प्याब्सन लमजुङद्वारा आयोजित स्पोर्ट मिटको समापन भोलि

प्याब्सन लमजुङद्वारा आयोजित स्पोर्ट मिटको समापन भोलि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १२ गते सोमबार ०१:०८

कार्तिक ११ गते सम्म १५०० मिटर दौड, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १००X४ मिटर रिले दौड, कक्षा ५ सम्मको गणित दौड, लङ्ग जँम्प, त्रिपल जम्प दुवै केटा केटी तर्फ गरी १४ खेलसम्पन्न भएको प्याबसन, लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनुभयो ।

लमजुङ । निजी विद्यालयहरुको संगठन प्याब्सन लमजुङको आयोजनामा लमजुङमा सञ्चालन भइरहेको प्याब्सन स्पोर्टस् मिट २०८१को तिन दिने कार्यक्रम भोलि समापन हुँदै छ । कार्तिक १० गते सुरु भएको स्पोर्टस् मिटको समापन भोलि कार्तिक १३ गते हुने भएको हो ।
उक्त प्याब्सन स्पोर्ट मिटका खेलहरू जिल्ला सदरमुकाम बेसिशहर र सुन्दरबजारमा सञ्चालन भइरहेको छन् । उक्त कायक्रमको उद्घाटन सुन्दरबजार नगरपािलका प्रमुख कृष्णप्रसाद कोइरालले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कोइरालाले निजी विद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप गरेका गतिविधि प्रशंसनिय रहेको बताउनुभयो ।
प्याबसन लमजुङका अध्यक्ष मेनवहादुर घलले प्याब्सन लमजुङ शैक्षिक तथा खेलकुद क्षेत्रमा राष्ट्र्यि र अन्तराष्ट्र्यि स्तरको खेलाडी उत्पादनमा लागि परेको बताउनुभयो । खेलकुद मनोरञ्जनको लागि मात्र नभई व्यक्ति र राष्ट्र्कै पहिचान स्थापित गर्ने माध्यम रहको उहाँको भनाई थियो । कार्तिक ११ गते सम्म १५०० मिटर दौड, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १००X४ मिटर रिले दौड, कक्षा ५ सम्मको गणित दौड, लङ्ग जँम्प, त्रिपल जम्प दुवै केटा केटी तर्फ गरी १४ खेलसम्पन्न भएको प्याबसन, लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनुभयो ।
हाल सम्म हिमचुली आमावी, हिमाली आमावि, ग्लोवल भिजन आमावि, भूपु सैनिक आमावि, बेसिशहर, युनिभर्सल एकेडेमी लगायतका विद्यालय अगाडि रहेका छन् । यसैगरी फुटबल, भलिबल तथा बास्केटबल प्रतियोगिताको दोस्रो चरण सुरू भई सकेको आयोजक समितीको भनाइ छ ।

प्रकाशित मिति २०८१ कार्तिक १२, सोमबार १३:०८ गते
हजुरको प्रतिक्रिया