मर्स्याङ्दी कपको पहिलो दिन हिजो १४ खेल सम्पन्न आज दोस्रो दिनको खेल सुरु

मर्स्याङ्दी कपको पहिलो दिन हिजो १४ खेल सम्पन्न आज दोस्रो दिनको खेल सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ३० गते शुक्रबार १०:३२

आज दोस्रो दिनका खेलहरू सुरु भइसकेका छन् भने भोलि मंसिर १ गतेसम्म प्रतियोगिताका सबै खेल सक्ने कार्यक्रम रहेको जानकारीमा आएकोछ ।

अधिकांश खेलमा हिमचुली आमावि अग्रस्थानमा देखिएको छ ।

खुदी(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाद्वारा आयोजना गरिएको दोस्रो मर्स्याङ्दी महोत्सवका अवसरमा आयोजना गरिएको मर्स्याङ्दी कप– २०८१ को पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । मर्स्याङ्दी महोत्सवको तेस्रो दिन मर्स्याङ्दी कपको उदघाटन गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कार्तिक २९ गते गर्नु भएको हो ।
मर्स्याङदी कपको उदघाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खेलाडीहरूलाई अनुशासनपूर्वक खेलमा भाग लिन निर्देशन दिनुभयो । उहाँले सोही क्षेत्रकी उपज सावित्री भण्डारी(साम्बा)को उदाहरण दिदै कुनै एक विधामा विशिष्टता हासिल गर्न आग्रह गर्नु भएको थियो । उहाँले यो खेल अवधिमा विभिन्न ३३ वटा इभेन्ट हुने र पालिकाभित्र रहेका सबै विद्यालय ५६ ले भाग लिन आह्वान गरिएको जानकारी दिनुहुँदै प्रत्येक खेलका लागि उपसमिति गठन गरी निर्णायक अधिकार समेत प्रत्यायोजन गरेको जानकारी दिनुभयो ।
खेल खेलाडीका लागि खेलकुद राष्ट्रका लागिभ भन्ने नाराका साथ आयोजिन भएको उक्त प्रतियोगिताको उदघाटन सत्रको अध्यक्षता चित्रबहादुर गुरुङले गर्नु भएको थियो भने सोही वडाका अध्यक्ष । अमर माविका प्रधानाध्यापक तीर्थ बस्नेतले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाको शिक्षा शाखाकी लक्ष्मी घलेले गर्नु भएको थियो ।
हिजो सम्पन्न भएका खेलहरूमा अधिकांश खेलमा हिमचुली आमावि अग्रस्थानमा देखिएको छ । जसमा प्राथमिकस्तर छात्राहरू गणित दौडमा हिमचुली आमाविकी प्रियस भण्डारी पहिलो, अमर माविकी आयुष भण्डारी दोस्रो तथा प्रभात शान्तीपूर्ण माविका कृतिश परियारले तेस्रो स्थान हासिल गरेको प्रतियोगिताका सञ्चालक हिमचुली आमाविका शिक्षक विजय थापाले बताउनु भएको छ । उहाँका अनुसार सोही खेलको छात्रातर्फ पनि हिमचुली आमाविकै मनिया घिमिरे पहिलो भइन् । आर्यज्योति प्राविकी क्रिस्टिना श्रेष्ठ दोस्रो भइन् भने अमर माविका जस्मिन तामाङले तेस्रो स्थान हासिल गरेकी छन् ।
यसैगरी, माध्यमिकस्तर लामो जम्पको छात्रतर्फको खेलमा पनि हिमचुली आमाविकै अमन कतिला पहिलो भएका छन् भने गणेश मा.विका अभिषेक थापा दोस्रो तथा त्रिभुवन माविका बेदन गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फको प्रतियोगितामा गणेश मा. विका अस्मिता बिके पहिलो, महेन्द्रदेव माविका शर्मिला थापा दोस्रो र हिमचुली आमाविकी दीपिका थापाले तेस्रो स्थान हासिल गरेको शिक्षक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शट पुटको छात्रतर्फ महेन्द्र देव माविका दिपेश तामाङ पहिलो भए भने त्रिभुवन माविका धिरज गुरुङ दोस्रो भएका छन् । सो प्रतियोगितामा अमर माविका विकास तामाङले तेस्रो स्थान हासिल गरेका छन् ।
शट पुट छात्रातर्फको प्रतियोगितामा प्रभात शान्तिपूर्ण माविका सृजना खड्काथोकी पहिलो, गणेश मा. वि.की सञ्जिता बिके दोस्रो र अमर माविकी सिमरन गुरुङले तेस्रो स्थान हासिल गरेकी छन् शिक्षक सागर थापाले उल्लेख गर्नुभयो ।
सो अवसरमा सञ्चालन गरिएको माध्यामिकस्तरको ट्रिपल जम्पको छात्रतर्फ हिमचुली आमाविका ओशन थापा पहिलो, त्रिभुवन मा. वि.का आशबहादुर बिके दोस्रो र प्रेम मिलन माविका उत्तम खड्का तेस्रो भएको शिक्षक थापाको भनाइ छ ।
उहाँका अनुसार प्राथमिकस्तरको गणित दौडको छात्रतर्फ हिमचुली आमाविका प्रियस भण्डारी पहिलो, अमर माविका आयुष भण्डारी दोस्रो र प्रभात शान्तीपूर्ण माविका कृतिश परियार तेस्रो भएका छन् ।
यसैगरी सोही खेलको छात्रातर्फको खेलामा पहिलो हुनेमा हिमचुली आमाविकी मनिया घिमिरे, दोस्रो हुने आर्य ज्योति प्रविकी क्रिस्टिना श्रेष्ठ भएको छन् भने तेस्रो स्थान हासिल गर्नेमा अमर माविकी जस्मिन तामाङ छिन् ।
लामो जम्पको माध्यमिकस्तरको छात्रतर्फको प्रतियोगितामा हिमचुली आमाविका अमन कटिला पहिलो भएका छन् भने गणेश माविका अभिषेक थापा दोस्रो र त्रिभुवन माविका बेदन गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फको प्रतियोगितामा गणेश माविका अस्मिता बिके पहिलो, दोस्रो हुनमा महेन्द्रदेव माविका शर्मिला थापा र तेस्रो हुने हिमचुली आमाविका दीपिका थापा छन् ।
यसैगरी, शट पुट छात्रतर्फ महेन्द्रदेव माविका दिपेश तामाङ, त्रिभुवन माविका धिरज गुरुङ र अमर माविका विकास तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएको शिक्षक थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार शट पुटकै छात्रातर्फको खेलमा पहिलो हुने प्रभात शान्तिपूर्ण माविका सृजना खड्काथोकी, दोस्रो हुने गणेश मा विका सञ्जिता बिके र तेस्रो हुनेमा अमर माविका सिमरन गुरुङ रहेका छन् ।
हिजोको अन्तिम खेलमा माध्यमिकस्तरको ट्रिपल जम्प रहेको थियो । त्यसको छात्रतर्फको प्रतियोगितामा हिमचुली आमाविका ओशन थापा पहिलो, त्रिभुवन मा विका आशबहादुर बिके दोस्रो र प्रेम मिलन माविका उत्तम खड्काले तेस्रो स्थान हासिल गरेको शिक्षक थापाले उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार भलिबलको हिमचुली आमावि र महेन्द्र मावि बीच भएको पहिलो चरणमा हिमचुली आमावि अघि बढेको छ । त्यस्तै, छात्रतर्फको भलिबल हिमचुली आमावि र सरस्वती माविका बीच भएकोमा यसमा पनि हिमचुली आमावि अघि बढ्न सफल भएको छ ।
आज दोस्रो दिनका खेलहरू सुरु भइसकेका छन् भने भोलि मंसिर १ गतेसम्म प्रतियोगिताका सबै खेल सक्ने कार्यक्रम रहेको जानकारीमा आएकोछ ।

प्रकाशित मिति २०८१ कार्तिक ३०, शुक्रबार १०:३२ गते
हजुरको प्रतिक्रिया