लमजुङका भेषबहादुर पौडेल गण्डकी प्रदेशको वन मन्त्रीमा नियुक्त

लमजुङका भेषबहादुर पौडेल गण्डकी प्रदेशको वन मन्त्रीमा नियुक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ५ गते सोमबार ०८:५७

वेसीशहर निवासी सामाजिक व्यक्तित्वका धनी तिलकबहादुर पौडेलको सुपुत्रका रुपमा २०३१ सालको चैत २२ गते उहाँको जन्म भएको हो । पारिवारिक वातावरणका कारणले उहाँलाई सामाजिक तथा राजनीतिक क्षेत्रको उचाई चुम्न सहज भयो भन्दा अतिशयोक्ति हुने छैन ।

२०७९ मा भएको प्रदेश सभा सदस्यको निर्वाचनमा लमजुङ ख क्षेत्रबाट निर्वाचित हुनुभएका पौडेल आज वनमन्त्रीमा नियुक्त हुनु भएको हो ।

पोखरा– गण्डकी प्रदेशको रिक्त वन तथा वातावरण मन्त्रीमा लमजुङबाट निर्वाचित प्रदेश सभा सदस्य भेषबहादुर पौडेल नियुक्त हुनु भएको छ । उहाँले शपथ ग्रहण गरी पदभार आज कार्तिक ५ गते ग्रहण गर्नु भएको हो ।
२०४६ सालमा कक्षा– १० मा पढ्दै गर्दा स्कूले जीवनबाट नै राजनीति(नेविसंघबाट) सुरु गर्नु भएका पौडेल २०५६ सालदेखि ०६५ सालसम्म तरुण दलको जिल्लाध्यक्ष (दुई कार्यकाल) हुनुभएको थियो । नेपाली काँग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुभएका उहाँ १३ औं अधिवेशनमा जिल्ला अध्यक्ष भई दुई वर्ष बोनस समेत पाएर छ वर्षको कार्यकाल बिताउनु भएको थियो ।
वेसीशहर निवासी सामाजिक व्यक्तित्वका धनी तिलकबहादुर पौडेलको सुपुत्रका रुपमा २०३१ सालको चैत २२ गते उहाँको जन्म भएको हो । पारिवारिक वातावरणका कारणले उहाँलाई सामाजिक तथा राजनीतिक क्षेत्रको उचाई चुम्न सहज भयो भन्दा अतिशयोक्ति हुने छैन ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका साथ महासमिति सदस्य समेत हुनुभएका पौडेलले बेसीशहरमा २०४९ सालमा स्थापित त्रिवेणी युवा ्क्लबको संस्थापक कोषाध्यक्ष भई समाजसेवामा होमिनु भएको हो । केही वर्र्षपछि उहाँ सो क्लबको अध्यक्ष समेत हुनुभयो ।
लमजुङ उद्योग वाणिज्य संघको बेसीशहर इकाईको अध्यक्ष भएर अनुभव हासिल गर्नु भएका उहाँले त्यसपछि सो संघको समेत अध्यक्ष हुनुभएर सफल कार्यकाल विताउनु भएको थियो । यसैगरी, बेसीशहर स्थित लमजुङमै निजी क्षेत्रमा सञ्चालित पहिलो मर्स्याङदी बहुमुखी क्याम्पसको संस्थापक सदस्यसमेत रहनु भएका उहाँ सो क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष समेत बनेर अनुभव हासिल गर्नुभयो ।
यसैगरी, जिल्लामै सञ्चालन गरिएको पहिलो सामु्दायिक प्यासिफिक बैंकको संस्थापक एवम् कार्यकारी अध्यक्ष हुनु भएका उहाँले सो बैंक ग्लोबल आइएमई बैंंकमा गाभ्नका लागि पनि विशेष भूमिका निभाउनु भएको थियो ।
त्यस बाहेक जिल्लामा हाइड्रो एवम् ग्रामीण पर्यटनको विकासमा समेत अहम् भूमिका खेल्दै आउनु भएको छ ।
दर्जनौं सामाजिक संस्थामा आवद्ध रहनु भएका पौडेल नेपाल रेडक्रस सोसाइटी, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लगायतका संस्थाहरूको आजीवन सदस्य समेत हुनुहुन्छ । २०७९ मा भएको प्रदेश सभा सदस्यको निर्वाचनमा लमजुङ ख क्षेत्रबाट निर्वाचित हुनुभएका पौडेल आज वनमन्त्रीमा नियुक्त हुनु भएको हो । लमजुङको क क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य डा. टकराज गुरुङ यसअघि अर्थ मामिला मन्त्री हुनु भएकोछ ।
पौडेल वनमन्त्री नियुक्त हुनु भएको यो पावन अवसरमा अन्तरङ्ग परिवार उहाँलाई मुरीमुरी बधाईका साथ कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति २०८१ कार्तिक ५, सोमबार २०:५७ गते
हजुरको प्रतिक्रिया