जुवा खेलेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनु भयो । उहाँका अनुसार गुरूङले आफ्नै घरमा हार जितको बाजी राखी जुवा(तास) खेलाउदै गरेको अबस्थामा घरधनी खजिन्द्रबहादुर गुरुङ सहित आठ जना पुरुष व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरीका कार्यालयमा ल्याएको हो ।
ती जुवाडेहरूले खेलीरहेको जुवाको खालबाट नगद रु ४८ हजार ८८० रुपैयाँका साथमा तथा १६० पत्ती तास समेत प्रहरीले बरामद गरको सूचना अधिकारी प्रहरी निरीक्षक तेलीको भनाइ छ । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको कमाण्डमा खटिई गएको प्रहरी टोलीद्वारा ती जुवाडेहरू पक्राउ गरिएको हो ।
उहाँले भन्नुभयो, ‘पक्राउ परेका अन्य जुवाडेहरूको नाम भने भन्न मिल्दैन ।’
हिजो पक्राउमा परेका ती जुवाडेहरूका विरुद्ध जुवा(तास) कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको आज असोज २२ गते म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८१ आश्विन २२, मंगलवार १८:४२ गते
हजुरको प्रतिक्रिया