ह्यारिस र ट्रम्प स्विङ स्टेट मतका लागि भिड्दै गर्दा वयानबाजी : कडा प्रतिस्पर्धाको संकेत

ह्यारिस र ट्रम्प स्विङ स्टेट मतका लागि भिड्दै गर्दा वयानबाजी : कडा प्रतिस्पर्धाको संकेत

एजेन्सी

@antaranganews

२०८१ कार्तिक १७ गते शनिवार ०७:५१

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मतदानका लागि अब दुई दिन बाँकी, जनमत सर्वेक्षणले ह्यारिस र ट्रम्प बराबरीमा दौडिरहेको बताएका छन् ।

तीन तरिकाले मतदान हुन्छ अमेरिकामा चुनावको मतदान तोकिएको मतदान केन्द्रमा हुन्छ । यसबाहेक जनताले हुलाकबाट पनि मतदान गर्छन् । निर्धारित मितिभन्दा अगाडि पनि मतदान हुन्छ ।

वासिङटन डिसी– यसैबीच, विश्वको सबैभन्दा शक्तिशाली पदका लागि दुई मुख्य दावेदार कमला ह्यारिस र डोनाल्ड ट्रम्पले आजभोलि आफ्नो सक्दो प्रयास गरिरहेका छन् । एक अर्कालाई आरोप–प्रत्यारोपदेखि मतदातालाई रिझाउनसम्म सबै किसिमका रणनीति चुनावी मैदानमा प्रयोग भइरहेका छन् ।
नोभेम्बर ५ मा हुने मतदानको नतिजापछि ह्वाइट हाउसमा कमला सत्तामा आउँछिन् कि ट्रम्पको कार्ड चल्छ भन्ने निर्णय गर्नेछ । तर, यस चुनावी दौडका लागि अमेरिकामा प्रारम्भिक मतदानको अभ्यास धमाधम भइरहेको छ ।
सो क्रममा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले महत्त्वपूर्ण राज्यहरूमा कार्तिक १६ गते एक–अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् । निर्वाचन हुन दुई दिन बाँकी रहँदा नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गरे । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरिन् ।
उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी ¥यालीहरूका लागि भेला भए । कार्तिक २० गते मतदान हुनु अघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।
दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा ¥यालीहरू र युनियन हलको भ्रमण गरे भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरेका हुन् । ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भने, ‘हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ ।’ जहाँ ट्रम्पले गर्जिदै भने, ‘म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।’
पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहेका थिए जहाँ उनले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिएका थिए । अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोधे, ‘के हामी इतिहास बनाउन तयार छौँ ?’ यसअगाडि डोनाल्ड ट्रम्पले न्यूयोर्कको चुनावीसभाबाट ह्यारिसमाथि व्यक्तिगत तहमा ओर्लिएर आरोप लगाएका थिए । ट्रम्प र उनका समर्थकले ह्यारिस ‘लो आईक्यू भएकी महिला’ र उनी ‘वेश्वयावृति’बाट राजनीतिमा आएको टिप्पणी गरेका थिए । ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिएका छन ।’
ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भनिन्, ‘यो अयोग्य हुनैपर्छ । जो कोही’ जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।’
यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गरेकी थिइन् ।
तीन करोड जनताले गरे मतदान :
अमेरिकामा चुनावी दौडलाई प्रायः केही राज्यहरूको युद्ध भनिन्छ । अमेरिकाका ५० मध्ये अधिकांश राज्यमा कुनै एक दलका दर्ता भएका मतदाताहरूको बाहुल्यका कारण त्यहाँका नतिजा प्रत्याशित छन् ।
यस्तो अवस्थामा धेरै राज्यको रङ रातो (रिपब्लिकन) वा नीलो (डेमोक्रेटिक) भन्ने लगभग निश्चित छ । तर केही राज्यहरूलाई बैजनी राज्य भनिन्छ । यी राज्यमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका मतदाताहरू लगभग बराबर छन् ।
अमेरिकामा करिब ३० करोड मतदाता संख्या रहेको मानिन्छ । तीमध्ये करिब ३ करोडले मतदान गरिसकेका छन् । यो सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामा र जिमी कार्टर पनि पर्छन् । ओबामाले पोष्टल भोटको सम्पूर्ण प्रक्रिया सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै मतदातालाई भोट दिन अपिल गरेका थिए ।
प्रारम्भिक मतदानमा, मतदाताहरूले आफ्नो नजिकको मतदान केन्द्रमा गएर निर्धारित मिति भन्दा पहिले नै आफ्नो मतदान गर्न सक्नेछन् । हुलाक भोटको पनि प्रयोग गर्न सकिन्छ ।
स्विङ राज्यहरूमा तीव्र बन्दै प्रारम्भिक मतदान :

राष्ट्रपति पदका कुनै पनि उम्मेदवारका लागि सबैभन्दा ठुलो चुनौती यी स्विंग राज्यमा जीत हात पार्नु हो । यी राज्यमा चुनावी परिणाम कहिले रिपब्लिकन त कहिले डेमोक्रेटिक पार्टीको उम्मेदवारको पोल्टामा गइरहन्छ ।
त्यसैले हरेक पटकको राष्ट्रपति निर्वाचनमा प्रत्येक उम्मेदवारले यी राज्यमा प्रचार–प्रसारमा विशेष ध्यान दिन्छन् । यसपटक कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच चलिरहेको चुनावी प्रतिस्पर्धामा एरिजोना, जर्जिया, मिसिगन, पेन्सिलभेनिया, नर्थ क्यारोलिनालगायत ७ राज्य निर्णायक हुने बताइएको छ ।
डेटाले के देखाएको छ ?
जर्जिया, पेन्सिलभेनिया र एरिजोनाजस्ता स्विङ राज्यहरूमा मतदाताहरूले प्रारम्भिक मतदानमा ठूलो उत्साह देखाएको पछिल्लो तथ्याङ्कले देखाएको छ । त्यसमध्ये पनि महिलाको सङ्ख्या ठूलो छ । एरिजोनामा रिपब्लिकन पार्टीका मतदाताहरूले ठूलो सङ्ख्यामा हुलाक भोट प्रयोग गरेका छन् भने पेन्सिलभेनियामा हुलाक मत प्रयोग गर्नेहरूमध्ये डेमोक्रेटिक पार्टीका रिजिष्टर्ड मतदाताको सङ्ख्या धेरै छ । स्विङ राज्यहरूमा प्रारम्भिक मतदानको डेटाले उम्मेदवारहरूको चुनावी शक्ति त प्रकट गर्छ नै दुई मध्ये कसले अन्तर बढाउलान् भन्ने सङ्केत पनि गर्छ ।
तीन तरिकाले हुन्छ मतदान :
अमेरिकामा चुनावको मतदान तोकिएको मतदान केन्द्रमा हुन्छ । यसबाहेक जनताले हुलाकबाट पनि मतदान गर्छन् । निर्धारित मितिभन्दा अगाडि पनि मतदान हुन्छ ।
राष्ट्रपतीय चुनावमा के हो हात्ती–गधाको लडाइँ ?
अन्ततः अमेरिकी राजनीति रातो र निलोमा विभाजित भएको छ । ८ सेप्टेम्बर १९६० को कुरा हो । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उमेदवार जोन एफ केनेडी चुनावी प्रचारका लागि अमेरिकाको ओरेगन राज्य पुगेका बेला समर्थकहरूले उनलाई घेरेका थिए । केनेडीले समर्थकहरूको भिडमा केही देखे, जसले उनको अनुहारमा मुस्कान ल्यायो । वास्तवमा केनेडीका केही समर्थकले आफूसँगै दुईवटा गधा ल्याएका थिए । केनेडीले गधा ल्याउनेहरूको प्रशंसा गरे ।
यस चुनावमा रिचर्ड निक्सन रिपब्लिकन पार्टीबाट केनेडीविरुद्ध उमेदवार थिए । चुनावी अभियानका लागि हवाई पुग्दा विमानस्थलमै उनलाई कागजको ठूलो हात्तीले स्वागत गरिएको थियो । निक्सनले पनि हात्ती निर्माताको खुलेरै प्रशंसा गरेका थए ।
गधा र हात्तीलाई अमेरिकी चुनावको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।
घट्ना सन् १८२८ को हो । एन्ड्रयु ज्याक्सन अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उमेदवार थिए । उनको प्रतिस्पर्धा ह्विग पार्टीका जोन एडम्ससँग थियो । ज्याक्सनले चुनाव जित्नका लागि केही प्रतिज्ञाहरू गरे, जसलाई एडम्सले धेरै उपहास गरे । एडम्सले ज्याक्सनको नाम विकृत गरे र उनलाई ज्याकस (गधा) भन्न थाले । ज्याक्सनले यसलाई चुनौतीको रूपमा लिए र आफ्नो चुनावी पोस्टरमा गधाको तस्बिर छाप्न थाले । ज्याक्सनले त्यो चुनाव पनि जिते । त्यसपछि डेमोक्रेटहरूले गधालाई आफ्नो चुनावी अभियानको हिस्सा बनाउन थालेका हुन् ।
त्यस्तै, सन् १८६० पनि अमेरिकामा चुनावी वर्ष थियो । रिपब्लिकन पार्टीका उमेदवार अब्राहम लिंकन इलिनोइस राज्यमा बलियो रूपमा अगाडि थिए । लिंकनलाई प्रभावशाली बनाउन अखबारहरूले यसको सट्टा हात्तीको चित्र छाप्न थाले । यो पहिलोपटक थियो, जब रिपब्लिकन पार्टीलाई हात्तीको रूपमा चित्रण गरिएको थियो । तर, डेमोक्रेटिक पार्टीलाई गधा र रिपब्लिकन पार्टीलाई हात्ती भनेर चिनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका अमेरिकाका चर्चित कार्टुनिस्ट थोमस नेस्टले खेलेका थिए ।
थोमस नेस्टको सो कार्टुन १८७९ मा प्रकाशमा आयो । जसमा उनले रिपब्लिकन पार्टीलाई शक्तिशाली देखाउने प्रयास गरेको देखिन्छ । उनले डेमोक्रेटिक पार्टीका लागि गधा र रिपब्लिकन पार्टीका लागि हात्तीको कार्टुन १८७० को दशकमा व्यापकरूपमा प्रयोग गरे । परिणामस्वरूप दुवै पक्षले गधा र हात्तीलाई आफ्नो स्थायी पहिचान बनाए, जुन अहिलेसम्म जारी छ ।
कसरी अमेरिकी राजनीति रातो र निलोमा विभाजित भयो ?
अमेरिकामा पार्टीको रङको पछाडि कुनै विचारधारा छैन । दुई पक्षबीचको यो रङ विभाजन २४ वर्ष पुरानोमात्रै हो । सीएनएनका अनुसार, केही दशकअघिसम्म राजनीतिमा रङको खासै महत्त्व थिएन, किनभने टेलिभिजन र पत्रपत्रिकाहरू कालो र सेतो थिए । पछि, रंगिन टीभी र पत्रिकाहरूको आगमनसँगै रङको प्रयोग हुन थालेको हो । तर, त्यसबेला सबै मिडिया हाउसले आआफ्नो हिसाबले प्रयोग गरे । सन् १९७६ को चुनावमा एबीसी च्यानलले रिपब्लिकन पार्टीलाई पहेँलो र १९८० को चुनावमा रिपब्लिकन पार्टीलाई रातो रङमा देखाएको थियो । त्यसैबेला डेमोक्रेटिक पार्टीलाई कहिले रातो र कहिले निलोमा देखाउन थालियो ।
सन् २००० को चुनावमा भने पहिलोपटक सबै अमेरिकी मिडियाले रिपब्लिकन पार्टीलाई रातो र डेमोक्रेटिक पार्टीलाई निलो रङमा देखाएका थिए ।
‘डोनाल्ड ट्रम्प सानो तानाशाह हुन्’ : कमला ह्यारिस
उता, अमेरिकी राष्ट्रपति चुनावकी उमेदवार कमला ह्यारिसले यहाँ आयोजित सभामा आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प ‘सानो तानाशाह भएको’ टिप्पणी गरेकी छन् । सन् २०२१ को जनवरी ६ मा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेस (संसद भवन)मा आक्रमण गर्नु उक्साएको ठाउँमा ह्यारिसले आफ्नो चुनावी प्रचारको अन्तिम सभा गरिन् । ट्रम्पले आफ्ना समर्थकलाई अमेरिकी कंग्रेसमा आक्रमण गर्न उक्साएको दिन सम्झिदै ह्यारिसले भनिन्, ‘अमेरिकी इतिहासमा सम्भवत पहिलोपटक यो चुनाव स्वतन्त्रता र अराजकताबीचको छनोट हो ।’ सन् २०२१ मा ट्रम्पले जनताको इच्छा उल्ट्याउने मनसायले अमेरिकी कंग्रेसमा हमला गरेको स्मरण गर्दै उनले भनिन्, ‘ट्रम्पसँग शत्रुहरूको सूची छ । चुनाव जितेमा ट्रम्पले ती सबैसँग बदला लिनेछन् ।’
ह्यारिसले आफू बदला नभई अमेरिकी नागरिकका लागि गर्नुपर्ने कामको सूची लिएर कार्यालय (ह्वाईट हाउस) जाने बताइन् । उनले भनिन्, ‘ट्रम्प आफूले बदला लिनुपर्ने शत्रुहरूको सूची लिएर अफिस जानेछन् । म अमेरिकी नागरिकका लागि गर्नुपर्ने कामहरूको सूची लिएर अफिस जानेछु ।”
ट्रम्पले अमेरिकी नागरिकबीच विभाजन ल्याएर अमेरिकामा अराजकता फैलाउन चाहेको ह्यारिसको आरोप छ । उनले अगाडि भनिन्, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एक अर्कासँग डराउँदै विभाजित गराउँदै एक दशक बिताए । तर, अमेरिकालाई म भन्छु, हामी त्यसता होइनौँ, हामी (अमेरिकन)लाई नै हामी भित्रका दुश्मन भनेर डोनाल्ड ट्रम्प अमेरिकी सैनिक, अमेरिकन नगारिकविरुद्ध प्रयोग गर्न चाहन्छन् । विभाजन र बदला खोजिरहेका डोनाल्ड ट्रम्प राम्रा उमेदवार होइनन् ।’
डोनाल्ड ट्रम्प अहिले सानो तानाशाहका रूपमा रहको र चुनाव जितेपछि उनी ठूलो तानाशाह बन्ने उद्देश्यमा रहेको उनको दावी छ ।
यसैबिच, अमेरिकी अर्बपति व्यापारी तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । आफ्नो समर्थनको घोषणा गर्दै उनले भने, ‘म ह्यारिससँग हरेक मुद्दामा सहमत छैन, तर यो हप्ताको सुरुमा मैले बिना हिचकिचाहट उनलाई भोट दिएँ ।’ नीतिको कुरा आउँदा ट्रम्प र ह्यारिस बीच भिन्नता छुट्याउन अलि गाह्रो हुने पनि उनले बताए । हालै माइकल ब्लूमबर्गले ह्यारिसको चुनावी अभियानलाई समर्थन गर्ने गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएका थिए ।
डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले पहिलो पटक मतदान गर्ने जेन–जी मतदाताहरूलाई लोभ्याउने प्रयास गरिरहेकी छिन् । हालैको ¥यालीमा युवा मतदाताहरूलाई सम्बोधन गर्दै, कमला ह्यारिसले भनिन्, ‘म जेन–जी जेनेरेशनलाई साँच्चै माया गर्छु, मलाई थाहा छ तपाईँहरू बन्दुक कानुन र जलवायु सङ्कट जस्ता मुद्दाहरूमा परिवर्तनको लागि हताश हुनुहुन्छ, तपाईँको भोट तपाईँको आवाज हो र तपाईँको आवाज तपाईँको शक्ति हो ।’
उता, कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानको एक भागको रूपमा लस भेगासमा एक ¥याली गर्नेछिन् । ह्यारिसको यो ¥यालीमा प्रसिद्ध अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेजले पनि आफ्नो उपस्थिति दिने भएकी छिन् ।

प्रकाशित मिति २०८१ कार्तिक १७, शनिबार १९:५१ गते
हजुरको प्रतिक्रिया